Top Navigation
Main Navigation
शनिबार, पुस ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, पुस ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • म्याग्दीको मराङबेशीमा कृषिमार्फत आत्मनिर्भर अभियान
म्याग्दीको मराङबेशीमा कृषिमार्फत आत्मनिर्भर अभियान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, पुस ८, २०८१

म्याग्दी, बेनी । म्याग्दीको धवलागिरि गाउँपालिकाऔ६ मराङबेशीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन्।

केहि बर्ष अघिसम्म अन्नबाली मात्रै लगाउने यहाँका स्थानीय अहिले व्यावसायिक रुपमा तरकारी र फलफुलखेतीमा आकर्षित भएको हो। वेशी जडिबुटी तथा कृषि समूह गठन गरेर हिउँदे र बर्खे सिजमा व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेकाे हाे।

कृषि उपजको आयात घटाउनुका साथै उत्पादित कृषि उपज विक्रि गरेर आयआर्जन गर्न र आत्मनिर्भर बन्न व्यवसायिक तरकारी खेतीले सहयोग पुगेको स्थानीय कृषक अमर पुनले बताए । दुईबर्षदेखि टनेलमा गोलभेडा खेती गरेका पुनले उत्पादन भएको कृषि उपज विक्रि गर्न समस्या नभएको बताए।

पहिले घरमा खानको लागि मात्रै कृषि उपज उत्पादन गर्ने चलन थियो । गाउँमा सडकको पहुँच आएसंगै यहाँ उत्पादन भएको कृषि उपज सजिलै बजारसम्म पुग्ने अवस्था बनेपछि यहाँ धेरैले कृषिलाई पेशाकै रुपमा अघि बढाएका छन ।

यहाँका स्थानीयले अहिले गोलभेडा, बन्दा, काउली, साग लगायतका तरकारी लगाएका छन् । छिमेकी गाउँ, मल्कबाङ, मलम्पार, बुल, राम्चे लगायतका ठाउँका स्थानीयले यहाँ उत्पादन भएको कृषि उपज करेसाबारीबाटै खरिद गरेर लैजाने गरेका छन्। धेरै उत्पादन भएको कृषि उपज दरबाङ बजारसम्म निर्यात हुने गरेको छ ।

मराङबेशीमा चार जनाले टनेलमा गोलभेडा खेती गरेको छ भने १५ घरधुरीले आलु, बन्दा, काउली लगायतको तरकारी खेतीमा आबद्ध भएका छन्। गाउँका स्थानीय कुनै न कुनै कृषि पेशामा लागेको स्थानीय भक्तबहादुर जुग्जालीले बताए ।

कृषिसँगै भैँसीपालनबाट समेत स्थानीय आत्मनिर्भरको बाटोमा लागेका छन् । हरेक घरमा तरकारी खेती र दुहुना भैँसी पालन गर्ने यहाँको विशेषता नै बनेको छ ।

गाउँमा यस बर्ष हिउँदे आलुखेतीले व्यावसायिकता पाएको छ । यहाँ करिब २० रोपनीमा हिउँदे आलुखेती गरिएको छ। बेशी सँगै बुलमा समेत व्यवसायिक आलुखेती हुँदै आएको छ । यस वडाको घण्टीबाङमा खाद्यान्न बाली विस्तार र राम्चेमा लसुन तथा गोलभेडा विस्तार अभियान चलाईएको छ।

गाउँका स्थानीयलाई कृषिमा व्यावसायिक बनाउन वडा कार्यालयले समेत कृषि समूह गठन गरेर कृषकहरुलाई बल, बिउ र औषधी उपचारमा सघाउन थालेको धवलागिरि गाउँपालिकाऔ६ मराङका वडा अध्यक्ष राजाराम उपाध्यायले जानकारी दिए। परम्परागत कृषिखेतीलाई व्यावसायिकता दिएपछि स्थानीयबासीको आयआर्जन सुधार हुन थालेको वडा अध्यक्ष उपाध्यायले बताए ।

मराङमा व्यवसायिक तरकारीबाली संगै फलफुल खेतीको समेत अभियान चलेको छ । विविध कारणले गाउँमा बसोबास गर्नेहरुको संख्या घट्दै जाँदा खेतीयोग्य जमिन बाँझिने समस्या बढेपछि स्थानीयले नगदे बालीको रुपमा सुन्तलाखेतीलाई विस्तार समेत गरेका छन्।

गत आर्थिक बर्षमा मराङमा धवलागिरि गाउँपालिकाले २ हजार दुई बोट सुन्तलाका विरुवा अनुदानमा वितरण गरेको थियो। यहाँका टोलबस्तीहरु सुन्तला उत्पादनमा समेत पकेट क्षेत्रको रुपमा विकास भैरहेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  २१:२८
##marangbeshi #dhawalagiri #ruralmunicipality #myagdi #agriculture #agriculturefarming
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता बुधबार, पुस २, २०८२
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी आइतबार, मंसिर २९, २०८२
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै बुधबार, मंसिर २५, २०८२
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न शनिबार, मंसिर २१, २०८२
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान मंगलबार, मंसिर १७, २०८२
सजिलो नेट र एभरेष्ट इञ्जिनियरिङ कलेजबिच सम्झौता
सजिलो नेट र एभरेष्ट इञ्जिनियरिङ कलेजबिच सम्झौता बिहीबार, मंसिर ५, २०८२
हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल
हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल सोमबार, मंसिर २, २०८२
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य मंगलबार, कात्तिक २६, २०८२
नेपाल टेलिकमले ल्यायो जेनजी विद्यार्थी अफर योजना
नेपाल टेलिकमले ल्यायो जेनजी विद्यार्थी अफर योजना आइतबार, कात्तिक २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्