Top Navigation
  • Contact
Main Navigation
बुधबार, कात्तिक ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, कात्तिक ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ...
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ २८, २०८३

 आजभोलि देखिएको  जातीय, क्षेत्रीय, धार्मिक अनि साम्प्रदायिक सोचले संसारमा रहेका हामी सबै मानव जातिको  विभाजनमा नकारात्मक भूमिका खेलिरहेको छ । कुनै पनि देशको सीमाले मानवतालाई सिमान्तीकृत गर्न सक्दैन । किनभने मानवताको कुनै देश, जात, धर्म र सम्प्रदाय पनि हुँदैन ।

भौतिक रूपले अलग-अलग र फरक देखिएतापनि संसारका सम्पूर्ण मानव जातिको सृष्टिको सुरुवातको स्रोत विभिन्न धर्मका धार्मिक ग्रन्थहरू पल्टाएर हेर्दा एउटा लोग्ने मान्छे र एउटा स्वास्नी मान्छेबाट भएको देखिन्छ ।

हामीले आफ्नो धर्मको भन्दा पृथक धर्मका ग्रन्थहरूमा रहेको कुरालाई अक्सर गलत भन्ने गर्छौं । तर प्राय धार्मिक ग्रन्थहरूमा लिपिबद्ध भएर रहेको यो माथिको पंक्तिलाई हामीले चाहेर पनि गलत भन्न सक्दैनौँ। किनभने हामीले यसलाई गलत भन्दा स्वयं हाम्रो धार्मिक  ग्रन्थमा लिपिबद्ध भएर रहेको कुरालाई पनि हामीले गलत भन्नु पर्ने हुन्छ ।  

यसको तात्पर्य अब हामीले के बुझ्नु पर्ने हुन्छ भने हामी सबै संसारका मानिसहरूको पुर्खाहरूको अस्तित्वको मूल स्रोत एउटै थियो । अझ बुझ्ने गरी भन्नुपर्दा एउटा अमेरिकनको ५० पुस्ता अगाडिको बाबु र संसारको कुनै पनि मानिसको ५० पुस्ता अगाडिको बाबु दाजुभाई हुनसक्ने सम्भावनालाई माथिको विचारले पुष्टि गरिदिन्छ । सम्भवत त्यसैले होला आजकाल विश्वका बौद्धिक र ज्ञानी मानिसहरुले संसारका हामी सबैलाई (ओल्ड कम्युनिटी) अर्थात् विश्व समुदाय भनेर सम्बोधन गर्ने गरेको पाइन्छ ।

मानव सभ्यताको सुरुवातदेखि नै विभिन्न क्षेत्रका मानिसहरूको आफ्नै किसिमको संस्कार, संस्कृति र भौगोलिक कारणले विविध मौसम अनुसार जीवन यापन गर्ने तरिकाहरू फरक फरक भए ।जसबाट मानिसहरूको शारीरिक बनोट र रूपरोगनहरू फरक फरक  हुन पुग्यो ।

अनि यसैलाई आधार बनाएर संसारका हामी सबै मानिसहरूले अरुभन्दा आफूलाई फरक देखाउनुमा गर्व गर्न थाल्यौ ।तर वास्तवमा यो एउटा यति ठूलो भ्रम थियो जसले आज संसारका हामी सबै मानिस जातिहरूमा एउटा ठूलो वित्तण्डा नै मच्चायो । 

जसले गर्दाखेरि संसारका हामी सबै मानिसहरूमा आफूलाई बचाउने क्षमता र हैसियत त पैदा गर्यो तर मानवताको रक्षा गर्न पूर्ण रुपले सकेन। आज संसारमा विभिन्न देशहरूको एक आपसको युद्ध र आआफ्नै देशभित्र पनि जातीयगत र धार्मिक हिसाबले देखिएको विभाजित मनस्थितिले सम्पूर्ण मानव सभ्यता नै आफ्नो अस्तित्वको रक्षार्थ सचेत हुनुपर्ने परिस्थितिमा पुग्यो। 

संसारमा जति पनि धर्महरू छन् तिनीहरू एउटा विशेष मान्यता र मूल्यका आधारमा रहेको पाइन्छ। जसले आफ्नै धर्मको पक्षमा र धर्मावलम्बीहरूको पक्षमा निर्णयहरू गर्छ ।झ्वाट्ट सुन्दा र लेख्दा अध्यात्मलाई पनि धर्म नै मानिने र बुझिने प्रचलन रहेको पाइन्छ ।

तर अध्यात्म र धर्म बिल्कुलै फरक कुराहरू हुन्। अध्यात्मले संसारका सबै धर्महरू र धर्मावलम्बीहरूको रक्षार्थ  आफूलाई उभ्याउँछ भने धर्मले एउटा विशेष समुदाय र जातलाई मात्र आफ्नो सम्झिन्छ । 

अहिले विश्वमा देखिएको मानिसहरूको विभाजित मनस्थितिलाई अध्यात्मले मात्रै एकीकृत गरेर मानव सभ्यताको र मानवताको रक्षार्थ एउटा बलियो भूमिका निर्वाह गर्न सक्दछ । संसारका देशहरू आन्तरिक र बाह्य कारणले द्वन्द्वको चपेटामा पर्न आँटेको वर्तमान अवस्थामा अध्यात्म मात्रै एउटा यस्तो शक्ति हो जसले सबैलाई समेटेर यो परिस्थितिको निराकरण गर्न सक्छ ।

दुःखका साथ भन्नुपर्छ अहिले रसुवाको भोटे कोशीमा आएको विनाशकारी बाढीले धेरैको ज्यान लियो र घरबार उजाड्यो। यस्तो विषम परिस्थितिमा पनि यदाकदा जातका कुराहरू, राजनीतिक विचारधाराका कुराहरू र धर्मका कुराहरु भएको पाइयो । यस्तो दुःखको घडीमा यस्तो हुनु भनेको हामी सबैका लागि लज्जास्पद कुरा हो ।  

आ–आफ्नो धर्मको मूल्य र मान्यताहरूलाई स्वीकारेर पनि हामीले अहिलेको विश्वको बिग्रँदो परिस्थितिमा केन्द्रित भएर अध्यात्मलाई अँगाल्दै बाध्यतावश एउटा अर्को कुरा पनि स्वीकार्नै पर्ने हुन्छ । त्यो के हो भने  मान्छेको जात मान्छे नै हो ।

मान्छेको धर्म पनि मान्छे नै हो । र मान्छेको कर्म पनि मान्छे नै हो । तसर्थ  मानव सभ्यताको  र मानवताको रक्षार्थ कुनै जातको,  धर्मको , देशको,  क्षेत्रको, र कुनै सम्प्रदायको होइन संसारकै बनौँ अध्यात्मलाई अँगालेर ।

नामी साप्ताहिक
 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  ०८:१८
प्रतिक्रिया दिनुहोस्
थप विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शनिबार, असोज २४, २०८३
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा बिहीबार, असोज २२, २०८३
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? बुधबार, असोज २१, २०८३
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्