Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सात स्वर्ण र अन्तर्राष्ट्रिय रजत पदक दिलाउँने खेलाडी शिवानीको गम्भिर दुखेसो
सात स्वर्ण र अन्तर्राष्ट्रिय रजत पदक दिलाउँने खेलाडी शिवानीको गम्भिर दुखेसो
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ ६, २०७८

काठमाडौ । कुस्ती खेलमा एउटा परिचित खेलाडीको नाम हो ‘शिवानी दुबे’। खेलकूदमा निरन्तरको मेहनतसँगै राष्ट्रियस्तरको कुस्ती खेलमा सात स्वर्ण र अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकका लागि रजत पदक दिलाएकी कुस्ती खेलाडी शिवानी यतिबेला नागरिकता पाउन मुस्किल भइरहेको दुखेसो पोख्छन्।

शिवानीका बाबु भारतीय नागरिक हुन् भने आमा नेपाली। विसं २०५६ सालमा डडेल्धुराकी राधिका रोकासित विवाह गरेपछि शिवानीका बुवा राजु दुबे नेपालमै बस्दै आएको छ। डडेल्धुराको तुफानडाँडाबाट विवाह गरेका राजु पनि कुस्तीका राष्ट्रिय खेलाडी हुन्। 

केही समयपछि नर्वेमा हुने कुस्ती च्याम्पियनसीपका लागि खेलाडी छनोटको तयारी हुँदा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेकी शिवानी निराश हुँँदै फर्किएको छ। 

कञ्चनपुरको भीमदत्त नगरपालिका-३ खैरेनी बस्दै आएका दुबे परिवार महेन्द्रनगरमा मजदुरी गरेर जीविका चलाउँदै आएका छन्। “खेलाडी राष्ट्रका गहना हुन, देशको शिर उचो बनाउने काम खेलाडीबाट पनि हुन्छ”, शिवानीका बाबु राजुले भने, “अन्तर्राष्ट्रियस्तरमा समेत छोरीले देशका लागि पदक दिलाउँदा पनि नागरिकताका लागि यस्तो दुखः भयो।” आमा राधिकाको नागरिकताका आधारमा आफूले पनि नागरिकता पाउनुपर्ने शिवानीको भनाइ छ। 

कुस्तीकी कम उमेर समूहकी खेलाडी शिवानी पन्ध्र वर्षको उमेरदेखि राष्ट्रिय प्रतियोगितामा पदक जित्दै आएको छ। १३औंँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का ५३ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी शिवानी फाइनलमा भारतीय खेलाडी पिङ्की सेरावतसित पराजित भएको थियो। 

“अहिलेसम्म कुनै पनि प्रतियोगिताबाट पदकविहीन फर्किनु परेको छैन”, शिवानीले भने, “ओलम्पिकसम्म पुग्ने मेरो सपना हो।” उनले आफूले आमाको नामबाट पनि नागरिकता पाउने प्रबन्ध रहेको सुनेको बताए। बाबु राजुले शिवानीको नागरिकता लागि राष्ट्रिय खेलकूद परिषद्बाट पनि पहल भइरहेको जानकारी दिए। 

“डडेल्धुरा जिल्ला प्रशासनले आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयन भइनसकेको भनेर फर्काइदियो”, उनले भने, “अहिले कुस्ती सङ्घ र राखेपले पनि पहल गरिरहेकाले आशा पलाएको छ।” राजुका दुई छोरी र एक छोरा छन्। शिवानी जेठी छोरी हुन्। 

यसअघि पनि क्रिकेटका राष्ट्रिय खेलाडीले नागरिकता पाएको सुनेकाले शिवानीले पनि पाउनुपर्ने उनको भनाइ छ। आफू विगत २२ वर्षदेखि नेपालमै बस्दै आएको जनाउँदै राजुले आफूसँग भारतीय कुनै पनि कागजात नरहेको बताए।  
    
कुस्तीका प्रशिक्षक राजेन्द्रबहादुर चन्दले महिला कुस्तीमा राष्ट्रियस्तरमै कञ्चनपुर अब्बल रहेको बताए। “महिला खेलाडी भनेकै अहिले कुस्तीमा हाम्रै खेलाडी हाबी छन्”, उनले भने, “शिवानी लगनशील र अब्बल खेलाडी हुन्।” प्रशिक्षक चन्दले कानूनी प्रक्रिया अनुसार शिवानीले नागरिकता पाउनुपर्ने बताए। 

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १९:४७
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्