Top Navigation
Main Navigation
बिहीबार, पुस ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, पुस ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • रेड किबीको उत्पादन सुरु तर बजार छैन
रेड किबीको उत्पादन सुरु तर बजार छैन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, भदौ २९, २०८१

इलाम । इलाममा रेड किबीको उत्पादन सुरु भएको छ ।

अन्य किबी कात्तिक महिनादेखि मात्र उत्पादन हुने भएपनि रेड किबी भदौ अन्तिमदेखि नै उत्पादन सुरु हुन्छ। हेर्दा बाहिरी भागमा चिल्लो हुने यो किबी काट्दा भित्रि भागमा यो रातो हुने भएकाले यसलाई रेड किबी भनिएको हो ।

इलाममा व्यावसायिक रुपमा रेड किबीको खेती हुने गरेको छ । पछिल्लो समय यो किबीप्रति जिल्लाका किसानको आकर्षण बढ्न थालेको छ। रेड किबी बर्खाको समय अर्थात भदौदेखि नै उत्पादन हुन्छ । बर्खामा खासै आन्दानी नहुने किसानहरुका लागि पनि यो किविको आम्दानीबाट मनग्ये आम्दानी हुने गरेको सन्दकपुरका किवि किसान ठाकुर खतिवडाको भनाई छ ।

नेपालमा रातो गुदि भएको रेड किबी सहित बिभिन्न जातका किवि उत्पादन हुने गरेका छन् । नेपालमा खास गरि हरियो गुदि भएको हेवार्ड, एलिसन, मोन्टी, ब्राुनो, एवोट, मचुवा र टिमोरी जातको किवि उत्पादन भइरहेको छ । साथै पहेँलो गुदि भएको जेस्पिरी र गोल्ड समेत खेती तथा उत्पादन हुने गरेको बताइएको छ ।

अन्य प्रजातिका किबी भन्दा रेड किवि महङ्गोमा बिक्रि हुने भएपछि खेती विस्तार हुने क्रम बढेको छ। यो फल धेरै पौष्टिक तत्वले भरिपूर्ण भएको र किविको प्रजातीमध्ये महङ्गोमा बिक्रि हुने गरेको छ ।

सबै उमेर समुह र गर्भवती महिलाको लागि रेड किबी बढी फाइदा जनक हुने गरेको छ। रेड किबिफलबाट जुस, जाम र अन्य पेय पदार्थ बनाई उपयुक्त समयमा खान सकिने किसानको भनाइ छ ।

बोटमा नै पनि पाक्न सक्ने यो किवि टिपेको लामो समयसम्म रहँदैन । छिटो गरि गल्ने र बिग्रिने भएकाले पनि अर्को किबी जस्तो लामो समयसम्म रहँदैन । उत्पादन गर्न खर्च भएको मूल्य समेत नपाउने गरेको किसानहरुको गुनासो छ ।

बिशेष गरेर सन्दकपुर गाउँपालिका–३ इलामको तालगाउँ लगायत इलाम नगरपालिका, देउमाई नगरपालिका, सूर्योदय नगरपालिकाबा यसको वढि खेती हुने गरेको छ । सबै पालिकामा खेती भएपनि ती स्थानहरुमा वढि खेती र उत्पादन हुने गरेको हो ।

इलाममा करिव कुल ७ सय ८० हेक्टरमा किवि खेती हुने गरेको जिल्ला कृषि बिकास कार्यालय इलामका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत जिवन ठाडा मगरले बताए । अघिल्लो वर्ष २८ सय ५२ मेट्रिकटन किबी उत्पादन भएको उनले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र इलामका कृषि प्रसार अधिकृत मगरका अनुसार किसानले उत्पादन गरेको किबीले राम्रो मूल्य नपाएको गुनासो गर्ने गरेका छन्। सरकारले इलाममा किबी जोन परियोजना नै सञ्चालन गरेको छ । तर आवश्यक सहयोग नपाएको किसानको गुनासो छ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १४:४८
##kiwi #kiwifruit #actinidiachinensis
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता बुधबार, पुस २, २०८२
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी आइतबार, मंसिर २९, २०८२
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै बुधबार, मंसिर २५, २०८२
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न शनिबार, मंसिर २१, २०८२
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान मंगलबार, मंसिर १७, २०८२
सजिलो नेट र एभरेष्ट इञ्जिनियरिङ कलेजबिच सम्झौता
सजिलो नेट र एभरेष्ट इञ्जिनियरिङ कलेजबिच सम्झौता बिहीबार, मंसिर ५, २०८२
हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल
हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल सोमबार, मंसिर २, २०८२
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य मंगलबार, कात्तिक २६, २०८२
नेपाल टेलिकमले ल्यायो जेनजी विद्यार्थी अफर योजना
नेपाल टेलिकमले ल्यायो जेनजी विद्यार्थी अफर योजना आइतबार, कात्तिक २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्