Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थपियो उत्साह 
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थपियो उत्साह 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, कात्तिक २५, २०८१

भैरहवा, रुपन्देही । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएसँगै यहाँका निजि क्षेत्र, पर्यटन व्यवसायी तथा स्थानियहरु उत्साहित भएका छन् । लामो समयदेखि मलिन देखिएका पर्यटन व्यवसायीहरुको मुहार उज्यालो भएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सँगै रुपन्देही तथा यस आसपास ठूला होटलहरुको पनि निर्माण सुरु भएको थियो। पाँच वटा ५ तारे होटल सहित करिब २ सय वटा होटलहरुको भविष्य बिमानस्थल सँगै अन्यौलमा रहेको थियो । अहिले विमानस्थल सञ्चालनसँगै होटल व्यवसायीहरु पनि हौसिएका छन् ।

शनिबार मात्र भैरहवा विमानस्थलबाट जजीरा एयरलाईन्स, फ्लाई दुबई र नेपाल एयर लाईन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन्। एयर एसियाले भने करिब एक साता पहिलेदेखि नियमित उडान गरिरहेको छ । यस्तै कतार एयरवेज, एयर अरेबियाले पनि भैरहवाबाट उडानको लागि चासो देखाएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रताप बाबु तिवारीले लामो समयदेखि सञ्चालन हुन नसकेको विमानस्थल सञ्चालनमा आउदा उड्डयनकर्मी सहित समग्र क्षेत्रमा उत्साह थपिएको बताए ।

उडान बढ्दा विमानस्थलका कर्मचारी मात्र नभई समग्र पर्यटन व्यवसायीहरु तरंगित बनेका छन्। लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले चारवटा उडानले पर्यटन व्यावसायीमा आशा जगाएको लुम्बिनी होटल संघका अध्यक्ष अनिल ज्ञवालीले बताए।

पर्यटन व्यसाय सँगै निजि क्षेत्र पनि विमानस्थल सञ्चालनले हौसिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उदघाटन भएको अढाई वर्षपछि भएको चहलपहलले निजि क्षेत्रमा उत्साह जागेको बताए ।

विमानस्थल सञ्चालन सँगै यसको निरन्तरतामा भने व्यावसायीहरुले आशंका व्यक्त गरेका छन् । म्यान पावर एजेन्सीहरुले भैरहवामा कार्यालय नराखेको, स्वास्थ्य परिक्षण गर्न अझै काठमाडौं नै धाउनु पर्ने, पहिलो पटक श्रमको लागि पनि काठमाडौं नै जानु पर्ने बाध्यता अझै रहेको छ। यसले व्यावसायीहरुलाई यसको निरन्तर सञ्चालन हुने विषयमा भने झस्काएको संघका अध्यक्ष श्रेष्ठले बताए।

गौतम बुद्ध विमानस्थलका महाप्रवन्धकले भने विमानस्थल नियमित सञ्चालनको विषयमा आशंका नगर्न आग्रह गरेको छ । जाडो महिनामा केही समस्या रहे पनि त्यसको पनि विकल्प खोजिएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १९:३४
##gautambuddhainternationalairport #bhairahawa #lumbini #airport #nepal
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्