Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • प्रधानसेनापति थापाद्वारा कृषि विज्ञान संस्थानको उद्घाटन
प्रधानसेनापति थापाद्वारा कृषि विज्ञान संस्थानको उद्घाटन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, साउन २६, २०७८

बेँसीशहर,लमजुङ्। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले बेँसीशहर नगरपालिका-२ बगाले गाउँमा निर्माण भएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गरेको छ । 

प्रधानसेनापति थापाले नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषद्वारा निर्माण गरिएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गर्दै उनले आधुनिक र वैज्ञानिक कृषि विस्तार गरी देशको अर्थतन्त्रमा योगदान दिन कृषि विज्ञान संस्थानको स्थापना गरिएको बताएको हो ।  

प्रधानसेनापति थापाले अवकाशपछि नेपाली सेनालाई कृषि तथा पशुपालनमा दक्ष बनाएर गाउँघरमै परिवारसँग बसेर स्वरोजगार बन्न कृषि विज्ञान संस्थानले सीप सिकाएर पठाउने बताएका हुन्। 

त्रिभुवन विश्व विद्यालयको मापदण्डअनुसार विएस्सी एजी सञ्चालन गरिने र त्यसमा सैनिकका छोराछोरी तथा सर्वसाधरण नागरिकका छोराछोरीले पनि पढ्ने अवसर पाउने भएकाले आधुनिक नेपाल निर्माण गर्ने जनशक्ति उत्पादन हुने बताउदै प्रधानसेनापति थापालेले कृषिमा लमजुङलाई ‘हव’ बनाउन कलेजले महत्वपूर्ण भूमिका निभाउने बताए। 

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा क्षेत्रमा लगानीअनुसार प्रतिफल प्राप्त नभइरहेका बेला नेपाली सेना कृषि विज्ञान संस्थानबाट उत्पादन हुने जनशक्तिले कृषिको व्यावसायिकीकरण र आधुनिकीकरणमा महत्वपूर्ण योगदान दिने बताएका थिए ।  

कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीतिमा खाद्य सुरक्षा उल्लेख भएकाले कृषि तथा पशुपालनमा दक्ष जनशक्ति उत्पादन भई त्यसबाट प्राप्त हुने सीपले नेपाली सेना अवकाशपछि विदेशमा गएर दुःख गर्नुपर्ने अवस्था नआउने बताएका थिए। 

अहिलेसम्म नेपाली सेनाका सक्कल दर्जा र हितधिकारी गरी १२० ले प्रि–डिप्लोमा, प्लान्ट साइन्स र एनिमल साइन्सको तालीम लिइरहेका छन् भने आगामी शैक्षिकशत्रदेखि विएस्सी एजीको अध्ययन हुने सहायक प्रिन्सिपल विनोद घिमिरेले जानकारी दिएका थिए। 

बेँसीशहर नगरपालिकका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, श्रीजङ्ग गणका गणपति जयराम थापा, प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीलगायत उपस्थिति रहेको थियो। 

उक्त कोषबाट भ्याट बाहेक १३ करोड लगानीमा उक्त संस्थानको संरचना निर्माण भएको छ। करिब ४०० रोपनी क्षेत्रफल रहेको नेपाली सेना कृषि विज्ञान संस्थानको जग्गामध्ये २० प्रतिशतमा भौतिक पूर्वाधार, ५० प्रतिशतमा कृषि र ३० प्रतिशत क्षेत्रफलमा पशुपालन हुने भएको छ। 

नेपाली सेना कृषि विज्ञान संस्थानमा हाल यहाँ बङ्गुर, गाइ, कुखुरा, बाख्रापालन गरिएको छ भने कागती, कफी, चियापती, तरकारी खेतीलगायत कार्यक्रम अघि बढाइएको छ।

नेपाली सेनाले यसरी तालिम केन्द्र हुँदै विएस्सी एजीसम्मको अध्ययन हुने नेपाली सेना कृषि विज्ञान संस्थान सञ्चालन गरेको नेपालकै पहिलो हो।  

विसं २०७५ वैशाखदेखि भौतिक पूर्वाधार निर्माण शुरु भएको थियो । प्रशासनिक भवन, १४ जना अट्ने शिक्षक क्वाटर, ल्याब, लाइबेरी, छात्राका लागि होस्टेललगायत संरचना निर्माण सम्पन्न भएको छ । निर्माणको जिम्मा वुद्ध कन्ट्रक्सन कम्पनी प्रालि काठमाडौं लिएका थिए।   
 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  ०८:४९
##PurnaChandraThapa ##COAS
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्