Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • असह्य चोट र वेदनाले भरिएको मेरो विगत...
असह्य चोट र वेदनाले भरिएको मेरो विगत...
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन ३०, २०७८

–पूनम निरौला

मानिसले यस धर्तिमा जन्म लिएपछि उसले प्राप्त गरेको आमाको माया ममता, बुवाको स्नेह आर्शिवाद, समाजको मार्ग निर्देशन र गुरुवर्गको शैक्षिक ज्ञानबाट नै प्रत्येक मानिसको भविष्यको मार्गचित्र कोरिएको हुन्छ। जसको परिणाम मानिसले प्राप्त गरेको ज्ञान, सीप, बृद्धि र विवेकका आधारमा आफ्नो घर परिवार, समाज र राष्ट्रका निम्ति योगदान गर्न सक्दछ।

यी र यस्तै सेरोफेरोभित्र धेरै आरोह, अबरोध पार गर्दै समाजको एउटा पात्रको रुपमा स्थापित हुन आईपुग्दा आफ्ना केही अनुभव र अनुभूतिलाई यस लेखनका माध्यमबाट स्पष्ट पार्ने जमर्को गरेकी छु।

आजभन्दा पाँच दशकअधि भारतको वनारसमा मेरो जन्मभएको हो। जागिरे मातापिताका सामिप्यतामा रही वालापनको हुर्काइ संभव थिएन मलाई। त्यसर्थ हजुरआमाको माया–ममता र काखमा खेल्दै पूर्वी नेपालको झापा जिल्ला शान्तिनगरमा मेरो वाल्यकाल बित्यो। सोही स्थानको विद्यालयमा मैले प्रारम्भिक एवं माध्यमिक शिक्षा पूरा गरेँ। 

हजुरआमाको अथाह माया–प्रेम, आर्शिवाद र व्यवहारका कारण आज अरु सामु यसरी उच्चशीर गर्न सिकाएको छ मलाई। वाल्यकालको पछिल्लो दिनहरुको अझपनि याद आउँछ ! मलाई बाटामा हिडेका बहुलाहालाई समेत घरमा बोलाएर खुवाउन अग्रसर हुने उसवखतमा पनि मानिस मानिस बीचको भेदभाव जातथरको परवाह नगर्ने केवल कर्मलाई प्राथमिकतामा राखी सिङ्गो समाजलाई एउटै देख्ने मेरी हजुरआमाको प्रेरणादायी भूमिका आज मेरो कार्यथलोको प्रत्येक पाइलामा सहयोग र साथी भएको अनुभूति छ मलाई। 

अतःवाल्यकालमा जे–जे सिके त्यही सत्मार्गमा आजका दिनको कार्यमा सधैं प्रेरणाको श्रोत भएको अनुभूति भइरहेको छ। १४ वर्षको कलिलो उमेरमा आफ्नो बुवालाई गुमाउनु परेको अवस्थामा मैले घरमा बुवा पछिको परिवारको मूल सदस्यकै हैसियतमा चल्नुपर्ने अवस्था आइलाग्यो। बुवा नहुदाको पिडा कायम नै रहँदा अकस्मात र अकल्पनिय किसिमले परिवारको तारा एवं भगवानको अवतार धारण गरेको भाइलाई समेत हामीले गुमाउनु पर्याे । 

यस्तो असह्य चोट र वेदनाले भरिएको मेरो विगतका दिनहरु मेरो सामू आए। सो पछि मेरो मन मस्तिष्कमा संसारमा जन्म मरणका यावत विषय कुनै मनुष्यको बसमा नभई दैवी–शक्तिको रुपमा मात्रै निर्भर रहेछ भन्ने बोध भयो। यस्तै–यस्तै पारिवारिक समस्या आइरहेकै बेला माइतीघरको समस्यासंग समाधान खोज्दै आफ्नो घर–व्यवहार र व्यवस्थापन चलाउने उद्देश्यकासाथ मैले कलेजको शिक्षा लिदाँ लिदैको अवस्थामा ललितपुरमा प्रवेश गरे। अन्य किसिमका समस्यासंग लडाई गर्दै दुई जना बालबच्चा हुर्काई समाजमा केही योगदान गर्न सक्ने किसिमको शिक्षा दिलाउन मेरो परिवार सफल भयौ।

यसरी जीवनका आरोह–अबरोह पार गर्दा आफ्नो खुशीलाई त्याग गरी अरुको सेवाभावमा आफूलाई लगाउन मन बढ्दै गयो। अभावका साथ यस क्षेत्रका जनताको अपार माया ममता र विश्वासकासाथ ललितपुर महानगरपालिका वडा नंबर ५ को वडा सदस्यमा विजय हासिल गरी दिनरात जनसेवाकै काममा समय विताएको पनि चार वर्ष वितिसकेको छ। 

यस अवधिमा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको सबल नेतृत्वमा हामी वडा सदस्यहरुले वडावासीको हक, हित र अधिकारका कार्यमा अहोरात्र कार्य गर्दै आएका छौ। विकास निर्माणका कार्यमा हामीले कुनै कसर वाँकी राखेका छैनौं । यसैमा वडा सदस्यको हैसियतले म गर्व गर्दछु । यसको सही मूल्यांकन स्थानियवाट भइरहेको छ। जुन गौरवताको प्रतिकका रुपमा मैले लिएकी छु।  

मानिस आफ्नो लागि त बाँचेकै हुन्छ। अरुको दुःखमा दुःखी बन्ने र ति मानिसमा सुःखको अनुभूति दिलाउनमा लाग्न मन बढ्छ मलाई। हरेक मानिसमा सकारात्मक सोचको विकास गरी समाज परिवर्तन गर्न सकियोस् भन्ने भावनाले अघि बढ्ने चाहना मनमा सधै आउँदछ। 

कस्तुरीले आफ्नो वासना थाहा नपाउंदा भौतारिएर हिंडे जस्तो हामीभित्र रहेको खुशी र खुशी बाहिर निकाली समाजको उन्नतीमा लगाउन सकियोस् भन्ने मूल सोचका साथ म अगाडि बढ्रिहेकी छु। यसमा मलाई हाल भइरहेको साथ र सहयोग मेरा सबै शुभचिन्तकहरुमा हार्दिक नमन गर्दै आगामी दिनहरुमा सधै यस्तै यस्तै सद्भावनाको आशा भरोशा राखेकी छु। धन्यवाद!

(लेखक ललितपुर महानगरपालिका वडा नंबर ५ की लोकप्रिय वडा सदस्य हुनुहुन्छ।) 

नामी साप्ताहिकबाट साभार
 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  ०७:५६
##PunamNiroula
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्