काठमाडाैं । जेन जी आन्दोलनको दोश्रो दिन भदौ २४ गते जलेर खरानी भएको आफ्नो घर हेर्ने क्रममा, खारानीको टीका लगाउँदै राधिका शाक्यले भनिन् ‘नयाँ पुस्तालाई सिङ्गै छोडेर जाने इच्छा थियो तर खरानी मात्र छोडेर जानु पर्यो, ...।’
राधिका शाक्य अर्थात निवर्तमान प्रधानमन्त्री केपी ओलीकी जीवनसंगिनी । प्रधानमन्त्री ओलीले सरकारबाट राजिनामा दिएर बालकोटको व्यक्तिगत घरमा फर्किएपछि जेनजीको आन्दोलनको क्रममा जलेर खरानी भएको घरप्रति संकेत गर्दै शाक्यले अगाडि भनिन्, ‘एउटा जीवित म्युजियमको रुपमा यो लाइबेरी सुम्पिने सोच थियो, सबै जलेर नस्ट भयो ।’
‘चाइना, कम्बोडिया, भारत, भेतनाम लगाएत, प्रधानमन्त्री, मन्त्री, राष्ट्रपतिहरूले दिएका एकदम अमूल्य सामानहरु यो तिनवोटा दराजमा थिए, अगाडिको खरानीको थुप्रो देखाउँदै दैनिक नेपालद्वारा सार्वजनिक भिडियोमा उनले भनेकी छन्, ‘अनि यहाँ पनि अर्को दराज थियो ।’ उनले देखाउन खोजेको दराजको अस्तित्व खरानीमा परिणत भइसकैको थियो ।

“मुलत सबैभन्दा अमुल्य खालका सामानहरू अनि सबै नेपलीले दिएका मायाका चिनोहरू नस्ट भए ।’ डढेको दराजको खापा देखाउँदै उनले भनिन्, ‘तलको चाही विदेसको हे । यो फाँटमा चाही बुद्धका मुर्तिहरु १०० देखि २०० वटा थिए ।’ आफूले अति जतन गरेर राखेको बताउँदै उनले भनिन्, ‘यति मेरो पसिना र श्रम, परेको छ नि भनिसाध्य छैन।हरेक पल्ट म बालुवाटारबाट आएर सफा गरेर राख्थेँ.. उ उनीहरुले देखेका छन्’ भन्दै भावबिभोर भइन् । दिनभरि मिलाएर सफा सुग्घर गरेर राख्ने गरेको राधिकाले बताइन्।
उनले हरेक हप्ता बालुवाटारबाट आएर सफा गर्नुको कारण स्पष्ट पार्दै भनिन्, ‘पहिला पहिला घर ब्यबस्थापन गर्न ६ महिना लाग्थ्यो । त्यही भएर पछिल्लो कार्यकालमा घर सफा गर्न हरेक हप्ता बालुवाटारबाट बालकोट आउँथे । राधिकाको यो मलिन शब्दहरुले के सोचे मैले के भयो एले भन्ने उखान चरितार्थ गरिदिएको छ ।
‘केही छैन घर बनाउँला फेरी तर इतिहास त फेरी बनाउन सकिदैन।’ दैनिक नेपालको पेजमा सार्वजनिक डढेको पुस्तक तथा अमूल्य निधिहरूको मूल्य तोक्न नसकिने बताउँदै शाक्यले भनिन्, ‘मूल्य कति हो कति तर मुख्य गरी इतिहास जलाए । इतिहास पडेको भए त अलिकति बुद्धि पनि आउथियो होला !’
फुटेका सिसाहरुमा टेक्दै भाँचिएको मनलाई जोडेर साहस जुटाइरहेकी देखिन्थिन उनी । हुन पनि जीवनको अन्तिम घडिमा सबै चिज सकुसल् बुझाएर जाने उनको इच्छामा एकाएक तुसारापात परेको छ ।
यसबाट बहुमुल्य बस्तु जगेर्ना गर्नुपर्छ अनि युवा पुस्तालाई हस्तान्तरण गर्ने उनको सोच कति फराकिलो रहेछ भन्ने कुरा राधिकाको यही भनाइबाट बुझ्न सकिन्छ । तर जेनजीको आन्देलनको नाममा अन्य नेताहरूके घर जलाउने समूहले बाहलवाला प्रधानमन्त्रीको घर के छाड्थ्यो ? प्रधानमन्त्रीको निवास बालुवाटार, कार्यालय सिंहदरवार मात्र होइन बालकोटमा रहेको निजी घर पनि जलाए । अन्य कतिपय नेताको घरमा रूपैयाँको राशी र महँगा रक्सीका बोतलहरू भेटिएको खबरहरू सार्वजनिक भइरहँदा बालकोटमा पुस्तक र उपहारहरू मात्र डढेर नष्ट भएको भेटिएका थिए ।
आफैँ पनि लेखन विधामा पोख्त राधिका शाक्य जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट नष्ट भएका आफ्ना इतिहासका मूल्यवान बस्तुहरु सम्झेर मुर्छित हुनु स्वाभाबिक देखिन्थ्यो । तर जीवन बुझ्दै गरेका देशका दर्जनौ होनहार युवाहरूको रगतको अगाडि यो भौतिक सम्पतिको नाशले खासै अर्थ राखेन । किनकि इतिहास पटक, पटक लेखन मिल्छ तर गोली खाएका कलिला युवाको सग्लो शरीर कदापि फर्किन सक्दैन । भिडिओ श्रोत: दैनिक नेपाल ।