Top Navigation
Main Navigation
बिहीबार, पुस २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, पुस २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • नुवाकाेटकाे बेत्रावतीमा एघार हल गोरु जुधाइने
नुवाकाेटकाे बेत्रावतीमा एघार हल गोरु जुधाइने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, पुस २५, २०८१

त्रिशूली, नुवाकोट । माघे संक्रान्ति पर्वको अवसरमा यसवर्ष बेत्रावतीमा एघार हल गोरु जुधाइने भएको छ।

नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीमा गोरु जुधाउन किसानले पालेका मध्येबाट उत्कृष्ट एघार हल गोरु दर्ता गरेर गोरु जुधाउन तयारी गरिएको आयोजक गोसाईकुण्ड युवा क्लबले बेत्रावतीमा जानकारी दिएको हो ।

नेपाल र भोटबीच भएको युद्ध अन्तर्गत विसं. १८४९ मा बेत्रगंगाको नदी किनारमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जीत भएको उत्सवमा तत्कालीन समयमा ‘गोरु जुधाएको थियो’ भन्ने स्मरणमा थालिएको गोरु जुधाई परम्परालाई निरन्तरता दिन यस वर्षको लागि आवश्यक तयारी पूरा भएको गोरु जुधाई प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटले जानकारी दिए ।

उनको अनुसार गोरु जुधाई प्रदर्शनीको लागि छनोट भएका गोरुको समूह विभाजन, गोरु जुधाईको नियम र आचारसंहिता, जुध्ने गोरुका धनीलाई दिइने पुरस्कार, चोट पटक तथा कुनै भवितव्य भएमा उपलब्ध गराइने क्षतिपूर्ति सहितको व्यवस्थापनका काम पूरा गरिएको छ।

दर्ता भएका गोरुलाई एक-अर्का अर्थात ‘वान भर्सेस वान’का आधारमा जुधाउन ठूलो शरीर भएका गोरु सात हल र साना शरीर भएका गोरु चार हल रहेकाले सोही अनुसार दुई समूहमा विभाजन गरिएको छ । जुधाईका क्रममा ठूला गोरु समूहका विजेता गोरुका धनी किसानले १५ हजार र उपविजेता हुने गोरुका धनीले १३ हजार पाउने छन् ।

यस्तै, साना गोरु समूहबाट विजेता भएका गोरुका धनी किसानले १३ हजार र उपविजेता भएका गोरुका धनी किसानले ११ हजार पुरस्कार पाउने गोरु जुधाई प्रदर्शनी कार्यक्रमका प्रचारप्रसार समितिका संयोजक गणेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार गोरु जुधाईका क्रममा बराबरी भएमा समान १४ हजार गोरुका धनी किसानले पाउने व्यवस्था गरिएको छ ।

गोरु जुधाई प्रदर्शनीलाई धार्मिक, साँस्कृतिक एवम् कुटनीतिक महत्वको रुपमा बेत्रावती सहित नुवाकोटको तारुका लगायतका स्थान मनाइने गरिएको छ। अनयोजक समितिले गोरु जुधाईलाई विभिन्न ईतिहाससँग जोडेर मनाउँदै आए पनि यसको एकीन तथ्य भने अन्यौल नै रहेको पाइन्छ।

गोरु जुधाई प्रदर्शनी मार्फत पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउन स्थानीय सरकार सहित पर्यटन बोर्डबाट समेत आर्थिक सहयोग प्राप्त भएसँगै प्रदर्शनीलाई मेलाको रुपमा सञ्चालनमा ल्याउन थालिएको छ ।  

सोही कारण माघे संक्रान्ति पर्वका दिन घ्यू चाकु, एवम् तरुल पिँडालु खाने परम्परासँगै नुवाकोटमा भने विभिन्न स्थानमा गोरु जुधाई प्रदर्शनीलाई निरन्तरता दिइने गरिएको छ ।

विदेशमा सञ्चालन हुने साहसिक खेल ‘बुल फाइट’को झल्को दिँदै नुवाकोटको गाउँघरका किसानले पालेका गोरु जुधाई भिडन्तबाट पाइने मनोरञ्जनले आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गर्दै आर्थिक गतिविधि बृद्धिमा टेवा पुग्दै आएको छ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २१:२३
##bullfight #nuwakot #trishuli
प्रतिक्रिया दिनुहोस्
थप समाज
स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी
स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी मंगलबार, पुस २२, २०८२
माैसम पूर्वानुमान: यी चार प्रदेशमा हल्का वर्षाको  सम्भावना
माैसम पूर्वानुमान: यी चार प्रदेशमा हल्का वर्षाको  सम्भावना मंगलबार, पुस २२, २०८२
प्रहरीद्वारा सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन
प्रहरीद्वारा सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन मंगलबार, पुस २२, २०८२
आदिवासी जनजाति महोत्सव: तीन जातिका नमुना घर निर्माण
आदिवासी जनजाति महोत्सव: तीन जातिका नमुना घर निर्माण मंगलबार, पुस २२, २०८२
उदयपुरमा ट्याक्टर दुर्घटना : दुईको मृत्यु, दुई घाइते
उदयपुरमा ट्याक्टर दुर्घटना : दुईको मृत्यु, दुई घाइते सोमबार, पुस २१, २०८२
पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव सोमबार, पुस २१, २०८२
कञ्चनपुरमा सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाइने
कञ्चनपुरमा सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाइने सोमबार, पुस २१, २०८२
झापामा १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालन
झापामा १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालन सोमबार, पुस २१, २०८२
खाेटाङमा श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ
खाेटाङमा श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ सोमबार, पुस २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ सत्य आफैमा एउटा ठूलो तन्त्र हो
  • नंः ३ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ काठमाडौंमा चिसो बढ्यो
विचार
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्