Top Navigation
Main Navigation
बुधबार, माघ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, माघ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • पुरुषको कपाल काट्ने महिलाको  जिस्काउनेहरुवाटै प्रशंशा 
पुरुषको कपाल काट्ने महिलाको  जिस्काउनेहरुवाटै प्रशंशा 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज ५, २०८१

काठमाडौं। पश्चिम नेपालको अछाम पञ्चदेवल विनायक-४ की झुपा विकले पुरुषको कपाल काट्न थालेकी छन्। २१ वर्षकी झुपाले पहिलो पटक पुरुषको कपाल काट्दा धेरैैले अनौठो तरीकाले हेर्ने गरेको अछाममा हाल आएर स्वभाविक बन्न देखिन थालेको हो।

बाबुआमा दुवै भारतको बम्बईमा बैदेशिक रोजगारीमा रहेको कारण परिवारको खर्चको जोहो गर्न बाबुआमाको बैदेशिक रोजगारी मात्र भैरहेकोमा अव भने झुपा आफै स्वरोजगारमा लागेदेखि आफूसहित आठजनाको परिवारको खर्च धान्न सक्ने भएकी छन्।

छोरी मान्छेले कपाल काट्ने काम गर्नु हुँदैन भन्ने मान्यता खण्डित पार्न सफल झुपाले कपाल काट्ने व्यवसाय गर्न थालेदेखि उनका बुवाआमाले भारतवाट प्रत्येक महिना घरखर्च पठाउन नपर्ने गरेर आफूले काम गर्न सफल भएको पनि उनको भनाई छ।

त्यस्तै, अछामकै मंगलसेन नगरपालिका ७ को ठुलासैन बजारमा धनसरा जैसीको धनसरा हेयर कटिङ सेन्टर छ। १८ वर्षकी धनसराको काँधमा घरपरिवारको सम्पूर्ण जिम्मेवारी छ। भारत कमाउन गएका बुवा उतै बेपत्ता भएको १० वर्ष पछि उनले यो व्यवसाय शुरु गरेकी हुन्।  कपाल काट्ने व्यवसायबाट घरपरिवार पाल्न सफल भएकोमा उनी सन्तुष्ट बनेकी छन्। 

पञ्चदेवल विनायक-३ की निर्मला बुढाले पनि कपाल काटने व्यवसाय सुरु गरेकी छिन्। व्यवसाय सुरुपछि निर्मलाको दैनिकी फेरिएको छ। पहिले घरासयी काममा व्यस्त हुने निर्मला आजभोलि कपाल काट्ने व्यवसायमा व्यस्त छिन्। उनी २२ वर्षकी मात्रै भइन्।  उनले भनिन्, ‘महिला पुरुष सबैको कपाल काट्छु। कपालमा कलर लगाउने गर्छु,।’ 

विदेशको सपना देख्नुभन्दा आफ्नै गाउँठाउँमै काम गरेर विपनामा रमाउनु राम्रो भएको झुपा, धनसरा, निर्मलाले भनेकी छन्। पहिले उनीहरुलाई जिस्काउनेहरू अहिले उनको कामको प्रशंशा गर्ने गरेका छन्।
 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
हिउँदे फलफुलबाटै उदयपुरमा वर्षमै ३१ करोड भित्रियाे
हिउँदे फलफुलबाटै उदयपुरमा वर्षमै ३१ करोड भित्रियाे बुधबार, माघ २२, २०८२
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे सोमबार, माघ २०, २०८२
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे शनिबार, माघ १८, २०८२
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने मंगलबार, माघ १४, २०८२
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत आइतबार, माघ १२, २०८२
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो शनिबार, माघ ११, २०८२
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात सोमबार, माघ ६, २०८२
आज विदेशी मुद्राकाे विनिमय दर कति ?
आज विदेशी मुद्राकाे विनिमय दर कति ? सोमबार, माघ ६, २०८२
आज अमेरिकी डलरको मूल्य उच्च 
आज अमेरिकी डलरको मूल्य उच्च  शनिबार, माघ ४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः २ विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
  • नंः ३ आचारसंहिता उल्लंघन नियन्त्रणमा आयोग सक्रिय बन्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ यस वर्षको लायन्स शुभतारा कला-सम्पदा सम्मान इन्द्रमान र डेविडलाई
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्