Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भारत नैनीतालमा भारी बोकेर चलेकाे जीन्दगी  
भारत नैनीतालमा भारी बोकेर चलेकाे जीन्दगी  
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, साउन २४, २०७८

कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैनीतालमा भारी बोक्दै गर्दा भेटिए। शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैनीताल तल्लीताल भन्ने स्थानतर्फ जाँदै गरेका उनले भारी बोकेरै दैनिक ५०० भारुसम्म कमाउने गरेको बताए। “हामी कालीकोटका मात्रै भारी बोक्ने यहाँ ५०/६० जना नेपाली छौँ”, उनले भने, “शुरुवातमा भारी बोक्न गाह्रो हुन्थ्यो, अहिले त बानी परिसक्यो।”

उनी अन्य नेपालीसँगै तल्लीतालमा डेरा गरी बस्छन् । आफू १३ वर्षको उमेर हुँदा मजदूरका लागि आएको सुनाउँदै उनले यहाँको कडा परिश्रमले नै परिवारको खर्च चलिरहेको बताए। “कुनै दिन त सामान बोक्न नपाए त्यसै पनि बस्नुपर्ने हुन्छ”, उनले भने, “एक क्विन्टलसम्मको भारी बोकेर डाँडाकाडासम्म पुगेको छु।” नैनीताल शहर उत्तराखण्डको नैनीताल जिल्लाको सदरमुकाम पनि हो। भारत तथा नेपालीको पर्यटकीय रोजाइमा पर्ने सो  क्षेत्र गर्मीका मौसममा पर्यटकले भरिभराउ हुन्छ।

पर्यटकीय सवारीसाधन आवागमनमा सहजता भए पनि त्यहाँ ठूला मालवाहक सवारी चल्न रोक लगाइएको छ। चारैतिर पहाड र बीचमा आकृर्षक ताल रहेको यहाँ नेपाली प्रायः भरिया काम गर्दै आएका छन्। “कोरोनाको दोस्रो लहरका बेला पनि घर नगई यति बिताए”, उनले भने, “ अरु बेला घर आउने जाने भइरहन्छ।” साठी वर्षीय वुद्ध बुढा त समाचारका प्रतिनिधि पात्र मात्रै हुन। उहाँ जस्तै वृद्ध तथा नेपाली युवा पनि नैनीताल र आसपासका क्षेत्रमा वर्षौंदेखि भरियाका रुपमा मजदूरी गरेर जिविका चलाइरहेका छन्।

त्यसैगरी कैलालीको लम्कीका ४५ वर्षीय लक्ष्मण जोशीले पनि भरिया काम गर्न थालेको १८ वर्ष भयो। “कोरोना कहरमा घर गएको थिए”, तलाउ छेउमा सामान ढुवानीमा भेटिएका उनले भने, “महिनाभरमा रु २० देखि २५ हजार भारुसम्म कमाइ हुन्छ।”

उनले कोरोनाले सुनसान बनेको नैनीताल क्षेत्र केही दिनयता सामान्य बन्दै जाँदा पर्यटकको आवागमन बढेको जानकारी दिए। नैनीताल, खुर्पाताल, भीमताल लगायत यहाँका क्षेत्रमाम करिब चार/पाँच सय नेपाली कार्यरत छन्। “महामारीका बेला धेरै नेपाली बेरोजगार बसे”, उनले भने, “कोरोनाको डरले घर गएका धेरै त फर्किएका छैनन्।” उनले दुई छोराको पढाई खर्च र परिवारको अन्य खर्च भारी बोकेको कमाइले चलिरहेको बताए। 

“नेपालमा रोजगारी भए त यहाँ भारी बोक्नु किन आउनु”, उनले भने, “यहाँ चिसो मौसम भएकाले मजदूरी गर्न ठिकै हुन्छ।” त्यसैगरी कालीकोटका कालीकोटका धनबहादुर रावत पनि अढाइ दशकदेखि नैनीताल क्षेत्रमा मजदूरी गरेर परिवारको पालनपोषण गरिरहेका छन्। “नेपालमा रोजगार भए कहाँ किनु आउथ्यौँ र हजुर”, उनले भने, “यहाँ भारी बोक्ने अधिकांश नेपाली नै हुन्।”

नैनीताल क्षेत्रमा सिमेन्ट, छडलगायत विकास निर्माण सामग्री, ग्यास, अन्य घरायसी सामान ढुवानी गरेरबापत दूरीका हिसाब र तौलका हिसाबले रकम मिल्ने गरेको छ। “ताल छेउ वरपरमाथि करिब एक किलोमिटरसम्म पनि घर छन्”, रावतले भने, “नेपालीले भारी बोकेरै यहाँका मालिकका ठूलाठूला घर बनेका हुन्।” कोरोनाको पहिलो र दोस्रो चरणमा पाँच महिना नेपाली मजदूर कामविहीन बनेका थिए।

त्यसैगरी कालीकोटका प्रेम सार्कीले आर्थिक अवस्था कमजोर हुँदा आफू यहाँ आएर भारी बोक्न बाध्य रहेको पीडा पोखे। “यहाँ आएर भारी बोक्न थालेको पनि १६ वर्ष भयो”, उनले भने, “परिवार छाडेर यहाँ भारी बोक्नु बाध्यता हो।”

नैनीतालमा भरियाका साथै सडक निर्माण, होटलमा कामदारका रुपमा पनि नेपाली कार्यरत छन्। उनले मुलुकमा जस्तोसुकै व्यवस्था आए पनि आफूहरु घर छाडेर मजदूरीका लागि पलायन हुनु नियति नै बनेको दुखेसो पोखे। “जोसुकै सरकारमा आउन, जस्तो व्यवस्था आए पनि यहाँ भारी नबोकी हाम्रो त गुजारा नै हुँदैन”, उनले भने, “स्वदेशमा रोजगारी भए युवा पिँढी बाहिरिनु पर्दैन।”

प्रशान्त होटलमा विगत २३ वर्षदेखि काम गर्दै आएका बझाङ तल्कोटका प्रेम विष्ट नेपाली नैनीताल क्षेत्रमा लामो समयदेखि मजदूरी काम गर्दै आएको बताए। “घर नगएको ८ वर्ष भयो”, उनले भने, “परिवार र छोराछोरी पनि यतै साहुजीले राम्रो व्यवस्था गरेर राखिदिएको छ।”  उनले आफू १४ वर्षका उमेरमा यहाँ आएको सुनाए। 

“घरको अवस्था त्यस्तै थियो, मजदूरी खोज्दै यही होटलमा पुगे”, उनले भने,“शुरुदेखि यो होटलभन्दा अन्त काम गर्न गएको छैन।” उनले नैनीताल पर्यटकीयसँगै शैक्षिक हिसाबले पनि हब नै भएको बताए। 

“हुनेखाने सम्पन्न नेपालीका छोराछोरी यहाँ अध्ययनका लागि आउछन्”, उनले भने, “गरिबीको रेखामुनि रहेका भारी बोक्न।” उनले शैक्षिक दृष्टिकोणले नेपालीको रोजाइमा पनि नैनीताल पर्दै आएको बताए। 

सुदूरपश्चिम र कर्णालीका क्षेत्रमा अधिकांश नागरिकको रोजगारीको प्रमुख गन्तव्य सदियौँदेखि भारतका विभिन्न क्षेत्र रहँदै आएको छ। कोरोनाको तेस्रो लहर आउनसक्ने चर्चा चलिरहँदा पश्चिमीका गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक २ हजारको हाराहारीमा नेपाली रोजगारीका लागि भारत गइरहेका छन्। 
 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १८:५७
प्रतिक्रिया दिनुहोस्
थप समाज
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
  • नंः २ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः ३ स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
  • नंः ४ बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
  • नंः ५ यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्