Top Navigation
Main Navigation
मंगलबार, पुस १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, पुस १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • शेयर कारोबार नेप्सेमा उछाल
शेयर कारोबार नेप्सेमा उछाल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, साउन २६, २०७८

काठमाडौ । आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ। लगातार उकालो लाग्दै आएको नेप्सेमा उछाल देखिएको हो। 

विकास बैंक, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयरका लगानीकर्ताको तीव्र आकर्षण देखिँदा नेप्सेसमेत नयाँ उचाइमा पुगेको हो।

नेपाल स्टक एक्सेचञ्जका अनुसार आज ५१.८६ बिन्दुले बढेर ३ हजार १६१.४४ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ बिन्दुले बढेर ५८७.९५ मा पुगेको कूल २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ मूल्यमा खरिद बिक्री भयो। मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब १८ करोड तीन लाख २० हजार बराबर पुगेको छ।

कारोबार भएका १३ उपसमूहमध्ये ३ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ। व्यापार ६७.२८, होटल तथा पर्यटन ८.७८ र जलविद्युत् ३.०१ बिन्दुले घटेको छ भने बैंकिङ ३९.०४, विकास बैंक ४०६.४४, वित्त १९०.६४, निर्जीवन बीमा १४२.३३, उत्पादन ४४.५४, अन्य ६.८३, लघुवित्त ७३.४४, जीवन बीमा २११ं.७२, सामूहिक लगानीकोष ०.०७ र लगानी २.१५ अङ्कले बढेको छ।

कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८९ करोड ५८ लाख ९३ हजार ५३६ बराबरको कारोबार भएकाे छ भने अरुण भ्याली हाइड्रोपावर कम्पनी ५३ करोड सात लाख ७८ हजार ५४५, अपि पावर कम्पनी ५१ करोड ९२ लाख ६८ हजार ६१७, ज्योति विकास बैंक ४८ करोड ८४ लाख ३८ हजार ४१७ र अरुण काबेली पावर ४१ करोड ५२ लाख ८५ हजार ५७७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ।

नेप्सेका अनुसार आजको कारोबारमा विभिन्न १३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। बेस्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुह्यश्वरी मर्चेन्ट बैंक, आइसिएफसी फाइनान्स, प्रोगेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक, जीवन विकास लघुवित्त, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र युनियन लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ।

साञ्जेन जलविद्युत् कम्पनी ५.१६, सिनर्जी पावर ४.७१, खानीखोला हाइड्रोपावर ४.२५, पञ्चकन्या माई ४.११ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ४.०२ प्रतिशतले गुमाएका छन्। 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १८:५८
##NEPSE
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी आइतबार, मंसिर २९, २०८२
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै बुधबार, मंसिर २५, २०८२
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न शनिबार, मंसिर २१, २०८२
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान मंगलबार, मंसिर १७, २०८२
सजिलो नेट र एभरेष्ट इञ्जिनियरिङ कलेजबिच सम्झौता
सजिलो नेट र एभरेष्ट इञ्जिनियरिङ कलेजबिच सम्झौता बिहीबार, मंसिर ५, २०८२
हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल
हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल सोमबार, मंसिर २, २०८२
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य मंगलबार, कात्तिक २६, २०८२
नेपाल टेलिकमले ल्यायो जेनजी विद्यार्थी अफर योजना
नेपाल टेलिकमले ल्यायो जेनजी विद्यार्थी अफर योजना आइतबार, कात्तिक २४, २०८२
नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर
नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर सोमबार, कात्तिक १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ?
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्