Top Navigation
Main Navigation
बिहीबार, पुस ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, पुस ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • नेपालमै पहिलो अन्डर वाटर फिस टनेल
नेपालमै पहिलो अन्डर वाटर फिस टनेल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, मंसिर १, २०८१

नवलपुर, नवलपरासी । नेपालमै पहिलो पटक गैँडाकोटको नारायणी नदीकिनारमा सञ्चालनमा आएको ‘अन्डर वाटर फिस टनेल’मा दर्शकको आकर्षण बढ्दै गएको छ ।

फिस टनेल सञ्चालनमा आएको तीन दिनमै १० हजार बढी दर्शकहरुले अवलोकन गरेका सञ्चालकहरुले बताएको हो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट-५ की सुशीलाकुमारी गुरुङले आफूले जीवनमै पहिलोपटक पानी भरिएको टनेलभित्र गएर माछा हेर्न पाएको बताएकी छन् ।

टनेलभित्र पसेर विभिन्न प्रकारका सानादेखि ठूलासम्म माछाहरु हेर्न पाउँदा आफ्ना बालबालिकाहरुसमेत खुसी भएको उनले बताएकी छन्। दुई सय फिट लम्बाइ तथा ६० फिट चौडाइमा निर्माण गरिएको डोमभित्र पानीले भरिएको टनेलमा माछा राखेर टनेलभित्रबाट हेर्ने व्यवस्था गरिएको छ।

टनेलभित्रको माछा हेर्नका लागि गैँडाकोट-२ गैरीबाट पुगेका रमेश न्यौपानेले विदेशमा गएर समुद्रभित्र सिसामा पसेर माछा हेर्न पाइन्छ भन्ने आफूले सुनेको भए पनि अहिले प्रत्यक्ष देख्न पाएको बताउँदै आकर्षक र नौलो अनुभव पाएको पनि उनको भनाइ छ।

गैँडाकोटमा ‘अन्डर वाटर फिस टनेल’ राख्ने संस्था राजधानी एम्युजमेन्ट राइट्स नेपालका प्रतिनिधि कृष्ण शर्मा पौडेलले टनेल सञ्चालनमा आएपछि दिनप्रतिदिन दर्शकहरुको उपस्थिति बढ्दै गएको बताए ।

विदेश गएर टनेलभित्रको माछा हेर्न धेरै खर्च लाग्ने भएकाले ‘अन्डर वाटर फिस टनेल’ हेर्ने नेपालीहरुको इच्छा पूरा गर्न आफूहरुले काम गरेको बताए।टनेलभित्र पानीमा राखिएको माछा वातानुकुलित वातावरण (एसी)मा बसेर हेर्न पाउने व्यवस्था गरिएको पौडेलको भनाइ छ।

दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव परिसरमा निर्माण गरिएको टनेलभित्र पानीमा राखिएका माछा ६ फिटसम्म लम्बाइका छन् भने ती माछाहरु चीन एवम् अन्य विदेशी मुलुकबाट ल्याइएका हुन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १२:२०
##fish #fishtunnel #nawalpur #nawalparashi #nepal
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता बुधबार, पुस २, २०८२
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी आइतबार, मंसिर २९, २०८२
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै बुधबार, मंसिर २५, २०८२
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न शनिबार, मंसिर २१, २०८२
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान मंगलबार, मंसिर १७, २०८२
सजिलो नेट र एभरेष्ट इञ्जिनियरिङ कलेजबिच सम्झौता
सजिलो नेट र एभरेष्ट इञ्जिनियरिङ कलेजबिच सम्झौता बिहीबार, मंसिर ५, २०८२
हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल
हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल सोमबार, मंसिर २, २०८२
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य मंगलबार, कात्तिक २६, २०८२
नेपाल टेलिकमले ल्यायो जेनजी विद्यार्थी अफर योजना
नेपाल टेलिकमले ल्यायो जेनजी विद्यार्थी अफर योजना आइतबार, कात्तिक २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्