Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • पर्यटक आउन थाले पनि अझै त्रासमा छन् बेगनासका व्यवसायी
पर्यटक आउन थाले पनि अझै त्रासमा छन् बेगनासका व्यवसायी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, साउन १३, २०७८

कास्की । लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा आन्तरिक पर्यटक आउन थाले पनि व्यवसायीमा कोरोना सङ्क्रमणको त्रास भने हट्न सकेको छैन। 

कास्की जिल्ला लेखनाथ नगरपालिकाका स्थानीय सरकारले निषेधाज्ञा खुकुलो पारेपछि होटलमा आन्तरिक पर्यटक आउन थालेकाे हाे।  

कोरोना सङ्क्रमणकै कारण थला परेको पर्यटन व्यवसायलाई पूर्ण रुपमा सहज तुल्याउन नेपाल सरकारले छिटो भन्दा छिटो सबैलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप ल्याउनु पर्ने माग यहाँका व्यवसायीको रहेको छ। 

“दुई हप्ताबाट आन्तरिक पर्यटक आउन शुरु भएको छ, तर सङ्क्रमणको त्रासका बीच पाहुनाको सेवा गरेका छौं”, बेगनास तालस्थित ग्राण्ड होटलका सञ्चालक दुर्गाप्रसाद अधिकारीले भने, “विकास निर्माणका कामलाई एक वर्ष थाँती राखेर भए पनि नेपाल सरकारले सम्पूर्ण नेपालीलाई पुग्नेगरी कोरोनाविरुद्धको खोप लगाउन अनिर्वाय छ।” 

सरकारी बिदाका दिन बेगनासमा पर्यटक घुम्न आउने क्रम शुरु भएको बताइएको छ। कटौती गरी बाँकी रहेका एक दुई जना कर्मचारी र आफैले पनि पाउनालाई सेवा दिँदै आएको होटल व्यवसायी अधिकारीले बताए।    

“घर भाडामा लिएर होटल सञ्चालन गर्ने केही व्यवसायी विस्थापित भइसकेका छन्, आफ्नै घरमा होटल सञ्चालन गर्नेले भने एक दुई कर्मचारी राखेर भए पनि होटल तथा रेष्टुराँ धानेका छौँं,  भिजिट नेपाललाई लक्षित गरी लगानी बढायौँं, तर कोरोना सङ्क्रमणकै कारण बैंकको ब्याज तिर्न कठिन भएको छ”, होटल  तथा रेष्टुराँ एशोसिएशन लेखनाथका अध्यक्ष अर्जुन लम्सालले भने, “सरकारले व्यवसायीलाई पुनः कर्जाको व्यवस्था गर्नुपर्छ।”  

हाल लेखनाथमा २०० को हाराहारीमा होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । एशोसियशनमा आवद्ध भने १०५ मात्र छन्। अध्यक्ष लम्सालका अनुसार रिसोर्टदेखि साना होटलले यहाँ आउने पर्यटकलाई सेवा पुर्याउँदै आएका छन्।

बेगनासस्थित न्यू थकाली भान्सा घरका सञ्चालक नीतेश लालचनले भने, “केही दिनदेखि दिउँसोको खाजा खानेगरी आन्तरिक पर्यटन बेगनास आउन थालेका छन्।” बेगनासतालमा पाइने शहर, रहु, असला, नैनी, कमन, माहुर, तिलपिया बिगहेड लगायत जातका माछाको स्वाद लिन यहाँ पर्यटक पुग्ने गर्छन्। 

सात तालको बगैँचा शहरका रुपमा परिचित लेखनाथमा यतिबेला अधिकांश पर्यटक पोखराबाट नै आउने गरेका होटल व्यवसायी चित्रबहादुर गुरुङले बताए। 
 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १५:०३
##BegnasLake
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
काठमाडौंपछि बुटवलमा हुँदैछ पल्सर आरपीएम रोमाञ्चक तयारी 
काठमाडौंपछि बुटवलमा हुँदैछ पल्सर आरपीएम रोमाञ्चक तयारी  बिहीबार, असोज १५, २०८३
रविन्द्र ढाँट ब्रान्ड एम्बेसडरमा नियुक्त 
रविन्द्र ढाँट ब्रान्ड एम्बेसडरमा नियुक्त  बुधबार, असोज १४, २०८३
बजाजको 'चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
बजाजको 'चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक मंगलबार, असोज १३, २०८३
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता 
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता  सोमबार, असोज १२, २०८३
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्