Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  •  गृहमन्त्रीद्वारा सिन्धुुपाल्चोक घटनाबारे जानकारी
 गृहमन्त्रीद्वारा सिन्धुुपाल्चोक घटनाबारे जानकारी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन १८, २०७८

काठमाडौ । मेलम्ची, ईन्द्रावती, याङ्ग्री र लार्के नदीमा गत असार १ गतेको बाढीमा परी ५ जनाको मृत्यु हुनाका साथै २० जना बेपत्ता भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएको छ।

राष्ट्रियसभाको बैठकमा गृहमन्त्री खाँणले बाढीपहिरोमा परी ६ जना घाइते भएका र ३३८ घर पूर्ण रुपमा क्षति भएको बताएको हो। 

गृहमन्त्री खाँणले बाढीपहिरोबाट सात पक्की र १४ झोलङ्गे पुल, एक माछा फार्म, ३२ सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा समेत क्षति पुुगेको जानकारी दिएका हुन्। 

गृहमन्त्रीले घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाको समेत समन्वयमा जिल्लास्थित सुरक्षा निकायबाट खोज तथा उद्धारको काम गरिएको सदनलाई जानकारी गराएका छन्।  

गृहमन्त्रीको संयोजनमा सबै सुरक्षा निकाय र सरोकारवाला मन्त्रालयबीच बैठक बसी क्षतिको आँकलन गरी पुनःनिर्माण र पुनःस्थापनाको कार्ययोजना बनाइ कार्य शुरु गर्न निर्देशन भएको र सो अनुरुप जोखिम आँकलन गर्ने काम पनि शुरु भइसकेको उनले जानकारी दिए।      

मेलम्ची क्षेत्रमा बाढीपहिराको जोखिम देखिनुुका मुख्य कारण पत्ता लगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, जल तथा मौसम विभाग, जलस्रोत तथा सिँचाइ विभाग, त्रिभुवन विश्वविद्यालयका भूगर्भविद् विज्ञ र इञ्जिनीयरिङ अध्ययन संस्थान पुल्चोकका विज्ञसहितको टोलीले अवलोकन गरिसकेको जानकारी पनि उनले दिए।   

गृहमन्त्री खाँणले बाढीबाट त्यस क्षेत्रमा भएको जनधनको क्षतिका कारण प्रभावित जनजीवन विस्तारै सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेकै बेला साउन १६ र १७ गते मेलम्ची खोलामा लेदो, गेग्रानसहितको बाढी पुनः आएपछि ५३ घरमा क्षति पुगेको, एक पक्की पुल (हेलम्बु गाउँपालिका ३–७ जोड्ने), एक  झोलुङ्गे पुल र एक सामुदायिक भवनमा क्षति भएको जानकारी दिए।  

हेलम्बु क्षेत्रमा जाने राजमार्ग पूर्णरुपमा अवरुद्ध भएकाले वैकल्पिक बाटोका रुपमा काठमाडौंँ–सुन्दरीजल सडकमार्ग, पार्टी भञ्जयाङ–चित्रे सडकका साथै कुटुमसाङगा हुँदै मेलम्ची खानेपानीको मुहानसम्म पुग्ने सडक सञ्चालनमा ल्याउन सरकारले प्रयास गरेको जानकारी गराए।  

गृह मन्त्रालयमा आइतबार बसेको बैठकले विज्ञ टोली लिएर मेलम्चीको मुहानको जोखिम अध्ययन गर्ने, सुन्दरीजल, पाटी भञ्ज्याङ हुँदै हेलम्बु पुग्ने वैकल्पिक बाटो सुचारु गराउने, हेलम्बुको चनौटे र क्युउल जोड्ने बेल्ली ब्रिज भौतिक योजना मन्त्रालयले निर्माण गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए। 

मेलम्ची बाँधस्थलमा भएको क्षति र सम्भावित जोखिमको आँकलन खानेपानी तथा सरसफाइ मन्त्रालयले प्राधिकरणसँगको संयुक्त टोली बनाइ गर्ने समेत निर्देशन भएको गृहमन्त्री खाँणले सदनलाई जानकारी दिए। 
 

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १९:११
##BalKrishnaKhand
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्