Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • नुवाकाेटकाे बेत्रावतीमा एघार हल गोरु जुधाइने
नुवाकाेटकाे बेत्रावतीमा एघार हल गोरु जुधाइने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, पुस २५, २०८१

त्रिशूली, नुवाकोट । माघे संक्रान्ति पर्वको अवसरमा यसवर्ष बेत्रावतीमा एघार हल गोरु जुधाइने भएको छ।

नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीमा गोरु जुधाउन किसानले पालेका मध्येबाट उत्कृष्ट एघार हल गोरु दर्ता गरेर गोरु जुधाउन तयारी गरिएको आयोजक गोसाईकुण्ड युवा क्लबले बेत्रावतीमा जानकारी दिएको हो ।

नेपाल र भोटबीच भएको युद्ध अन्तर्गत विसं. १८४९ मा बेत्रगंगाको नदी किनारमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जीत भएको उत्सवमा तत्कालीन समयमा ‘गोरु जुधाएको थियो’ भन्ने स्मरणमा थालिएको गोरु जुधाई परम्परालाई निरन्तरता दिन यस वर्षको लागि आवश्यक तयारी पूरा भएको गोरु जुधाई प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटले जानकारी दिए ।

उनको अनुसार गोरु जुधाई प्रदर्शनीको लागि छनोट भएका गोरुको समूह विभाजन, गोरु जुधाईको नियम र आचारसंहिता, जुध्ने गोरुका धनीलाई दिइने पुरस्कार, चोट पटक तथा कुनै भवितव्य भएमा उपलब्ध गराइने क्षतिपूर्ति सहितको व्यवस्थापनका काम पूरा गरिएको छ।

दर्ता भएका गोरुलाई एक-अर्का अर्थात ‘वान भर्सेस वान’का आधारमा जुधाउन ठूलो शरीर भएका गोरु सात हल र साना शरीर भएका गोरु चार हल रहेकाले सोही अनुसार दुई समूहमा विभाजन गरिएको छ । जुधाईका क्रममा ठूला गोरु समूहका विजेता गोरुका धनी किसानले १५ हजार र उपविजेता हुने गोरुका धनीले १३ हजार पाउने छन् ।

यस्तै, साना गोरु समूहबाट विजेता भएका गोरुका धनी किसानले १३ हजार र उपविजेता भएका गोरुका धनी किसानले ११ हजार पुरस्कार पाउने गोरु जुधाई प्रदर्शनी कार्यक्रमका प्रचारप्रसार समितिका संयोजक गणेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार गोरु जुधाईका क्रममा बराबरी भएमा समान १४ हजार गोरुका धनी किसानले पाउने व्यवस्था गरिएको छ ।

गोरु जुधाई प्रदर्शनीलाई धार्मिक, साँस्कृतिक एवम् कुटनीतिक महत्वको रुपमा बेत्रावती सहित नुवाकोटको तारुका लगायतका स्थान मनाइने गरिएको छ। अनयोजक समितिले गोरु जुधाईलाई विभिन्न ईतिहाससँग जोडेर मनाउँदै आए पनि यसको एकीन तथ्य भने अन्यौल नै रहेको पाइन्छ।

गोरु जुधाई प्रदर्शनी मार्फत पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउन स्थानीय सरकार सहित पर्यटन बोर्डबाट समेत आर्थिक सहयोग प्राप्त भएसँगै प्रदर्शनीलाई मेलाको रुपमा सञ्चालनमा ल्याउन थालिएको छ ।  

सोही कारण माघे संक्रान्ति पर्वका दिन घ्यू चाकु, एवम् तरुल पिँडालु खाने परम्परासँगै नुवाकोटमा भने विभिन्न स्थानमा गोरु जुधाई प्रदर्शनीलाई निरन्तरता दिइने गरिएको छ ।

विदेशमा सञ्चालन हुने साहसिक खेल ‘बुल फाइट’को झल्को दिँदै नुवाकोटको गाउँघरका किसानले पालेका गोरु जुधाई भिडन्तबाट पाइने मनोरञ्जनले आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गर्दै आर्थिक गतिविधि बृद्धिमा टेवा पुग्दै आएको छ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २१:२३
##bullfight #nuwakot #trishuli
प्रतिक्रिया दिनुहोस्
थप समाज
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
यसरी उर्लियाे बुढीगण्डकी
यसरी उर्लियाे बुढीगण्डकी आइतबार, असोज २५, २०८३
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’ आइतबार, असोज २५, २०८३
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो...  शनिबार, असोज २४, २०८३
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छः मुख्यमन्त्री कार्की
मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छः मुख्यमन्त्री कार्की आइतबार, असोज १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ५ दम्भ होइन, धैर्य र मधुरता प्रिय
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्