Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • अनिच्छित गर्भाधारणको चर्को समस्या : स्वास्थ्यकर्मी खड्का
अनिच्छित गर्भाधारणको चर्को समस्या : स्वास्थ्यकर्मी खड्का
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, भदौ १४, २०७८

काठमाडौं। विश्वलाई आक्रान्त पार्दै आएको कोरोना महामारीको असर शहर तथा गाउँले दुवै जीवनमा त्यतिकै असर पारेको छ। कोरोनाको कारण वितेको डेढ बर्षमा अझ ग्रामीण तराईका महिलाहरुलाई अझ धेरै असर पारेको देखिएको छ।  

कोरोना महामारीका कारण महिलाहरु परिवार नियोजनका साधनमा पहुँच नपुगेको र अनिच्छित गर्भधारणा बढेको यथार्थता सर्लाही हरिऔनमा कार्यरत काठमाडौंकी स्वास्थ्यकर्मी निर्मला खड्काको रिपोर्ट रहेको छ। 

स्वास्थ्यकर्मी खड्काका अनुसार, नेपालका तराईका जिल्लाहरुमा कोरोनाको महामारीका कारण विशेष महिलाहरु मारमा परेका छन्। परिवार नियोजनका साधनमा पहुँच पुग्न नसक्नुमा कोरोना महामारीको नाममा सरकारी स्वास्थ्य चौकी, हेल्थपोष्ट, अस्पतालहरुमा सहज प्रवेश नपाउनाले समस्या बढे्ेको छ। जसका कारण खुश्बु देवी गुप्ता जस्ता धेरै महिलाहरु नचाहेर पनि गर्भवती बन्नु परिरहेको छ। 

दुई सन्तानकी आमा गुप्ता जस्ता धेरै महिलाहरु अर्को सन्तानको चाहना नभएतापनि परिवार नियोजनका साधन प्रयोग गर्न नपाउनु र ती साधन सहज रुपमा उपलव्ध नहुनु तथा परिवार नियोजन गर्नका लागि अस्पताल तथा हेल्थपोष्टमा सहज रुपमा प्रवेश नपाउनु लगायतका विविध समस्याले अनिच्छित गर्भाधारणको समस्यामा बृद्धि भइरहेको छ। प्रजनन् स्वास्थ्य संवन्धी उचित जानकारी उनीहरुले पाउन नसक्दा अनाहकमा अनिच्छित गर्भाधारणको मारमा परिहेको निक्र्यौल स्वास्थ्यकर्मी निर्मला खड्काको रहेको छ। 

खड्काका अनुसार परिवार नियोजनका विषयमा तराईका जिल्लाहरुमा पुरुषहरुको बेवास्ता जस्तो नै देखिएको छ। महिलालाई सन्तान जन्माउने मेशिनका रुपमा मात्र सोच्ने पुरातन सोच अझैभएको कारण महिलाहरु सन्तान जन्माउने मेशिनका रुपमा प्रयोग भइरहेको कारण सरकारको यसतर्फ ध्यान जानु आवश्यक छ। 

निर्मला खड्का जस्ता कैयन स्वास्थ्यकर्मीहरु विभिन्न संघ–संस्थाका माध्यमवाट परामर्शदाताको रुपमा पुगिरहँदा पनि कोरोनाको महामारीका कारण उनीहरु समक्ष पुग्न कठिन भइरहेको छ। विशेषत जनचेतना अभिबृद्धिको अभावका कारण पुरुषहरुमा परिवार नियोजनप्रति अनिच्छा भएको कारण महिलाहरु नै यसमा अग्रसर हुनुपर्ने यथार्थता रहेको छ। 

महिलाहरु आफू दुई सन्तानभन्दा बढीको आमा नबन्ने पक्षमा रहेको पाइएता पनि कोरोनाको कहरको वर्तमान अवस्थामा साधनको पहुँचता पर्याप्त रुपमा हुन नसक्दा जटिलता कायम भैरहेको खुलासा स्वास्थ्यकर्मी खड्काको ठहर रहेको छ।

त्यस्तै, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष यूएनएफपीएले कोरोनाभाइरस महामारीका कारण सम्भवतः महिलाहरूले परिवार नियोजनका साधनमा पहुँच नपाउने र अनिच्छित गर्भाधारण बढ्ने चेतावनी दिएको छ। 

यूएनएफपीएको एउटा प्रतिवेदनमा भनिएको छ, “मध्यम र न्यून आय भएका ११४ देशका ४ करोड ७० लाख महिलाहरूले आधुनिक परिवार नियोजनका साधनमा पहुँच नपाउन सक्छन्। यदि ६ महिनासम्म लकडाउन भयो भने ७० लाख महिलाहरू अनिच्छामै गर्भवती बन्नेछन् र स्वास्थ्य सेवामा ठूलो व्यवधान आउनेछ। हरेक तीन महिना लम्बिने लकडाउनले थप २० लाख महिलाहरू आधुनिक परिवार नियोजनका साधनबाट वञ्चित हुनेछन्।”

अनिच्छित गर्भाधारणसँगै नर्स, सुसारे र आकस्मिक सेवाको कमीका कारण अधिक मातृमृत्युदर हुन सक्ने डर रहेको यथार्थता पनि स्वास्थ्यकर्मी खड्काको भनाई रहेको छ। उनका अनुसार, कोरोनाको कहरको वर्तमान अवस्थामा परिवार नियोजनका अस्थायी साधनहरुको पर्याप्त मौज्दातको कमी पनि देखिएकाले पनि यसले थप समस्या ल्याएको छ। ढुवानी सेवा र उडानहरूमा आएको कमीका कारण अहिले परिवार नियोजनका साधन आपूर्तिमा कमी आएको छ।

सन् २०१७ मा गरिएको राष्ट्रिय सर्वेक्षणका अनुसार विवाहपूर्व यौन सम्बन्ध कायम गर्ने ४९ प्रतिशत महिलाहरूले कुनै पनि प्रकारको अस्थायी साधन प्रयोग नगर्ने गरेको देखाएको थियो। त्यस्तै आमा बन्न नचाहने १७ प्रतिशत महिलाहरूले पनि अस्थायी साधन प्रयोग नगर्ने गरेको बताएका थिए। यसले गर्दा पनि अनिच्छित गर्भाधारण समस्याकै रुपमा देखिएको थियो। यतिखेर भने, परिवार नियोजनका साधनमा पहुँच नपुग्दा त्यो समस्या देखिएको हो।

यो समस्यालाई समाधान गर्नका लागि पर्याप्त कोरोना विरुद्धको खोप दिने, कोरोनावाट बच्न र बचाउन सामाजिक सचेतना, सामाजिक दूरी, अनिवार्य मास्क प्रयोग गर्न लगाएर हेल्थपोष्ट तथा अस्पताल आउने वातावरण कायम गर्न आवश्यक छ। निःशुल्क परिवार नियोजनका साधन वितरण तथा अस्थायी एवम् स्थायी परिवार नियोजन गर्ने सुविधा सरकारले सवैतिर दिन आवश्यक भएको खड्काले आंैल्याएकी छन्।
 

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  २२:१३
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्