काठमाडौ । नेपालको अग्रणी डिडिटल वालेट इसेवाले पर्वलाई सुरक्षित र उत्साहपूर्णरूपमा मनाउन 'जात्रा केयर’ बीमा योजना सार्वजनिक गरेको छ।
हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको यो बीमा योजना मात्र १० रुपैयाँमा उपलब्ध हुनेछ। असोज ७ गतेदेखि १३ गतेसम्म ७ दिन लागूहुने यस योजनाले जात्रा मनाउने क्रममा हुन सक्ने आकश्मिक दुर्घटनाबाट उत्पन्न आवधिक जोखिम न्यूनीकरण गर्न सहयोग गर्नेछ।
बीमा योजना अन्तर्गत कुल २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा प्रदान गर्नेेछ, यसमा दुर्र्घटना बीमा अन्तर्गत २ लाख २० हजार रुपैयाँ र अस्पताल सहायता अन्तर्गत १० हजार रुपैयाँको सुविधा उपलब्ध हुनेछ ।
जात्रा पर्व उत्साह, उमंग र सांस्कृतिक परम्परासँग जोडिएको भए पनि भीडभाड तथा आवतजावतका क्रममा विभिन्न आकश्मिक दुर्वटनाको जोेखिम रहन सक्छ ।
यस्ता जोखिमबाट हुन सक्ने आर्थिक भारलाई केही हदसम्म कम गर्न जात्रा केयर’ बीमा योजना उपयोगी हुने इसेवाले जनाएको छ। यो बीमा योजना इसेवा एप मार्फत सहजै खरिद गर्न सकिनेछ ।
इसेवाले जात्रा पर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय रूपमा मनाउन सबैलाई सचेत रहन आग्रह गर्दै 'जात्रा केयर’ बीमा योजनाकोे लाभ लिन अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३ २२:२१