Top Navigation
  • Contact
Main Navigation
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • रेड किबीको उत्पादन सुरु तर बजार छैन
रेड किबीको उत्पादन सुरु तर बजार छैन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, भदौ २९, २०८१

इलाम । इलाममा रेड किबीको उत्पादन सुरु भएको छ ।

अन्य किबी कात्तिक महिनादेखि मात्र उत्पादन हुने भएपनि रेड किबी भदौ अन्तिमदेखि नै उत्पादन सुरु हुन्छ। हेर्दा बाहिरी भागमा चिल्लो हुने यो किबी काट्दा भित्रि भागमा यो रातो हुने भएकाले यसलाई रेड किबी भनिएको हो ।

इलाममा व्यावसायिक रुपमा रेड किबीको खेती हुने गरेको छ । पछिल्लो समय यो किबीप्रति जिल्लाका किसानको आकर्षण बढ्न थालेको छ। रेड किबी बर्खाको समय अर्थात भदौदेखि नै उत्पादन हुन्छ । बर्खामा खासै आन्दानी नहुने किसानहरुका लागि पनि यो किविको आम्दानीबाट मनग्ये आम्दानी हुने गरेको सन्दकपुरका किवि किसान ठाकुर खतिवडाको भनाई छ ।

नेपालमा रातो गुदि भएको रेड किबी सहित बिभिन्न जातका किवि उत्पादन हुने गरेका छन् । नेपालमा खास गरि हरियो गुदि भएको हेवार्ड, एलिसन, मोन्टी, ब्राुनो, एवोट, मचुवा र टिमोरी जातको किवि उत्पादन भइरहेको छ । साथै पहेँलो गुदि भएको जेस्पिरी र गोल्ड समेत खेती तथा उत्पादन हुने गरेको बताइएको छ ।

अन्य प्रजातिका किबी भन्दा रेड किवि महङ्गोमा बिक्रि हुने भएपछि खेती विस्तार हुने क्रम बढेको छ। यो फल धेरै पौष्टिक तत्वले भरिपूर्ण भएको र किविको प्रजातीमध्ये महङ्गोमा बिक्रि हुने गरेको छ ।

सबै उमेर समुह र गर्भवती महिलाको लागि रेड किबी बढी फाइदा जनक हुने गरेको छ। रेड किबिफलबाट जुस, जाम र अन्य पेय पदार्थ बनाई उपयुक्त समयमा खान सकिने किसानको भनाइ छ ।

बोटमा नै पनि पाक्न सक्ने यो किवि टिपेको लामो समयसम्म रहँदैन । छिटो गरि गल्ने र बिग्रिने भएकाले पनि अर्को किबी जस्तो लामो समयसम्म रहँदैन । उत्पादन गर्न खर्च भएको मूल्य समेत नपाउने गरेको किसानहरुको गुनासो छ ।

बिशेष गरेर सन्दकपुर गाउँपालिका–३ इलामको तालगाउँ लगायत इलाम नगरपालिका, देउमाई नगरपालिका, सूर्योदय नगरपालिकाबा यसको वढि खेती हुने गरेको छ । सबै पालिकामा खेती भएपनि ती स्थानहरुमा वढि खेती र उत्पादन हुने गरेको हो ।

इलाममा करिव कुल ७ सय ८० हेक्टरमा किवि खेती हुने गरेको जिल्ला कृषि बिकास कार्यालय इलामका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत जिवन ठाडा मगरले बताए । अघिल्लो वर्ष २८ सय ५२ मेट्रिकटन किबी उत्पादन भएको उनले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र इलामका कृषि प्रसार अधिकृत मगरका अनुसार किसानले उत्पादन गरेको किबीले राम्रो मूल्य नपाएको गुनासो गर्ने गरेका छन्। सरकारले इलाममा किबी जोन परियोजना नै सञ्चालन गरेको छ । तर आवश्यक सहयोग नपाएको किसानको गुनासो छ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १४:४८
##kiwi #kiwifruit #actinidiachinensis
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर  सोमबार, साउन १८, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ४ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ५ इतिहासमै पहिलो खेलकुद प्रदर्शनी 
विचार
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्