Top Navigation
  • Contact
Main Navigation
सोमबार, भदौ १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • चन्द्रागिरिमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीको अर्को सिर्जना
चन्द्रागिरिमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीको अर्को सिर्जना
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, भदौ ४, २०७८

इच्छुमतिको किनार, घुमेर भिराडील
घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल
कतै इतिहास, कतै परम्परा गौरव र पौरख
यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर
शोकमग्न शिवजी भौतारिएका थिए
यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले
चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए
यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर
सुन्दर काठमाडौँलाई नियालेका थिए
देवकोटाले मानवताको बिगुल फुगेका थिए...
यही ठाउँमा अहिले फालिएको भिरलाई
गन्तव्य बनाएका छन् पौरखीहरुले।

चन्द्रागिरि हिल्समा पुगेपछि तीन वर्षअघि ‘सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ’ भन्ने सन्देशको रचना सिर्जना गरेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोही स्थानमा पुगेर राष्ट्रिय एकता र समृद्धिका लागि आत्मबल बढाउने अर्को सिर्जना गरेको छ।

राजनीतिक विवाद र व्यस्तताका बीच पूर्वप्रधानमन्त्री ओलीले आज जेसुम अभियानले चन्द्रागिरि नगरपालिका–१५ को सहयोगमा चन्द्रागिरि हिल्समा आयोजना गरेको ‘भिराडील-चन्द्रागिरि जेसुम उत्सव’ कार्यक्रमस्थलमै सो रचना गरी आफ्नो मन्तव्यको पालामा सुनाएको हो । 

तत्कालीन प्रधानमन्त्री ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०७५ असार ३१ मा चन्द्रागिरिमै आयोजना गरेको ‘हिमवत्खण्ड कला साहित्य महोत्सवका अवसरमा पनि यही स्थानमा कविता रचना गरेको थियो। 

परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र!
बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदै छ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लहलह खेत, बारी, झपक्क कान्ला र आलि
सपनामा भए पनि देख्न पाउँ
चन्द्रगिरिको डाँडामा आएर सपनामा
भावी सन्तती मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ।

स्थलगतरुपमा रचना गरिएका अन्य स्रष्टाका रचना र स्थानीय कला, संस्कृति तथा समृद्धिबारे मन्तव्य सुनेपछि ओलीले आफ्नो पालोमा कविता सुनाउँदा सहभागीले तालीले सम्मान व्यक्त गरेका थिए। 

श्रीमती राधिका शाक्य, प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठसहित उपस्थित ओलीले विकासको सङ्कल्प प्रतिविम्बन गर्दै आधुनिकता टल्काउँदै भिरलाई गन्तव्यमा परिणत गर्न आह्वान गरे। 

आफूले रचना गरेको सिर्जना कवितै नभए पनि मुक्तकभन्दा उन्मुक्त रचना भएको र गोपालप्रसाद रिमालको गद्यमार्गमा हिँडेको व्याख्या पनि उनले गरेका छन्।  

अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले आफूले अरूका रचना सुनेपछि समृद्ध नेपालका लागि आत्मविश्वास बढेको बताउँदैै समाज निसासिएका बेला आफूले सामाजिक र राजनीतिक अभियान सुरु गर्दा सुरुङको पछिल्लो छेउमा पक्कै उज्यालो हुनुपर्छ भन्ने आशाका साथ लागेको र अहिले यस अभियानमा धेरै अभियानकर्मी भइसकेको सुनाएका थिए।  

अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले नेपालीका आकाङ्क्षाको प्रतिविम्बनका पुनःजागरण शुरु भएकाले कुनै राजनीतिक हेरफेर वा विवादले यस यात्रालाई केही पछाडि धकेल्न खोजे पनि कसैले रोक्न नसक्ने जिकिर गरे।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा. जीवेन्द्रदेव गिरी, प्राज्ञ लक्ष्मी माली, प्राज्ञ शशी लुमुम्बु, वासुदेव अधिकारी, फूलमान बल, स्नेह सायमी, सुरेश हाँचेकाली, अनिता लामा, राजु महत, प्रशान्त डङ्गोलले कविता वाचन गरेको थियो भने नाट्यकर्मी राजन खतिवडा र सरस्वती चौधरीले नाटक प्रस्तुत गरेका थिए।  

चन्द्रागिरिमा पुग्दा चन्द्रागिरी हिल्सका प्रबन्धसञ्चालक हेमराज ढकाल तथा महाप्रबन्धक अभिषेकविक्रम शाहलगायतले अध्यक्ष ओलीलाई स्वागत गरेको थियो।

अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले आजै सो वडाको तीनथानामा निर्माणाधीन भिराडील खाइके साकुरा पार्कको अवलोकन गरी वडाध्यक्ष शैक्षिक विकास कोषमा १ लाख सहयोगको घोषणा गरेका थिए।

कार्यक्रममा चन्द्रागिरी नगरिपालिका-१५ का अध्यक्ष उत्तमबहादुर राउतले समृद्धिको नमुनाका रुपमा वडालाई विकसित गर्न पूर्वाधारका साथै कला, संस्कृतिका क्षेत्रमा काम गर्दै आएको बताएका थिए। 

स्थानीय कला, संस्कृति र सभ्यताको प्रतिविम्बनका रुपमा सञ्चालित जेसुम अभियानले राष्ट्रिय पहिचानमा आधारित जनताको बहुदलीय जनवाद तथा प्रगतिशील राष्ट्रिय संस्कृति निर्माणका लागि विभिन्न स्थानमा साहित्यिक अभियान गर्दै आएको छ। 

एक अभियानकर्मी फूलमान बलले आफूहरु नेपालकै ज्ञान परम्परा, विश्वास पद्धति र विश्व दृष्टिकोणको आधारमा वस्तु, पदार्थ या परिस्थितिको व्याख्या गर्न अग्रसर रहेको जनाएका थिए। 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १९:४३
##KPSharmaOli
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ?
  • नंः २ स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
  • नंः ३ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु
  • नंः ४ सत्ताको बहुमत, सदनमा अल्पमत
  • नंः ५ बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्