तिमी संगको अथाह प्यार-२
अनन्त सम्झनाको लहर
रूम नं १९४
थाके कहिले-२, हुन्न भनेउ थाक्नु
रिसाए कुहिले, भनेँउ हुन्न रिसाउनु
कल्पायौ कति कति
खपायौ कहर कति कति
सिकायौ सिकाउनु
धन्य छु रूम नं १९४
हराए कति मस्त निन्द्रा-२
जन्मिए कति सुनाखरी सपना
सम्झना छ रूम नं १९४
बित्यो समय, फेरिए क्यालेण्डरका पानाहरू-२
तर तिमीसँग बितेका ती क्षणहरू
बने जीवनभर नफेरिने स्मृती
सलाम छ रूम नं १९४ २
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३ २१:५२