Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • एकै किसानले उब्जाए ३४ लाखभन्दा बढीको अलैँची 
एकै किसानले उब्जाए ३४ लाखभन्दा बढीको अलैँची  अलैँचीको मूल्य १२ वर्ष यताकै उच्च 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर १६, २०८१

इलाम । यस वर्ष इलामको सन्दकपुरमा किसानले ३४ लाखभन्दा बढी अलैँची उत्पादन गरेको छ।

सन्दकपुर गाउँपालिका २ माइमझुवाका किसान गिरिराज खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन उत्पादन गरेको हो।

अलैँचीको मूल्य हाल १२ वर्ष यताकै उच्च अर्थात प्रतिमन १ लाख १५ हजार रहेको छ। गाउँगाउँमा पुगेका व्यापारीले महङ्गो मुूल्य लगाउने गरेका छन् । बजारमा ब्यापारीले एक लाख १० हजारभन्दा माथि खरिद गर्ने गरेका छन्।

निवर्तमान वडाध्यक्ष समेत रहेका खनालले २०७२ सालबाट व्यावसायिक रुपमा अलैँची खेती गर्दै आएको छ। अरु किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सोही खेती नछाडेको र बिचमा दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला बाहिरका किसान समक्ष विरुवा पुर्याएको उनले बताए ।

हाल अलैँची किसान खनालले ३३ रोपनी र २४ रोपनीका दुईवटा प्लटमा सो खेती गरेको छ। हिउँदको समयमा तुसारो पर्ने भएकाले यहाँ हिउँदका दिनमा तुसारोबाट जोगाउन ग्रीन नेट लगाउने गरिन्छ ।

यस वर्ष करिव ३० मन अलैँची उत्पादन गरेको छ । आगामी वर्षबाट अझैँ उत्पादन बढ्ने उनले बताए। अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । गएको वर्ष लगाएको नयाँ विरुवाबाट समेत उत्पादन बढ्ने उनले बताए।

राजनीति गर्ने मान्छेले केही न केही काम गर्नु पर्ने उनको भनाई छ । राजनीति गर्न खर्च आवश्यक पर्ने भएकाले पनि केही काम गर्नु पर्ने जसका लागि आफूले कृषि पेशा गर्ने गरेको उनले बताए ।

अलैँची किसान खनालले मात्र हैन पूर्वी पहाडी जिल्लाका किसानले यस वर्ष अलैँचीबाट राम्रो मूल्य लिइरहेका छन्। इलाम उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलका अनुसार पछिल्लो समय १ लाख १० हजार भन्दा वढि मूल्यमा राम्रो अलैँची बिक्ने गरेको छ। यो मुल्य अलैँचीको १२ वर्ष यताकै उच्च हो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार बर्सेनी सवा चार अर्ब रुपैयाँ बराबरको अलैँची निकासी भइरहेको छ। चालु वर्ष २०८१/०८२ को पहिलो तीन महिनामा ७ सय (८३.७५प्रतिशत) मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ।

यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशतले कमी हो । आव २०८०/०८१ यो अवधिमा १ हजार ५ सय (२५.९६ प्रतिशत) मेट्रिक टन अलैँची निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २०:१७
##blackcardamom #alainchi #ilam #sandakpur
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्