नवलपुर, नवलपरासी । नेपाली काँग्रेसका नेता प्रा.डा. शेखर कोइरालाले तरुणहरुको काँधमा देशको जिम्मेवारी भएको बताएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित नेपाल तरुण दलको पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा नेता कोइरालाले देशलाई भोलिका दिनमा हाँक्ने तरुणहरु नै भएको भन्दै उनीहरुको काँधमा अहिले जिम्मेवारी आएको बताएको हो ।
देशको राजनीति अवस्था अत्यन्तै तरल अवस्थामा रहेको भन्दै नेता प्राडा कोइरालाले तरुण दल नेपाली काँग्रेसको भातृ संस्था भएकाले त्यसलाई चुस्त दुरुस्त बनाउँदै अगाडि बढ्नुपर्ने बताएका हुन्।
राष्ट्रियतालाई बचाउने, लोकतन्त्रलाई बचाउने र आर्थिक सुधारहरु गरेर अगाडि जानुपर्ने जिम्मेवारी तरुणहरुसँग रहेको उनको भनाई थियो।
राष्ट्रियता र लोकतन्त्रलाई जोगाई भ्रष्टाचार र दण्डहिनताका विषयलाई अन्त्य गर्दै तरुणहरु अगाडि बढ्नुपर्नेमा समेत नेता कोइरालाले जोड दिएका थिए।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२ २०:१४