Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • एकै दिन ३ अन्तर्राष्ट्रिय उडान 
एकै दिन ३ अन्तर्राष्ट्रिय उडान  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, कात्तिक २४, २०८१

भैरहवा, रुपन्देही । शनिबारको दिन भैरहवाको लागि ऐतिहासिक दिन भएको छ ।

नेपालकै दोश्रो अन्तरराष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार ३ वटा विमानहरुले उडान भरिरहेका छन् ।

विमानस्थल सुरु भएदेखि नै उडान सुरु गरेको जजीरा एयरलाईन्सले स्थगित गरेको उडान शनिबारदेखि फेरी सुरु गरेको छ।

शनिबार १ सय ७१ जना यात्रु लिएर आएको जजीराले एक बालक सहित १ सय ६८ यात्रु लिएर उडेको छ भने फ्लाई दुबई नेपाल एयरलाईन्स पनि आजैदेखि उडान सुरु गर्दैछन् । यससँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको संख्या ४ पुगेको छ।

जजीरा एयर सातामा ३ दिन उडान गर्दैछ । मंगलबार, बिहिबार र शनिबार विहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुवेतको लागि उड्नेछ विमानस्थलका महाप्रवन्धक प्रताप बाबु तिवारीले जानकारी दिए ।

यस्तै फ्लाई दुबईले दैनिक उडान गर्ने र दिउसो पौने २ बजे भैरहवा आउने तथा यसको एक घण्टा पछि दुबई फिर्ता जाने छ।

नेपाल एयरलाईन्सले सातामा ३ पटक काठमाडौं–भैरहवा–दुबई उडान गर्नेछ । आईतबार, सोमबार र बुधबार नेपाल एयरलाईन्स काठमाडौबाट १० बजे उडान गरि भैरहवा आउने र यहाबाट दुबई जानेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ‘कतार एयरवेज, एयर अरेबिया लगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु पनि भैरहवाबाट उडान गर्ने विषयमा छलफल भई रहेको छ ।

उनले अहिले भैरहवा विमानस्थल १८ घण्टा सञ्चालन भईरहेको र एक घण्टामा विमानस्थलमा दुई वटा अन्तर्राष्ट्रिय विमान सञ्चालन गर्न सक्ने क्षमता रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक तिवारीले बताए ।

भैरहवा तथा यस आसपासका यात्रुहरु भैरहवामै अवतरण गर्न पाउदा हर्षित भएका छन् स्थानीय अजय गुप्ता, यात्रु र यात्रु तिजन रानाले बताए। सोही विमानमार्फत भैरहवा आईपुगेका नेपालका लागि कुवेतका राजदूत घनश्याम लम्सालले पहिलो उडानबाट आउन पाउदा खुशी भएको बताए।

यसले नेपाल र कुवेत विचको सम्बन्ध प्रगाढ बनाउनुको साथै त्यहाका नेपाली नागरिकलाई आवात जावतमा सहज पु¥याउने नेपालका लागि कुवेती राजदूत घनश्याम लम्सालले बताए ।

विमानस्थल सञ्चालनमा आएसँगै यात्रुहरुले यसलाई भने अब निरन्तरता दिनु पर्ने धारणा राख्दै व्यवस्थापन चुस्त राख्नु पर्ने, सार्वजनिक यातायातको साधनको लगायतको विषयमा ध्यान दिन सुझाव दिएका थिए ।

गौतम बुद्ध विमानस्थलका महाप्रवन्धकले भने विमानस्थल नियमित सञ्चालनको विषयमा आशंका नगर्न आग्रह गरेको छ। विमानस्थल संचालनका लागि सरकारले पनि विभिन्न रणनीति अंगाल्दै भैरहवा विमानस्थलबाट सेवा दिने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विभिन्न सुविधा दिएको छ।

सरकारले कम्पनीहरुलाई भैैरहवा विमानस्थलबाट सेवा प्रदानका लागि हवाई टिकटमा लाग्ने गरेको प्रति यात्रु ३ हजार रुपैयाँ यात्रु सेवा शुल्क र १ हजार रुपैयाँ लाग्ने पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्यान्डिलङमा ७५ प्रतिशत छुट, ल्याडिङ, पार्किङ र नेभिगेसन शुल्कमा पूर्ण छुट दिएको छ।

यसको अलावा काठमाडौं विमानस्थल भन्दा हवाई इन्धनमा पनि प्रतिकिलोलिटर एक सय अमेरिकी डलर छुट दिएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १५:३७
##jajeera #aljajeera #airlines
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्