Top Navigation
Main Navigation
बिहीबार, जेठ ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, जेठ ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कस्तो कस्तो अवस्थामा बढी चायाँ पोताे आउँछ ? वरिष्ठ चर्मरोग विशेषज्ञ प्रोफेसर डा. झा
कस्तो कस्तो अवस्थामा बढी चायाँ पोताे आउँछ ? वरिष्ठ चर्मरोग विशेषज्ञ प्रोफेसर डा. झा
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, भदौ २६, २०७८

काठमाडौं । सुन्दर बन्ने चाहना कसलाई हुँदैन र ? सुन्दरताको कुनै सिमा नै हुँदैन। सुन्दरताको महत्व आज मात्र होइन परापूर्वकाल देखि नै रहिआएको छ। आजको २१औं शताब्दीमा सुन्दरताको महत्व अझ बढेको छ। नारीको सौन्दर्य श्रृङगारले मात्र उजागर हुन सक्दैन। त्यसो त के नारी के पुरुष ,सुन्दर बन्ने चाहना सबैलाई हुन्छ। यसको लागि छाला स्वस्थ हुन आवश्यक छ। 

छाला एउटा संवेदनशिल अंग हो। पुरै शरीर स्वस्थ भएमा हामीमा आत्मविश्वास बढ्छ।  सही उपचार विधि अपनाएमा हाम्रो छालामा प्राकृतिक निखार आउनुको साथै छालाका विभिन्न समस्याहरुबाट मुक्ति पनि मिल्छ। छालालाई स्वस्थ, कमलो, सुन्दर बनाउन हामी सधै लागिपरिरहन्छौं। छाला भन्ने बित्तिकै अनुहार मात्र सोच्नु गलत हो। टाउको देखि खुट्टा सम्मको भागलाई बुझ्नु पर्छ। 

छालामा कस्ता खालका समस्याहरु आउँछन्, ती समस्याहरु के के हुन्? के ती समस्याको समाधान तथा न्यूनिकरण हुन सक्छ त ? यस विषयमा वरिष्ठ चर्म रोग विशेषज्ञ प्रोफेसर डाक्टर अनिल कुमार झासंग निशान बुढाथोकीले गरेको प्रस्तुत कुराकानी –  

खासमा छाला सम्बन्धि रोग भनेको के हो ?

छाला, कपाल र नङसंग सम्बन्धित जति रोगहरु हुन सक्छन्, ती सबै छालासंग सम्बन्धित रोगहरु हुन्। 

छाला सम्बन्धि कस्ता कस्ता किसिमका रोगहरु लिएर आउँछन् ?

छाला, कपाल र नङ समेत गरी करिब २ हजार छालाका रोगहरु छन्। तर भौगोलिक अवस्थाले गर्दा विभिन्न ठाउँमा विभिन्न थरीका रोगहरु हुन्छन्। त्यसमा पनि नेपालमा शहर र गाउँमा हुने रोगमा केही प्रकृति फरक हुन्छन्। त्यसो त राजधानीमा धेरै मानिसहरु बस्ने हुनाले यहाँ विभिन्न ठाउँका मानिसहरु आउने गर्दछन्। 

यहाँ बिरामीहरु ओपिडीमा हेर्ने केसहरुमा बिशेष गरी कमन केसमा डण्डीफोर, छालाका इन्फेक्सन, फङगल्स् इन्फेक्सन, दादहरु, त्यसै गरी भाइरलमा जनै खटिरा, जुठो खटिरा, एक्जिमा, सोयासिस जुन चाँहि मौसम अनुसार फरकफरक हुन्छ। 

महिलामा हुने चायाँ पोतो, कोठीहरु जस्ता रोगहरु छन्। यी रोगहरु सामान्य हुन्। तर आकस्मिक रोगहरु जुन २४ घण्टामा नै छाला सम्बन्धि रोग लागेर मानिसहरु बित्न सक्छन्। जस्तै औषधीको रियाक्सन भएर। छालामा पनि इमरजेन्सी हुन्छन्।

यस्ता समस्याहरु कसरी देखिन्छन्, के कारणले हुन सक्छ ?

छालाका रोगहरु मध्ये करिब ६० देखि ७० प्रतिशत रोगहरु वातावरणको कारणले हुने गर्दछ। किनभने छाला हाम्रो शरीरको बाहिरी भाग हो। वातावराणको हरेक किसिमको झेलिरहेको हुन्छ भित्री भाग बचाउनलाई। टाउको देखि खुट्टासम्म छाला हुन्छ। 

त्यसमा वातावरणले प्रभाव पारिरहेको हुन्छ। यसको प्रमुख कारण छालाको रोग हो। जस्तै :  दादहरु हामीलाई लाग्छ दाद त्यसै आउँछ। तर दाद त्यसै आउँदैन। त्यो भित्रबाट आउँदैन, त्यसको कारण हो, पसिना धेरै आएर गुम्सिएर हुने फङगल इन्फेक्सन हुन्छ। फोहोर ठाउँमा बस्दा हुने छालामा ब्याक्टेरियल इन्फेक्सन हुन्छ। अन्य कारण पनि हुन्छ। भित्री कारणले पनि विभिन्न किसिमका छालाका रोगहरु देखा पर्न सक्छन्। 

कुपोषणको कारणले कस्ता खालका रोगहरु देखा पर्न सक्छन्?

कुपोषणको कारणले पनि धेरै किसिमका रोगहरु देखा पर्ने गर्दछन्। सानै उमेरदेखि कुपोषणको शिकार भएका व्यक्तिमा नङ बाङगो हुने, कपाल फुल्ने, छालाको रंग फुस्रो हुने, सुख्खा माछाको कत्ला जस्तो देखिने यो कुपोषणको लक्षण हो। कसैलाई भिटामिन डि को कमी भएमा, कसैलाई भिटामिन इ को कमी होला, थाइराइड होला या हेमोग्लोविनको कमी भएमा विभिन्न समस्याहरु देखा पर्छन् ,छालामा नै असर देखिन्छ। कपालमा प्रोटिनको कमी भएमा कपाल फुल्ने समस्या हुन्छन्। यी सबै कुपोषणको कारणले हुने गर्दछ। 

अहिले धेरै मानिसहरुको लागि एउटा समस्याको रुपमा आएको छ अनुहारमा आउने चायाँ पोतो, के हो यो चायाँ पोतो, के कारणले आउँछ ?

छालाको सामान्य समस्या मध्ये चायाँ पोतो हो। यो विशेष बाहिरी र भित्री कारणले आउने गर्छ। के महिला के पुरुष दुवैमा आउने गर्छ। यो घामको प्रभावले आउने गर्छ। महिलामा विशेष गरी भित्री कारणमा थाइराइड, पाठेघरको समस्या भएमा, अस्थायी साधनको प्रयोग गर्ने महिलामा चायाँ पोतो देखा पर्छ। तर जुनसुकै कारण भए पनि घामको प्रभाव प्रमुख मान्न सकिन्छ। 

कति प्रकारका हुन्छन् अनुहारमा आउने चायाँपोतो?

छालामा रंग कोषिका हुन्छन्। प्रत्येक १५ दिनमा छालाको रंग परिवर्तन हुन्छ। कोषिका  प्रकारमा जाऊ हामी। कसैको छाला गोरो हुन्छ, कसैको हल्का गहुँ गोरो र कसैको कालो हुन्छ। जस्तै सर्पले काचुली फेरेको देखिन्छ, मान्छेले पनि काँचुली फेरेको हुन्छ, तर देखिदैन। छालाको सबैभन्दा माथिल्लो भागमा रंग बनाउने कोषिको मात्रा धेरै भयो भने चायाँ हुन्छ। कुनै महिलालाई हुने हार्मोनल परिवर्तनले पनि चायाँ आउने गर्छ। कसैलाई गर्भवती अवस्थामा आउने, कसैलाई चाँही ५० वर्षको उमेरमा आउने हुन्छ। महिलाहरुमा विशेष गरी महिनावारी रोकिनुभन्दा अगाडी, रोकिइसकेपछि र महिनावारी रोकिएको केही वर्ष पछि हार्मोन परिवर्तन हुन्छ। 

यसकारण पनि चायाँ पोतो आउन सक्छ। त्यसो त पाठेघरको समस्या भएमा अनि अस्थायी साधन प्रयोग गर्नाले पनि चायाँ पोतो आउछ। यसलाई न्यूनिकरण गर्नको लागि विशेष गरी घामबाट नै जोगिनु पर्छ। यसको अर्थ घाममा नजानु भनेको होइन। तर घामबाट बच्नु पर्छ। मोबाइल, ल्यापटप, कम्युटर, टेलिभिजनबाट आउने विकिरणले पनि धेरै असर गर्छ। बजारमा पाइने जुन पाए त्यही क्रिमहरु प्रयोग नगर्ने। चिकित्सकको सल्लाह लिनु आवश्यक छ। 

यसको निश्चित उमेर त नहुने रहेछ होइन ?

डण्डीफोर विशेष गरी टिनएजमा धेरै आउने गर्छ। डण्डीफोरको कारणमा भर पर्छ।  डण्डीफोरको चार कारण हुन्छन्। चिल्लो पदार्थ बढी उत्पादन भएर छालामा नली हुन्छ, जुन भित्रबाट कनेक्टेट हुन्छ। पिम्पलको पनि विभिन्न पार्ट हुन्छ, जसमा हामी ओपन पोर्टस्, ब्लाक हेट, व्वाइट हेटभन्छौं। यो जुनसुकै उमेरमा पनि आउन सक्छ। धूवाँ धूलोको कारण पनि आउन सक्छ। चायाँ जस्तै यसमा पनि हार्मोनको कारणले पनि आउँन सक्छ।

त्यसो त अहिलेको बिजी लाइफमा मानिसहरु अस्पताल जानुको सट्टा विभिन्न किसमका कस्मेटिक्सका सामान प्रयोग गर्नाले पनि डण्डीफोर आउँन सक्छ। अहिलेको कोरोनाकालमा माक्सले वाफ सोस्न सक्दैन। डण्डीफोर आउने खालको अनुहार छ भने, त्यसमा वाफिएर झन डण्डीफोर आउन सक्छ। यसलाई कोरोना पिम्पल भनेर नामाकरण गरिएको छ। पिम्पलको नयाँ कारण मध्ये अहिलेको कोरोना माक्स पनि एक हो। 

-नामी साप्ताहिकबाट साभार
 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १९:५१
##AnilKumarJha
प्रतिक्रिया दिनुहोस्
थप समाज
उदयपुरमा घरकाे आँगनमै बसेकी महिलामाथि मामाद्वारा खुकुरी प्रहार, अवस्था गम्भीर
उदयपुरमा घरकाे आँगनमै बसेकी महिलामाथि मामाद्वारा खुकुरी प्रहार, अवस्था गम्भीर बिहीबार, जेठ ७, २०८३
३७ वर्षको निष्ठा: एउटा अभिभावकीय रिक्तता 
३७ वर्षको निष्ठा: एउटा अभिभावकीय रिक्तता  आइतबार, जेठ ३, २०८३
वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण
वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण शुक्रबार, जेठ १, २०८३
सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..?
सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..? शनिबार, वैशाख २६, २०८३
दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन
दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन शनिबार, वैशाख २६, २०८३
मेघौलीको माया
मेघौलीको माया आइतबार, वैशाख २०, २०८३
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती आइतबार, वैशाख २०, २०८३
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय शनिबार, वैशाख १९, २०८३
रोल्पाको जलजलामा जीप दुर्घटना
रोल्पाको जलजलामा जीप दुर्घटना बिहीबार, वैशाख १७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
  • नंः २ ‘एक पटक बोलिदेउन बालेन सरकार’
  • नंः ३ वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण
  • नंः ४ आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुँदैन : हर्कराज साम्पाङ राई
  • नंः ५ ३७ वर्षको निष्ठा: एउटा अभिभावकीय रिक्तता 
विचार
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ NamiNews- नामीन्यूज
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ विदुर कटुवाल
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्