रामेछाप । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा रामेछापका ८ स्थानीय तहलाई तीन अर्ब ३३ करोड २६ लाख रुपैयाँ बराबरको अनुदान प्रदान गर्ने भएको छ । संघले रामेछापका ८ वटा स्थानीय तहलाई विभिन्न शीर्षकमा उक्त रकम विनियोजन गरेको हो ।
सशर्त अनुदानतर्फ दुई अर्ब ८ करोड ४७ लाख, समानीकरण अनुदानतर्फ एक अर्ब चार करोड ७८ लाख, विशेष अनुदानतर्फ पाँच करोड ७६ लाख र समपुरक अनुदानतर्फ १५ करोड २५ लाख बजेट छुट्याइएको छ । जिल्लाका दुई नगरपालिकाको लागि एक अर्ब १८ करोड २० लाख र ६ वटा गाउँपालिकाको लागि दुई अर्ब १५ करोड ६ लाख वजेट विनियोजन गरेको हो । संघीय सरकारवाट अनुदान रकम सबैभन्दा बढी पाउने मन्थली नगरपालिका रहेको छ भने सबैभन्दा कम रकम पाउनेमा गोकुलगंगा गाउँपालिका परेको छ ।
मन्थली नगरपालिकलो ६७ करोड १७ लाख रुपैयाँ अनुदान रकम पाउँदा गोकुलगंगा गाउँपालिकाले भने ३१ करोड ९८ लाख मात्रै प्राप्त गर्ने भएको छ । त्यसैगरी रामेछाप नगरपालिकाले ५१ करोड तीन लाख, खाँडादेवी गाउँपालिकाले ४४ करोड १४ लाख र लिखु तामाकोशी गाउँपालिकाले ३५ करोड ७३ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।
त्यसैगरी दोरम्बा शैलुङ गाउँपालिकाले ३४ करोड ६५ लाख, उमाकुण्ड गाउँपलिकाले ३४ करोड ६२ लाख र सुनापति गाउँपालिकाले ३३ करोड ९४ लाख अनुदान संघीय सरकारबाट प्राप्त गर्ने छन् । संघीय सरकारवाट प्राप्त वजेट स्थानीय तहले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य क्षेत्रमा खर्च गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०८२ १३:१४