Top Navigation
Main Navigation
शनिबार, भदौ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • क्यान्सरबाट पीडित वेवारिसे महिलालाई सहयोगकाे अपिल
क्यान्सरबाट पीडित वेवारिसे महिलालाई सहयोगकाे अपिल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, साउन २४, २०७८

–प्रज्ज्वल घिमिरे

ललितपुर । सन २०१० मा स्थापना भइ नेपालको दुर्गमदेखि सुगम ठाउँसम्मका सयजना भन्दा बढी वेवारिसे अवस्थामा फोहोरको डङ्गुरमा खानेकुरा खोज्दै गरेका ढलमा सुतिरहेका बाटोमै प्रसव वेदनाका कारण छटपटाइरहेका मनोरोगीहरु पुरुष बच्चा र महिला सबैलाई सफलतापूर्वक पुनस्र्थापना गरिसकेको नेपाल स्नेहीकाखले भर्खरै एउटा अर्को समाजमा सबैका लागि उदाहरणीय र अनुकरणीय कार्य गरेको छ। 

शरीरको संवेदनशील अङ्गबाट रगत निरन्तर बगिरहेको कुनै एउटा महिलालाई वेवारिसे अवस्थामा तपाई हामीले देख्यौं भने हाम्रो मन सिरिङ्ग त होला तर हामीसँग तिनको उद्धारको लागि कुनै ठोस कार्य गर्ने हिम्मत हुँदैन तर वेवारिसे अवस्थामा रहेका मानिसहरुको उद्धार गरेर तिनको विग्रिएको स्वास्थ्य अवस्थालाई सुधारेर तिनलाई पुनर्जीवन दिन ठूलो योगदान दिँदै आएको नेपाल स्नेहीकाखले भर्खरै दुई वटा बच्चाकी आमा काभे्र भकुण्डेबेशी घर भएकी ४२ वर्षिय गीतादेवी श्रेष्ठलाई अनाथ आश्रममा आफ्नो बच्चाहरुलाई छोडेर रगत बगाउँदै सडकमा लडिरहेको अवस्थामा फेला पारि उद्धार गरेर नयाँ जीवन दिने प्रयास गरिरहेको छ। 

कसैको पनि जीवनमा दुःख कष्ट र पीडा नहोस् सबैलाई गास, वास, कपास र रोग लाग्दा औषधि उपचारको व्यवस्था होस् भन्ने पवित्र उद्देश्य वोकेको नेपाल स्नेहीकाखसँग आवद्ध सामाजिक अभियन्ताहरुले उक्त महिलालाई देख्ने वित्तिकै उद्धार गर्नेअठोटकासाथ ल्याएर भक्तपुर क्यान्सर अस्पतालमा पुर्याएका छन्। 

Nepal Oil Corporation

चिकित्सकहरुले उक्त महिलाको पेटभित्र बच्चा मरेर कुहिएको र उनको पाठेघर विग्रिएर किड्नी पनि ड्यामेज भइसकेको र क्यान्सर अन्तिम अवस्थामा पुगेको जानकारी दिँदा आफूहरु स्तब्ध भएको बताउँने नेपाल स्नेहीकाखकी संस्थापक अध्यक्ष श्रीनेहा पोख्रेलले हाल ती महिलालाई बचाउन (ओ पोजेटिभ प्याप्सल) रगत चाहिएको र कसैले उपलब्ध गराउन सके ति महिलाको ज्यान बचाउन सकिने बताउँदै प्राय सबैमा १२ प्वाइन्ट हुनुपर्ने हेमोग्लोविन तिनमा जम्मा ४ प्वाइन्ट मात्र रहेको पनि उनी बताउँछिन्। 

हाल नेपाल स्नेहीकाखले आफ्नै खर्चमा उपचार गरिरहेको तर औषधिहरु धेरै महँगो र रेडियशन पनि लगाउँन पर्ने भएकोले उपचार एकदमै खर्चिलो हुँदै गएको कुनैबेला संस्थालाई अप्ठ्यारो पर्दा आफ्नो गरगहना र मोबाइल समेत बेचेर सामाजिक सेवामा तल्लिन रहेकी श्रीनेहा पोख्रेल सबै नेपालीहरुलाई र नेपाल सरकारलाई पनि क्यान्सर रोगबाट पीडित वेवारिसे महिला गीतादेवी श्रेष्ठको ज्यान बचाउँनको लागि नेपाल स्नेहीकाख कुशुन्ती हाइट-१३, ललितपुरमा आएर अथवा कार्यालयको फोन नं. ०१५१९३३८० मा सम्पर्क गरेर अथवा आफ्नो कार्यालयको सचिव केशव प्रसाद रिजालको मोवाइल नं. ९८६००१२०८५ मा सम्पर्क गरी आर्थिक सहयोग गर्न आह्वान गर्छिन् । यदि कसैले सिधै आफूसँग सम्पर्क गर्न चाहेमा मोबाइल नं. ९८०३२०९७२१ मा पनि सम्पर्क गर्न सकिने उनी बताउँछिन्।

साथमा उनी सास रहुञ्जेल आश हुने भएकोले क्यान्सर रोगबाट पीडित महिला गीतादेवी श्रेष्ठको राम्रोसँग उपचार गर्नका लागि उनमा बाँच्ने उर्जा प्राप्त होस् भनेर उनको छोरीहरुलाई उनीसामु ल्याउनका लागि प्रयास पनि भइरहेको दुःख कष्टमा परि मृत्युसँग लडिरहेकाहरुकी जीवनदाता र मानवताको पर्यायकी रुपमा परिचित श्रीनेहा पोख्रेल बताउँछिन्। 

आफ्नो संघर्षको कथा टुङ्ग्याउँदै अन्तिममा उनी पुनः सबैलाई गीतादेवी श्रेष्ठको ज्यान बचाउँन आर्थिक सहयोगका लागि आह्वान गर्दै मानवताको बाटोमा हिँड्दा जति संघर्ष गर्नु परेपनि आफू कहिल्यै नथाक्ने, सन्तुष्ट र हर्षित हुने भएपनि बेलाबेलामा आर्थिक कारणले मानवीय उद्धारका लागि चाहेको काम गर्न नपाउँदा ज्यादै पिरोल्लिने बताउँछिन्।  


 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  ०८:२२
प्रतिक्रिया दिनुहोस्
थप समाज
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार बुधबार, भदौ १८, २०८२
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण शनिबार, भदौ ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना शनिबार, साउन ३२, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला मंगलबार, साउन २८, २०८२
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट शनिबार, साउन २५, २०८२
जनैपूर्णिमा जात्राकाे दृष्य
जनैपूर्णिमा जात्राकाे दृष्य शनिबार, साउन २५, २०८२
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै शनिबार, साउन २५, २०८२
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग शुक्रबार, साउन २४, २०८२
एमसीसी पास गर्नेमा कांग्रेस र एमाले मुख्य जिम्मेवार : प्रचण्ड
एमसीसी पास गर्नेमा कांग्रेस र एमाले मुख्य जिम्मेवार : प्रचण्ड बुधबार, साउन २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
  • नंः २ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः ३ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्