Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • म्याग्दीको मराङबेशीमा कृषिमार्फत आत्मनिर्भर अभियान
म्याग्दीको मराङबेशीमा कृषिमार्फत आत्मनिर्भर अभियान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, पुस ८, २०८१

म्याग्दी, बेनी । म्याग्दीको धवलागिरि गाउँपालिकाऔ६ मराङबेशीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन्।

केहि बर्ष अघिसम्म अन्नबाली मात्रै लगाउने यहाँका स्थानीय अहिले व्यावसायिक रुपमा तरकारी र फलफुलखेतीमा आकर्षित भएको हो। वेशी जडिबुटी तथा कृषि समूह गठन गरेर हिउँदे र बर्खे सिजमा व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेकाे हाे।

कृषि उपजको आयात घटाउनुका साथै उत्पादित कृषि उपज विक्रि गरेर आयआर्जन गर्न र आत्मनिर्भर बन्न व्यवसायिक तरकारी खेतीले सहयोग पुगेको स्थानीय कृषक अमर पुनले बताए । दुईबर्षदेखि टनेलमा गोलभेडा खेती गरेका पुनले उत्पादन भएको कृषि उपज विक्रि गर्न समस्या नभएको बताए।

पहिले घरमा खानको लागि मात्रै कृषि उपज उत्पादन गर्ने चलन थियो । गाउँमा सडकको पहुँच आएसंगै यहाँ उत्पादन भएको कृषि उपज सजिलै बजारसम्म पुग्ने अवस्था बनेपछि यहाँ धेरैले कृषिलाई पेशाकै रुपमा अघि बढाएका छन ।

यहाँका स्थानीयले अहिले गोलभेडा, बन्दा, काउली, साग लगायतका तरकारी लगाएका छन् । छिमेकी गाउँ, मल्कबाङ, मलम्पार, बुल, राम्चे लगायतका ठाउँका स्थानीयले यहाँ उत्पादन भएको कृषि उपज करेसाबारीबाटै खरिद गरेर लैजाने गरेका छन्। धेरै उत्पादन भएको कृषि उपज दरबाङ बजारसम्म निर्यात हुने गरेको छ ।

मराङबेशीमा चार जनाले टनेलमा गोलभेडा खेती गरेको छ भने १५ घरधुरीले आलु, बन्दा, काउली लगायतको तरकारी खेतीमा आबद्ध भएका छन्। गाउँका स्थानीय कुनै न कुनै कृषि पेशामा लागेको स्थानीय भक्तबहादुर जुग्जालीले बताए ।

कृषिसँगै भैँसीपालनबाट समेत स्थानीय आत्मनिर्भरको बाटोमा लागेका छन् । हरेक घरमा तरकारी खेती र दुहुना भैँसी पालन गर्ने यहाँको विशेषता नै बनेको छ ।

गाउँमा यस बर्ष हिउँदे आलुखेतीले व्यावसायिकता पाएको छ । यहाँ करिब २० रोपनीमा हिउँदे आलुखेती गरिएको छ। बेशी सँगै बुलमा समेत व्यवसायिक आलुखेती हुँदै आएको छ । यस वडाको घण्टीबाङमा खाद्यान्न बाली विस्तार र राम्चेमा लसुन तथा गोलभेडा विस्तार अभियान चलाईएको छ।

गाउँका स्थानीयलाई कृषिमा व्यावसायिक बनाउन वडा कार्यालयले समेत कृषि समूह गठन गरेर कृषकहरुलाई बल, बिउ र औषधी उपचारमा सघाउन थालेको धवलागिरि गाउँपालिकाऔ६ मराङका वडा अध्यक्ष राजाराम उपाध्यायले जानकारी दिए। परम्परागत कृषिखेतीलाई व्यावसायिकता दिएपछि स्थानीयबासीको आयआर्जन सुधार हुन थालेको वडा अध्यक्ष उपाध्यायले बताए ।

मराङमा व्यवसायिक तरकारीबाली संगै फलफुल खेतीको समेत अभियान चलेको छ । विविध कारणले गाउँमा बसोबास गर्नेहरुको संख्या घट्दै जाँदा खेतीयोग्य जमिन बाँझिने समस्या बढेपछि स्थानीयले नगदे बालीको रुपमा सुन्तलाखेतीलाई विस्तार समेत गरेका छन्।

गत आर्थिक बर्षमा मराङमा धवलागिरि गाउँपालिकाले २ हजार दुई बोट सुन्तलाका विरुवा अनुदानमा वितरण गरेको थियो। यहाँका टोलबस्तीहरु सुन्तला उत्पादनमा समेत पकेट क्षेत्रको रुपमा विकास भैरहेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  २१:२८
##marangbeshi #dhawalagiri #ruralmunicipality #myagdi #agriculture #agriculturefarming
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्