Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • नेपालमै पहिलो अन्डर वाटर फिस टनेल
नेपालमै पहिलो अन्डर वाटर फिस टनेल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, मंसिर १, २०८१

नवलपुर, नवलपरासी । नेपालमै पहिलो पटक गैँडाकोटको नारायणी नदीकिनारमा सञ्चालनमा आएको ‘अन्डर वाटर फिस टनेल’मा दर्शकको आकर्षण बढ्दै गएको छ ।

फिस टनेल सञ्चालनमा आएको तीन दिनमै १० हजार बढी दर्शकहरुले अवलोकन गरेका सञ्चालकहरुले बताएको हो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट-५ की सुशीलाकुमारी गुरुङले आफूले जीवनमै पहिलोपटक पानी भरिएको टनेलभित्र गएर माछा हेर्न पाएको बताएकी छन् ।

टनेलभित्र पसेर विभिन्न प्रकारका सानादेखि ठूलासम्म माछाहरु हेर्न पाउँदा आफ्ना बालबालिकाहरुसमेत खुसी भएको उनले बताएकी छन्। दुई सय फिट लम्बाइ तथा ६० फिट चौडाइमा निर्माण गरिएको डोमभित्र पानीले भरिएको टनेलमा माछा राखेर टनेलभित्रबाट हेर्ने व्यवस्था गरिएको छ।

टनेलभित्रको माछा हेर्नका लागि गैँडाकोट-२ गैरीबाट पुगेका रमेश न्यौपानेले विदेशमा गएर समुद्रभित्र सिसामा पसेर माछा हेर्न पाइन्छ भन्ने आफूले सुनेको भए पनि अहिले प्रत्यक्ष देख्न पाएको बताउँदै आकर्षक र नौलो अनुभव पाएको पनि उनको भनाइ छ।

गैँडाकोटमा ‘अन्डर वाटर फिस टनेल’ राख्ने संस्था राजधानी एम्युजमेन्ट राइट्स नेपालका प्रतिनिधि कृष्ण शर्मा पौडेलले टनेल सञ्चालनमा आएपछि दिनप्रतिदिन दर्शकहरुको उपस्थिति बढ्दै गएको बताए ।

विदेश गएर टनेलभित्रको माछा हेर्न धेरै खर्च लाग्ने भएकाले ‘अन्डर वाटर फिस टनेल’ हेर्ने नेपालीहरुको इच्छा पूरा गर्न आफूहरुले काम गरेको बताए।टनेलभित्र पानीमा राखिएको माछा वातानुकुलित वातावरण (एसी)मा बसेर हेर्न पाउने व्यवस्था गरिएको पौडेलको भनाइ छ।

दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव परिसरमा निर्माण गरिएको टनेलभित्र पानीमा राखिएका माछा ६ फिटसम्म लम्बाइका छन् भने ती माछाहरु चीन एवम् अन्य विदेशी मुलुकबाट ल्याइएका हुन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १२:२०
##fish #fishtunnel #nawalpur #nawalparashi #nepal
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्