Top Navigation
  • Contact
Main Navigation
मंगलबार, भदौ ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, भदौ ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • बिहीबार साँझदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना
बिहीबार साँझदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, भदौ २६, २०८१

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ। 

विभागद्वारा जारी  विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ।

महाशाखाका मौसमविद् शान्ति कँडेलले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताए। 

उनले मौसमको यस्तोस्थिति तापनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणाली थप विकसित भई उत्तर-पश्चिमतिर (नेपाल नजिक) सर्ने सम्भावना देखिएको जानकारी दिए ।

“उक्त प्रणालीको प्रभावले बिहीबार साँझदेखि शनिबार बिहानसम्म विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ,” उनले भने, “तसर्थ आवश्यक सतर्कता अपनाउन आवश्यक छ।”

महाशाखाद्वारा जारी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने उल्लेख छ ।

“गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” जारी विशेष बुलेटिनमा भनिएको छ, “लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।”

बुलेटिनअनुसार आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले वर्षाका कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने जनाएको छ।

यसैगरी दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरको छ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  २०:०५
##weather #monsoon #nepal
प्रतिक्रिया दिनुहोस्
थप समाज
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्