Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • क्यान्सरबाट पीडित वेवारिसे महिलालाई सहयोगकाे अपिल
क्यान्सरबाट पीडित वेवारिसे महिलालाई सहयोगकाे अपिल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, साउन २४, २०७८

–प्रज्ज्वल घिमिरे

ललितपुर । सन २०१० मा स्थापना भइ नेपालको दुर्गमदेखि सुगम ठाउँसम्मका सयजना भन्दा बढी वेवारिसे अवस्थामा फोहोरको डङ्गुरमा खानेकुरा खोज्दै गरेका ढलमा सुतिरहेका बाटोमै प्रसव वेदनाका कारण छटपटाइरहेका मनोरोगीहरु पुरुष बच्चा र महिला सबैलाई सफलतापूर्वक पुनस्र्थापना गरिसकेको नेपाल स्नेहीकाखले भर्खरै एउटा अर्को समाजमा सबैका लागि उदाहरणीय र अनुकरणीय कार्य गरेको छ। 

शरीरको संवेदनशील अङ्गबाट रगत निरन्तर बगिरहेको कुनै एउटा महिलालाई वेवारिसे अवस्थामा तपाई हामीले देख्यौं भने हाम्रो मन सिरिङ्ग त होला तर हामीसँग तिनको उद्धारको लागि कुनै ठोस कार्य गर्ने हिम्मत हुँदैन तर वेवारिसे अवस्थामा रहेका मानिसहरुको उद्धार गरेर तिनको विग्रिएको स्वास्थ्य अवस्थालाई सुधारेर तिनलाई पुनर्जीवन दिन ठूलो योगदान दिँदै आएको नेपाल स्नेहीकाखले भर्खरै दुई वटा बच्चाकी आमा काभे्र भकुण्डेबेशी घर भएकी ४२ वर्षिय गीतादेवी श्रेष्ठलाई अनाथ आश्रममा आफ्नो बच्चाहरुलाई छोडेर रगत बगाउँदै सडकमा लडिरहेको अवस्थामा फेला पारि उद्धार गरेर नयाँ जीवन दिने प्रयास गरिरहेको छ। 

कसैको पनि जीवनमा दुःख कष्ट र पीडा नहोस् सबैलाई गास, वास, कपास र रोग लाग्दा औषधि उपचारको व्यवस्था होस् भन्ने पवित्र उद्देश्य वोकेको नेपाल स्नेहीकाखसँग आवद्ध सामाजिक अभियन्ताहरुले उक्त महिलालाई देख्ने वित्तिकै उद्धार गर्नेअठोटकासाथ ल्याएर भक्तपुर क्यान्सर अस्पतालमा पुर्याएका छन्। 

चिकित्सकहरुले उक्त महिलाको पेटभित्र बच्चा मरेर कुहिएको र उनको पाठेघर विग्रिएर किड्नी पनि ड्यामेज भइसकेको र क्यान्सर अन्तिम अवस्थामा पुगेको जानकारी दिँदा आफूहरु स्तब्ध भएको बताउँने नेपाल स्नेहीकाखकी संस्थापक अध्यक्ष श्रीनेहा पोख्रेलले हाल ती महिलालाई बचाउन (ओ पोजेटिभ प्याप्सल) रगत चाहिएको र कसैले उपलब्ध गराउन सके ति महिलाको ज्यान बचाउन सकिने बताउँदै प्राय सबैमा १२ प्वाइन्ट हुनुपर्ने हेमोग्लोविन तिनमा जम्मा ४ प्वाइन्ट मात्र रहेको पनि उनी बताउँछिन्। 

हाल नेपाल स्नेहीकाखले आफ्नै खर्चमा उपचार गरिरहेको तर औषधिहरु धेरै महँगो र रेडियशन पनि लगाउँन पर्ने भएकोले उपचार एकदमै खर्चिलो हुँदै गएको कुनैबेला संस्थालाई अप्ठ्यारो पर्दा आफ्नो गरगहना र मोबाइल समेत बेचेर सामाजिक सेवामा तल्लिन रहेकी श्रीनेहा पोख्रेल सबै नेपालीहरुलाई र नेपाल सरकारलाई पनि क्यान्सर रोगबाट पीडित वेवारिसे महिला गीतादेवी श्रेष्ठको ज्यान बचाउँनको लागि नेपाल स्नेहीकाख कुशुन्ती हाइट-१३, ललितपुरमा आएर अथवा कार्यालयको फोन नं. ०१५१९३३८० मा सम्पर्क गरेर अथवा आफ्नो कार्यालयको सचिव केशव प्रसाद रिजालको मोवाइल नं. ९८६००१२०८५ मा सम्पर्क गरी आर्थिक सहयोग गर्न आह्वान गर्छिन् । यदि कसैले सिधै आफूसँग सम्पर्क गर्न चाहेमा मोबाइल नं. ९८०३२०९७२१ मा पनि सम्पर्क गर्न सकिने उनी बताउँछिन्।

साथमा उनी सास रहुञ्जेल आश हुने भएकोले क्यान्सर रोगबाट पीडित महिला गीतादेवी श्रेष्ठको राम्रोसँग उपचार गर्नका लागि उनमा बाँच्ने उर्जा प्राप्त होस् भनेर उनको छोरीहरुलाई उनीसामु ल्याउनका लागि प्रयास पनि भइरहेको दुःख कष्टमा परि मृत्युसँग लडिरहेकाहरुकी जीवनदाता र मानवताको पर्यायकी रुपमा परिचित श्रीनेहा पोख्रेल बताउँछिन्। 

आफ्नो संघर्षको कथा टुङ्ग्याउँदै अन्तिममा उनी पुनः सबैलाई गीतादेवी श्रेष्ठको ज्यान बचाउँन आर्थिक सहयोगका लागि आह्वान गर्दै मानवताको बाटोमा हिँड्दा जति संघर्ष गर्नु परेपनि आफू कहिल्यै नथाक्ने, सन्तुष्ट र हर्षित हुने भएपनि बेलाबेलामा आर्थिक कारणले मानवीय उद्धारका लागि चाहेको काम गर्न नपाउँदा ज्यादै पिरोल्लिने बताउँछिन्।  


 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  ०८:२२
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्