Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • जगतबहादुर विदेशबाट फर्किएपछि कफीखेतीमा व्यस्त
जगतबहादुर विदेशबाट फर्किएपछि कफीखेतीमा व्यस्त
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर २३, २०८१

धुलिखेल, काभे्र । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका-३ कोलटार लामागाउँका जगतबहादुर ठोकर अचेल घरको करेसाबारी लगायत बारीभरि लगाएका कफी टिप्न व्यस्त छन् ।

कफीको बोटभरि लटरम्म फलेको कफी पाक्न थालेपछि टिप्ने र प्रशोधन गर्दैमा व्यस्त छन्। मकैलगायतका अरु खेतीभन्दा कफीबाट आम्दानी बढी हुने भएकाले विगत तीन चार वर्षदेखि यसैलाई निरन्तरता दिदै आएको उनले बताए।

यसअघि परम्परागत खेतीपाती नै गरेर जीवन धान्दै आएका उनका तीन भाइ नै विदेश गएका थिए। त्यहाँबाट फर्केर खेतीपातीले राम्रो आम्दानी हुने नदेखेपछि कफीखेतीलाई अगाडी सारेको उनले बताए ।

करिब २०/२२ रोपनीमा खेती गर्दै आएका उनले उत्पादन गरेको कफीलाई प्रशोधन गरेपछि माइलो भाइले वक्री गर्ने गरेको बताए। गत वर्ष १२ लाख जतिको विक्री गरेको कफी यसवर्ष भने भर्खर टिप्ने सिजन सुरु भएको छ।

करिब १७/१८ वर्ष पहिले एउटा संस्थाले ३०/३५ बोट रोप्न दिएको भएपनि त्यस वेला खासै चासो दिएर खेती नगरेको खेती अहिले मनग्य आम्दानी गर्ने पेशा बनेको छ ।

मकै खेती गर्दा हावाहुरी र जंगली जनावरको डर हुने गरेकोमा कफीमा भने त्यस्तो नरहेको बताए। किरा लाग्नबाट जोगाउन सकेमा कफी खेतीले नै राम्रो आम्दानी हुने गरेको उनी बताउँछन् । त्यसरी गरेको उत्पादनलाई बजारीकरण गर्ने काम उनको माईलो भाइ शंखलाल थोकरले गरेको छ।

खेती गर्ने तालिम नलिएपनि अनुभवका आधारमा नै व्यवसायिकतालाई अगाडी बढाएको छ । त्यसरी खेती गर्ने उनीहरुलाई पालिकाले प्रशोधन गर्ने पल्पर मेशिन उपलब्ध गराएको छ ।

उत्पादन राम्रो, मुल्य र बजारीकरण चित्त बुझ्दो भएपछि खेतीको थप विस्तारको लागि नयाँ विरुवा समेत उत्पादन गरिरहेका छन्।छोराहरुले गरेको व्यवसायिक खेतीमा सहयोग गर्दै आएका सुब्बा सिं ठोकरले प्रशोधन गरेको कफीको दानालाई सुकाउने, टिप्ने र प्रशोधन गर्ने काममा साथ दिईरहेको बताए ।

मकै र कोदो खेती भन्दा कफीले धेरै फाईदा हुने भएकाले कफी खेतीलाई प्राथमिकता दिदै आएको उनले बताए। अहिले उनीहरुको आँगनभरि सुकाएको कफीको दाना र बारीभरि रहेको बोटमा लटरम्म फलेको कफी देख्न पाईन्छ।

किसानले त्यसरी गरेको खेतीलाई वडाबाट आवश्यक सहयोग र खेती प्रवद्र्धनका लागि सहजीकरण गर्दै आएको वडा नं. ४ का वडा अध्यक्ष विशाल मोक्तानले बताए ।

पहिलादेखि नै खेती गर्दै आएको भएपनि बजारीकरण र सडकसञ्जाल खुलेपछि विदेशी संघ संस्थाहरुले समेत खरिदका लागि बोटसम्म आउने गरेको उनले बताए ।

पछिल्ला वर्षहरुमा कफी खेती गरेर किसानले राम्रो आम्दानी लिनथालेपछि गाउँपालिकाले अनुदानमा कफीको बोट वितरण र आवश्यक उपकरण वितरण गर्दै आएको छ ।

गाउँपालिकाले अध्यक्ष कान्छालाल जिम्बाले विगत वर्षदेखि नै माटो परीक्षण गर्ने, किसानलाई अनुदानमा विरुवा वितरण गर्ने, प्रशोधन उपकरणहरु वितरण गर्नेदेखि कफीको बोट रोप्ने किसानलाई प्रति बोट २० रुपैयाँ अनुदान समेत दिने व्यवस्था गर्दै आएको बताए।
 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १९:१२
##jagatbahadurthokar #coffee #coffeefarming #kavrepalanchok #kavre
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्