Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • गुरुङ संस्कृतिको परिकारसहित होमस्टे सञ्चालन
गुरुङ संस्कृतिको परिकारसहित होमस्टे सञ्चालन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, मंसिर २२, २०८१

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ।

पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएको हो । होमस्टे जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शुभारम्भ गरेको हो ।

सोही अवसरमा बोल्दै प्रमुख अधिकारीले होमस्टेले स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले भने, “नजिकै रहेको उपर्दाङ्गगढी, मायाटार लगायतका क्षेत्रमा अध्ययन अवलोकनका लागि पर्यटक आउने गर्छन्, उनिहरु यहाँ आएर बास बस्न सक्नेछन जसले गर्दा स्थानीयको आयआर्जनमा टेवा पुग्छ ।”

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँगाउँमा पुगेका विकास निर्माणको सदुपयोग र यहाँका स्थानीयलाई आयआर्जनसंग जोड्न होमस्टे स्थापना गरिएको बताए ।

उनले भने,“गाउँगाउँमा विकास आएको छ तर मान्छे गाउँ छाड्ने क्रम बढ्दो छ, हामीले होमस्टेको माध्यमबाट स्थानीयलाई आयआर्जनसँग जोड्दै गाउँमै बस्ने वातावरण बनाउन हामस्टे सञ्चालनमा ल्याएका हौैं।" उनले घुर्केशका स्थानीयलाई होमस्टे व्यवस्थापनको तालिम र भ्रमण समेत गराइने बताए ।

शक्तिखोर फिस्लिङ सडक हुँदै उपरदाङगढी, मायाटार, पाथिभरा मन्दिर र इच्छाकामना मन्दिर अवलोकनका लागि आउने पर्यटकहरु यहाँ आएर बास बस्न सक्ने उनको भनाई छ ।

इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले घुर्केश गाउँमा रहेका परम्परागत शैलीका आकर्षक घरमा बस्न पाउने र यहाँको स्थानीय खानेकुरा खान पाउने हुँदा पर्यटक आकर्षित हुने बताए । एक पटक आएको पर्यटक यहाँको वातावरणले पुनः आउने बनाउने उनले बताइकी छन् ।

घुर्केश गाउँमा पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत १४ घरमा होमस्टे सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले घुर्केशको सामुदायिक होमस्टे चितवनकै उत्कृष्ट होमस्टेको रुपमा स्थापित हुने बताए । “यहाँको वातावरण,संस्कृति र परिकारले सबैको मन लोभ्याउने छ, उनले भनने, स्थानीयको उत्पादन समेत खपत हुने र आयआर्जका स्रोतहरु पनि बढ्दै जानेछन् ।”

होमस्टे प्रवद्र्धन कार्यक्रमले यहाँको पहिचान गुरुङ समुदायको संस्कृति, रीतिरिवाज, रहनसहन, भेषभुषा, आर्थिक आम्दानीलगायतमा टेवा पुर्याउने वडा नम्वर २ का अध्यक्ष पञ्चबहादुर चेपाङले बताए ।

होमस्टेले गुरुङ समुदायसँगै यस आसपासमा रहेका चेपाङ समुदायसमेतले लाभाम्वित हुने उनको भनाई छ। घुर्केश गाउँमा गुरुङ समुदायको बसोबास छ ।

पूर्व-वडाध्यक्षसमेत रहेका स्थानीय चित्रबहादुर गुरुङका अनुसार यहाँ कृषि बैंकसमेत सञ्चालनमा रहेका थिए । त्यस बेला बैंक सञ्चालन भएको घरलाई अहिले पनि बैंक घर भनेर चिनिन्छ ।

सोही घरमा पनि अहिले होमस्टे सञ्चालनमा रहेको छ । यसअघि भौगोलिक विकटता र प्रचारप्रसार हुन नसक्दा यो गाउँ ओझेलमा परेको उनी बताउँछन् । तर अहिले गाउँमा सडक बाटो बनेपछि भने पर्यटक आउन थालेका छन्।

इच्छाकामनाको पर्यटकीयस्थलको रुपमा परिचित एतिहासिक उपर्दाङ्गगढी किल्ला पर्यटकीय क्षेत्र मायाटार र धार्मिक क्षेत्र पाथिभरा नजिकै रहेको घुर्केश गाउँमा होमस्टे सञ्चालनसँगै पर्यटकको आवामगन बृद्धि हुने स्थानीयको अपेक्षा छ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १६:२२
##ghurkesh #homestay #gurung #gurungculture #gurungdeshes #chitwan #ichchhakamana
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्