Top Navigation
Main Navigation
सोमबार, पुस ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, पुस ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • अनिच्छित गर्भाधारणको चर्को समस्या : स्वास्थ्यकर्मी खड्का
अनिच्छित गर्भाधारणको चर्को समस्या : स्वास्थ्यकर्मी खड्का
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, भदौ १४, २०७८

काठमाडौं। विश्वलाई आक्रान्त पार्दै आएको कोरोना महामारीको असर शहर तथा गाउँले दुवै जीवनमा त्यतिकै असर पारेको छ। कोरोनाको कारण वितेको डेढ बर्षमा अझ ग्रामीण तराईका महिलाहरुलाई अझ धेरै असर पारेको देखिएको छ।  

कोरोना महामारीका कारण महिलाहरु परिवार नियोजनका साधनमा पहुँच नपुगेको र अनिच्छित गर्भधारणा बढेको यथार्थता सर्लाही हरिऔनमा कार्यरत काठमाडौंकी स्वास्थ्यकर्मी निर्मला खड्काको रिपोर्ट रहेको छ। 

स्वास्थ्यकर्मी खड्काका अनुसार, नेपालका तराईका जिल्लाहरुमा कोरोनाको महामारीका कारण विशेष महिलाहरु मारमा परेका छन्। परिवार नियोजनका साधनमा पहुँच पुग्न नसक्नुमा कोरोना महामारीको नाममा सरकारी स्वास्थ्य चौकी, हेल्थपोष्ट, अस्पतालहरुमा सहज प्रवेश नपाउनाले समस्या बढे्ेको छ। जसका कारण खुश्बु देवी गुप्ता जस्ता धेरै महिलाहरु नचाहेर पनि गर्भवती बन्नु परिरहेको छ। 

दुई सन्तानकी आमा गुप्ता जस्ता धेरै महिलाहरु अर्को सन्तानको चाहना नभएतापनि परिवार नियोजनका साधन प्रयोग गर्न नपाउनु र ती साधन सहज रुपमा उपलव्ध नहुनु तथा परिवार नियोजन गर्नका लागि अस्पताल तथा हेल्थपोष्टमा सहज रुपमा प्रवेश नपाउनु लगायतका विविध समस्याले अनिच्छित गर्भाधारणको समस्यामा बृद्धि भइरहेको छ। प्रजनन् स्वास्थ्य संवन्धी उचित जानकारी उनीहरुले पाउन नसक्दा अनाहकमा अनिच्छित गर्भाधारणको मारमा परिहेको निक्र्यौल स्वास्थ्यकर्मी निर्मला खड्काको रहेको छ। 

खड्काका अनुसार परिवार नियोजनका विषयमा तराईका जिल्लाहरुमा पुरुषहरुको बेवास्ता जस्तो नै देखिएको छ। महिलालाई सन्तान जन्माउने मेशिनका रुपमा मात्र सोच्ने पुरातन सोच अझैभएको कारण महिलाहरु सन्तान जन्माउने मेशिनका रुपमा प्रयोग भइरहेको कारण सरकारको यसतर्फ ध्यान जानु आवश्यक छ। 

निर्मला खड्का जस्ता कैयन स्वास्थ्यकर्मीहरु विभिन्न संघ–संस्थाका माध्यमवाट परामर्शदाताको रुपमा पुगिरहँदा पनि कोरोनाको महामारीका कारण उनीहरु समक्ष पुग्न कठिन भइरहेको छ। विशेषत जनचेतना अभिबृद्धिको अभावका कारण पुरुषहरुमा परिवार नियोजनप्रति अनिच्छा भएको कारण महिलाहरु नै यसमा अग्रसर हुनुपर्ने यथार्थता रहेको छ। 

महिलाहरु आफू दुई सन्तानभन्दा बढीको आमा नबन्ने पक्षमा रहेको पाइएता पनि कोरोनाको कहरको वर्तमान अवस्थामा साधनको पहुँचता पर्याप्त रुपमा हुन नसक्दा जटिलता कायम भैरहेको खुलासा स्वास्थ्यकर्मी खड्काको ठहर रहेको छ।

त्यस्तै, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष यूएनएफपीएले कोरोनाभाइरस महामारीका कारण सम्भवतः महिलाहरूले परिवार नियोजनका साधनमा पहुँच नपाउने र अनिच्छित गर्भाधारण बढ्ने चेतावनी दिएको छ। 

यूएनएफपीएको एउटा प्रतिवेदनमा भनिएको छ, “मध्यम र न्यून आय भएका ११४ देशका ४ करोड ७० लाख महिलाहरूले आधुनिक परिवार नियोजनका साधनमा पहुँच नपाउन सक्छन्। यदि ६ महिनासम्म लकडाउन भयो भने ७० लाख महिलाहरू अनिच्छामै गर्भवती बन्नेछन् र स्वास्थ्य सेवामा ठूलो व्यवधान आउनेछ। हरेक तीन महिना लम्बिने लकडाउनले थप २० लाख महिलाहरू आधुनिक परिवार नियोजनका साधनबाट वञ्चित हुनेछन्।”

अनिच्छित गर्भाधारणसँगै नर्स, सुसारे र आकस्मिक सेवाको कमीका कारण अधिक मातृमृत्युदर हुन सक्ने डर रहेको यथार्थता पनि स्वास्थ्यकर्मी खड्काको भनाई रहेको छ। उनका अनुसार, कोरोनाको कहरको वर्तमान अवस्थामा परिवार नियोजनका अस्थायी साधनहरुको पर्याप्त मौज्दातको कमी पनि देखिएकाले पनि यसले थप समस्या ल्याएको छ। ढुवानी सेवा र उडानहरूमा आएको कमीका कारण अहिले परिवार नियोजनका साधन आपूर्तिमा कमी आएको छ।

सन् २०१७ मा गरिएको राष्ट्रिय सर्वेक्षणका अनुसार विवाहपूर्व यौन सम्बन्ध कायम गर्ने ४९ प्रतिशत महिलाहरूले कुनै पनि प्रकारको अस्थायी साधन प्रयोग नगर्ने गरेको देखाएको थियो। त्यस्तै आमा बन्न नचाहने १७ प्रतिशत महिलाहरूले पनि अस्थायी साधन प्रयोग नगर्ने गरेको बताएका थिए। यसले गर्दा पनि अनिच्छित गर्भाधारण समस्याकै रुपमा देखिएको थियो। यतिखेर भने, परिवार नियोजनका साधनमा पहुँच नपुग्दा त्यो समस्या देखिएको हो।

यो समस्यालाई समाधान गर्नका लागि पर्याप्त कोरोना विरुद्धको खोप दिने, कोरोनावाट बच्न र बचाउन सामाजिक सचेतना, सामाजिक दूरी, अनिवार्य मास्क प्रयोग गर्न लगाएर हेल्थपोष्ट तथा अस्पताल आउने वातावरण कायम गर्न आवश्यक छ। निःशुल्क परिवार नियोजनका साधन वितरण तथा अस्थायी एवम् स्थायी परिवार नियोजन गर्ने सुविधा सरकारले सवैतिर दिन आवश्यक भएको खड्काले आंैल्याएकी छन्।
 

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  २२:१३
प्रतिक्रिया दिनुहोस्
थप समाज
हाम्रो मौलिक परम्परा जोगाउनुपर्छ
हाम्रो मौलिक परम्परा जोगाउनुपर्छ सोमबार, पुस ७, २०८२
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ गायिका तथा निर्माता सत्यकला राई सम्मानित
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
  • नंः ४ मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
  • नंः ५ आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्