Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असार १९, २०८२

चितवन । व्यावसायिक किट विकास फार्म भण्डाराले औषधीय गुण भएको गानोडर्मा (रातो च्याउ) को व्यावसायिक उत्पादन सुरु गरेको छ। 
औषधीय गुण भएको गानोडर्मा (रातो च्याउ) को उत्पादन फार्मले पहिलो पटक थालेको हो ।

बिउ राखेको ६० दिनपछि उत्पादन दिन सक्ने यो च्याउ, फार्मको च्याउ खेती प्रविधि प्रदर्शनी कार्यक्रम अन्तर्गत उत्पादनमा ल्याइएको हो।

कार्यालयका सूचना अधिकारी जीवन सापकोटाका अनुसार, हाल ६ सय वटा पोकामा परीक्षण उत्पादन भइरहेको छ।

काठमाडौँबाट ल्याइएको बिउलाई काठको धुलो, चोक्कर, चुन र जिप्सनको मिश्रणमा तयार पारिएको पोकामा राखेर यसको परीक्षण गरिएको हो।
गानोडर्मा च्याउमा उच्च रक्तचाप नियन्त्रण गर्ने, मधुमेहमा सहायता पुर्‍याउने, क्यान्सर प्रतिरोध गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, डिप्रेसन र अनिद्रामा सुधार ल्याउने औषधीय गुण रहेको बताइएको छ ।

तर, दूध खुवाउँदै गरेकी आमा, पाँच वर्षमुनिका बालबालिका, र शल्यक्रिया पछिका बिरामीहरूलाई यसको सेवन नगर्न सुझाव दिइएको छ।
नेपालमा अहिले यो च्याउ विदेशबाट आयात भइरहेको छ । तर, अब स्वदेशमै पनि यसको व्यावसायिक उत्पादन सुरु भएको छ। काठमाडौँ लगायत देशका केही स्थानमा समेत यो च्याउ उत्पादन हुँदै आएकोे छ ।

च्याउ उमार्नका लागि अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस, आद्र्रता ८० देखि ८५ प्रतिशत, पर्याप्त प्रकाश र भेन्टिलेसन आवश्यक पर्छ। तयार भएको च्याउलाई पानीमा पखालेर ५० डिग्री सेल्सियस तापक्रममा सुकाउनु पर्छ।

तापक्रम र आद्र्रता मिलाएर सुकाइएपछि गानोडर्मा च्याउलाई पिसेर पाउडरको रूपमा प्रयोग गर्ने गरिन्छ । प्रयोगकर्ताहरूले बिहान वा दिउँसो चिया-कफी जसरी सेवन गर्ने गर्दछन ।

नसर्ने रोग भएका व्यक्तिहरूका लागि भने यो च्याउ विशेष उपयोगी मानिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०९:४७
##mushroom #lingzhi #ganoderma
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्