Top Navigation
Main Navigation
सोमबार, कात्तिक १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, कात्तिक १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना म्याग्दीमा सुरुवात
जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना म्याग्दीमा सुरुवात
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असोज १४, २०८१

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका-५ झिँमा परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुवात भएको छ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा परम्परागत जौं र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले परियोजना लागू गरेको हो।

प्रदेश सरकारको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत साझेदारीमा १ करोड लागतको परियोजना सुरु भएको रघुगङ्गा गाउँपालिका-५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिए ।

“लोप हुँदै गएको परम्परागत जौ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले परियोजना सुरु गरेका हौँ”, उनले भने, “जौँ र उवाको उत्पादसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने अपेक्षा गरेका छौँ।”

Nepal Oil Corporation

परियोजनामार्फत झिँका दुई सय परिवार लाभान्वित हुनेछन् । तीन सय रोपनी क्षेत्रफल जमिनमा जौ र उवाखेती गरिने भएको छ। परियोजनामार्फत जौँ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाका कृषि अधिकृत दीपक सिंहले बताए।

किसानलाई सूचीकरण गरी परम्परागत जौँ र उवा बालीको महत्वबारे जानकारी गराउने, मिनीटेलर हलो, साना सिँचाइ, कम्बाइन मिल, ब्रस कटर, थ्रेसिङ मेसिन, सुकाउने त्रिपाल, भण्डारण गर्ने मेटलबिन, कुकिज, बिस्कुट बनाउन र पिठोलाई ब्राण्डिङ, प्याकेजिङ गर्न आवश्यक सामग्री उपलब्ध गराइने उनले बताए ।

झिँका होटल र होमस्टेमा जौँ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ। जौँ र उवाको पिठोलाई ढिडो र सातुका रूपमा बिक्री गर्ने लक्ष्य रहेको छ ।

पोषिलो खाद्यान्न जौ र उवाको पछिल्लो समय खेती घटेको छ । आगामी २०८२ जेठभित्र परियोजना सञ्चालन हुनेछ। जौ हिन्दू धर्मावलम्बीहरूको र जौँको सातु बौद्ध धर्मावलम्बीहरूको धार्मिककार्यमा अनिवार्य मानिन्छ ।

जौँको आँटो, पिठोको ढिडो र सातु बनाएर उपभोग गर्न सकिन्छ । उवालाई भुटेर खाजा खाने गरिन्छ। सुक्खा र खडेरी सहने जौँ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो ।  युरोपका देशमा जौँबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने बताइएको छ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०९:२६
##jhin #myagdi
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
आज सुनकाे मूल्य चार हजार आठ सयले घट्यो
आज सुनकाे मूल्य चार हजार आठ सयले घट्यो आइतबार, कात्तिक ३, २०८२
कर सुधार कार्यक्रमको ऐतिहासिक सफलता: ५ वर्षमा करदाता सङ्ख्या दोब्बर
कर सुधार कार्यक्रमको ऐतिहासिक सफलता: ५ वर्षमा करदाता सङ्ख्या दोब्बर आइतबार, कात्तिक ३, २०८२
चालु आर्थिक वर्षकाे हालसम्म पनि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन  बजेट
चालु आर्थिक वर्षकाे हालसम्म पनि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन  बजेट शुक्रबार, कात्तिक १, २०८२
सिन्धुलीका सफल कृषक पूर्णबहादुर मस्राङ्गीको कथा
सिन्धुलीका सफल कृषक पूर्णबहादुर मस्राङ्गीको कथा शनिबार, असोज ११, २०८२
दशैं लक्षित १३ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी
दशैं लक्षित १३ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी आइतबार, असोज ५, २०८२
आजबाट रेडमी नोट १४ सिरिजकाे विशेष ‘बन्डलिङ योजना’ शुरु
आजबाट रेडमी नोट १४ सिरिजकाे विशेष ‘बन्डलिङ योजना’ शुरु आइतबार, असोज ५, २०८२
धरान उपमहानगरपालिकाको बजेट सार्बजनिक
धरान उपमहानगरपालिकाको बजेट सार्बजनिक शनिबार, असोज ४, २०८२
तिलक थापा || रेसुङ्गाका जुँगे साहुजी || नेपालका प्रथम राष्ट्रपतिको सवारी चालक ||
तिलक थापा || रेसुङ्गाका जुँगे साहुजी || नेपालका प्रथम राष्ट्रपतिको सवारी चालक || शुक्रबार, असोज ३, २०८२
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि शुक्रबार, भदौ ६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ४ हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
  • नंः ५ मुस्ताङमा मच्चायो बाढीले वितण्डा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्