Top Navigation
  • Contact
Main Navigation
सोमबार, भदौ १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • प्लाष्टिक र बोराले छाएको झुप्रोमा जङ्गली च्याउ र बाँसको तामाले भाेक मेट्दै
प्लाष्टिक र बोराले छाएको झुप्रोमा जङ्गली च्याउ र बाँसको तामाले भाेक मेट्दै
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन ३२, २०७८

शीतगङ्गा नगरपालिका-६ दाङगसिङगको पाखापानीका ४२ वर्षीय टीकाबहादुर बादीको परिवार फाटेको प्लाष्टिक र बोराले छाएको सानो झुप्रोमा बस्छ । वर्षाको समयमा सबै घर चुहिएर न बस्न मिल्छ न सुत्न नै मिल्छ। 

पाखापानीमा फाटेको त्रिपाल र बोराले छाएको घरमा बसेका टीकाबहादुरको परिवारमा बस्न मात्र होइन, खानका लागि पनि अन्न छैन। उनले सुनाए, “पहिले पहिले गाउँमा डुलेर गाउँलेले दिएको अन्न र पैसाले परिवार पालेका थिए, अहिले कोरोनाले गाउँ डुल्न पनि दैदैनन्, घरमा खाने अन्न छैन, कति दिन त जङ्गलको च्याउ र बाँसको तामा खाएर छाक टारेका छौं।” 

श्रीमती गुमाएका टीकाबहादुरका ५ छोराछोरी छन् । उनी आफै अपाङ्गता भएका व्यक्ति हुन्। एक हात र एक खुट्टाका औला गाँसिएका छन्। उनले कसैकामा मेलापात गएर पनि काम गर्न सक्दैनन्। “साना बालबालिका पाल्न पनि गारो छ, घर यस्तै छ”, गहभरी आँशु झार्दै उनले भने, “परिवार कसरी पाल्ने रु गाउँभर डुल्थे गाउँलेले दया गरेर कसैले अन्न र कसैले पैसो दिन्थे, त्यही पैसा र अन्न घरमा लगेर छोराछोरी पालेको थिएँ, अहिले कोरोनाका कराण गाउँ हिँड्न पनि भएन, गाउँमा हिँड्न हुँदैन् रोग सर्छ भन्छन्, अहिले खाने खर्चै छैन, खाने खर्च नहुँदा जङ्गलमा गएर च्याउ खोजेर ल्याएर कहिले च्याउ मात्र खान्छौं, कहिले बाँसका तामा काटेर जेनतेन छाक टारेका छौं।” 

उनी सामान्य खालको घर, त्यो पनि पानी बलेनी नै नपर्ने छानो नै नभएको घरमा दिन बिताउन बाध्य भएको छ। उनले भने, “मनभरी पीडा छ, मनमा सन्तोष छैन्, नत बस्ने घर नै छ, न खाने गाँस छ, हाम्रो पीडा कसले कहिले बुझिदिने, हाम्रो पीडा सुन्ने कोही छैन, पटकपटक घर बनाउने टिन दिने भनेर आश्वासन दिए पनि हामीलाई अहिलेसम्म दिएनन्, गाउँमा सरकारी टिन लिएर लगाएको हामीले नै देखिरहेका छौ।” 

कोभिड र गरिबीका नाममा थुप्रै राहातका प्याकेज र कार्यक्रम आए तर पनि यो परिवारलाई कसैले देखेको छैन्। कसैले राहात दिएको छैन्। उनीहरुको पीडा जस्ताको तस्तै छ। दाङगसिङगको पाखापानीकै २८ वर्षीय बोमु बादी शारीरिक हिसाबले पनि अपाङ्गता भएका व्यक्ति हुन्। उनी घरमै बसिबसी मादल बनाएर परिवारको गुजरा चलाउँदै आएको थियो। अहिले उनी निकै पीडमा छन्। उनले भने, “हाम्रो त घर भन्ने भएन, बरु ठूलो रुखमुनी गएर बसे सुरक्षित हुन्छौं जस्तो लाग्न थाल्यो, घाम पानीसँग त लडेकै छौ, भोकसँग पनि लड्न परेको छ, धेरै दिनभयो खाना पूरा पेट खाने स्थिति छैन।” 

जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणसम्मको प्रक्रिया अगाडि बढाइ खातासम्म खोलेको तर अन्तिममा आएर काम हुन नसकेको शीतगङ्गा-६ का वडाध्यक्ष ऋषि रेश्मीले बताए।। रेश्मीले भने, “निकै पीडादायक स्थिति छ, हामी गम्भीर छौ, राहत दिने गरी यस वर्ष सिफारिस गरेर काम अन्तिममा पुग्दा पनि पैसा दिन सकिएन, कर्मचारीले ढिला भो काम गर्न सकिएन, हामी निकै विवश छौ, यो वर्ष जसरी पनि काम समयमै गर्ने योजनामा छौं।”

योजना तथा कार्यक्रमको प्रक्रिया नै ढिलो गर्दा काम गर्न नसकिएको नगरपालिका प्रमुख प्रशासकीय प्रेमबहादुर केसीले बताए। उनले भने, “असार मसान्तको अन्तिम दिनसम्म उहाँहरु खाता खोल्ने काम गर्दै हुनुहुन्थ्यो, सरकारले काम नगर्दा अहिले काम हुन सकेन, अन्तिममा कामको पनि चाप भयो।”

धेरै पटक समस्या राख्दा पनि वडा र नगरपालिकाले व्यवस्था गरेको जनताको समस्याप्रति जिम्मेवार नभएको सोही वडाका सञ्चारकर्मी विक्रम आचार्यले बताए। उनले भने, “बादी समुदायका केही बस्तीको अवस्था हेर्दा निकै पीडादायी नै छ, कति पटक भन्नु जनताको काम गर्नलाई कसले रोकेको हो, पहुँचका आधारमा मात्र काम गर्ने आवाज विहीनहरुको आवाज कहिले सुन्ने?”

शीतगङ्गा-६ दाङसिङ पाखापानीमा बसोबास गर्दै आएका बादी समुदायले परम्परागत रुपमा मादल बनाएर तथा मर्मत गरेर त्यसबाट आउने आर्थिक आम्दानीले जीविकोपार्जन गर्दै आएका थिए। पछिल्लो समय कोभिड-१९ को महामारीका कारण स्थानीय रुपमा तिजको नाचगान तथा दिपावलीमा नाचिने देउसी भैली सञ्चालन नहुँदा उनीहरु अन्य पेशा व्यवसाय अगाल्न बाध्य छन्।

पहिले साउन सङ्क्रान्तिदेखि निरन्तर माघसम्म विभिन्न पर्वमा काम गर्ने गरेको बोमु बादीले बताए।  उनले भने, “पहिले मादल बनाएर सिजनमा १ लाखदेखि एक लाख ५० हजार आम्दानी हुन्थ्यो। परिवार पाल्न सजिलो थियो, तर आजभोलि मादल बिक्री नै छैन, मर्मतका लागि पनि कोही आउँदैनन्।”

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ?
  • नंः २ स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
  • नंः ३ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु
  • नंः ४ सत्ताको बहुमत, सदनमा अल्पमत
  • नंः ५ बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्