Top Navigation
Main Navigation
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • लाहुरेहरूले सम्हालेका आशालाग्दो गाउँपालिका
लाहुरेहरूले सम्हालेका आशालाग्दो गाउँपालिका
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ २७, २०७८
Api Himal

पन्ध्र वर्ष बेलायती गोर्खा सैनिकमा सेवा गरेका अन्नपूर्ण गाउँपालिका-८ का चामबहादुर पुनलाई नपुग्दो केही छैन। विश्वकै सुविधा सम्पन्न राष्ट्र मानिने लण्डन सहरमा परिवारसँगको बसाइँ छाडेर ६६ वर्षका चामबहादुरले पछिल्लो एक दशक आफ्नै जन्मथलोको विकासमा खर्चेको छ। 

उनको अगुवाइमा गाउँपालिकाको काफलडाँडामा समुदायस्तरबाट २ करोड ५० लाख सहयोग जुटाएर पुन समुदायको कूल देवता ‘करबाकेलि’को थान, पूजास्थल, सामुदायिक लज, पदमार्ग र सङ्ग्रहालय निर्माण गरिएको छ। 

“लाहुरे बनेर आफ्नो आर्थिक अवस्था सुधारे पनि गाउँमा गरिबी घटाउने र विकासको भोक मेटाउने चिन्ताले सताइरहन्थ्यो”, चामबहादुरले भने, “मैले समय मिलाए, परिवार र समाजको साथले करबाकेलीको कायापलट गर्न सम्भव भएको हो।” दशकअघिसम्म बाँझिएको डाँडाको पाखामा पूर्वाधार बनाएर त्यसैलाई केन्द्रित गरी ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरेपछि करबाकेली यहाँको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यस्थल बनेको छ। 

बेलायती गोर्खा सैनिकका सेवानिवृत्त मेजर ७८ वर्षीय चन्द्रबहादुरको परिचय यतिमै सीमित छैन्। सेवानिवृत समय र पेन्सनबापत पाउने सुविधाले जन्मथलोको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सघाएका चन्द्रबहादुरलाई अन्नपूर्ण–७ टिकोटका बासिन्दा समाजसेवीको रुपमा चिन्दछन्।  

Nepal Oil Corporation

“उनी (चन्द्रबहादुर)ले टिकोटको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि आर्थिक मात्र नभएर श्रम र समय दिएर हामीलाई प्रोत्साहन गरिरहनु भएको छ”, टिकोट माविका प्रअ ठगराज पुनले भने, “उहाँको योगदान टिकोटवासीका लागि अविश्मरणीय छ।” पन्ध्र वर्षको उमेरमा बेलायतको गोर्खा सैनिकमा भर्ती भएका उनले टिकोटको विकास र पोखरामा रहेका विभिन्न सङ्घ संस्थालाई करिब ७५ लाख नगद सहयोग गरेको छ।

विसं २०५३ मा माध्यमिक तहको कक्षा सञ्चालन गर्न टिकोट माविलाई २ लाख सहयोग गरेका चन्द्रबहादुरले नयाँ भवन निर्माणका लागि थप १८ लाख उपलब्ध गराएको छ।

महभीर टिकोट सडक निर्माणका लागि ३ लाख उपलब्ध गराएर पोखरामा आर्थिक सङ्कलन सुरु गरेका उनले अरुलाई प्रोत्साहनका साथै आर्थिक स्रोत जुटाउने अभियानको अगुवाइ गरे। टिकोटमा बाँस्केटबलको पक्की खेलमैदान निर्माण गर्न ५५ हजार सहयोग गरेका चन्द्रबहादुरले करिब एक महिना श्रमदान गरे। 

उहाका दाजुभाइ र परिवारले २१ लाखको अक्षयकोष बनाएर टिकोटमा सामुदायिक स्वास्थ्य किल्निक सञ्चालन गर्न २ जना कर्मचारीको तलब र औषधि खरिदमा सघाएको छ। वार्षिक १५ लाख पेन्सन पाउने चन्द्रबहादुर आफ्नो जन्मगाउँ टिकोटका साथै पोखराका सामाजिक सङ्घ संस्थालाई सामाजिक कामका लागि ७५ लाख सहयोग गरिसकेको बताउँछन। 

अन्नपूर्ण-५ स्वाँतका ७२ वर्षीय बागवीर पाइजा १७ वर्ष गोर्खा सैनीक र नौ वर्ष ब्रुनाइमा काम गरेर विसं २०५८ मा जन्मथलो फर्कंदा नेपालमा सशस्त्रद्वन्द्व उत्कर्षमा थियो। तत्कालीन स्थानीय निकायका जनप्रतिनिधिको पदावधि सकिएको थियो। 

धन, पैसा हुने सहरमा बसाइँसराइ गर्ने क्रम बढेको थियो। “सङ्कटकालमा गाउँमा बसेर ज्यान जोगाउनै मुस्किल भएको अवस्थामा मलाइ गाउँलेले एकपछि अर्को गर्दै जिम्मेवारी दिँदै गए”, पाइजाले भने, “सबै सहयात्री सहरबजार र युके बसे तर म गाउँको काम गर्न छाडिन्।”

जनप्रतिनिधि नभएको अवस्थामा उनले गाउँलेलाई अभिभावकत्व प्रदान गरेर शिखमा धेरै विकास गतिविधि भए। बागवीर अघि सरेपछि स्थानीय, पोखरा, काठमाडौँ, चितवनलगायत सहर, बेलायत, हङकङ, अमेरिकादेखि खाडी मुलुकमा रहेका शिखवासीले साथ दिन थाले। पोखरामा महायज्ञ आयोजना गरेर शिख माविमा कक्षा १२ को पठनपाठन सञ्चालन सुरु गरियो। 

पोखरेबगरदेखि घार शिख, चित्रे पुगेको कच्ची सडक निर्माणमा शिखका तर्फबाट बागवीरले नेतृत्व गरे। बाह्र वर्षसम्म शिख माविको व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेका पाइजाले विभिन्न दाताबाट सहयोग जुटाएर कम्प्युटर कक्षा सञ्चालन, इन्टरनेट जडान, छात्रावास सञ्चालन गराए।। 

विद्यालय चलाउन बयली र डाडखर्कमा सामुदायिक लज सञ्चालन भयो। ती स्थानलाई पर्यटकीय पदमार्गमा समावेश गरिएको छ। सामाजिक अभियानकर्मी महाविर पुनसँग सहकार्य गरेर भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा रहेका सामुदायिक लजमा विद्युत सुविधा पुर्याउन २ करोड ५० लाख जुटाएर ५० किलोवाट क्षमताको घोस्केखोर लघु जलविद्युत परियोजना निर्माण गरियो। 

पाँच वर्ष शिख स्वास्थ्य चौकीको व्यवस्थापन समितिको अध्यक्ष र स्थानीय तहको चुनाव नहुँदासम्म तत्कालिन शिख गाविसको राजनितिक संयन्त्रमा माओवादीका तर्फबाट प्रतिनिधित्व गरेका पाइजा एक वर्ष यता बेलायतमा छन्।  

अन्नपूर्ण-५ पाउद्वारका ७० वर्षीय राजु पुन बेलायती गोर्खा सैनिकबाट सेवा निवृत्त भएपछिको एक दशक यताको समय त्यहाँको धार्मिक पर्यटकीयस्थल खयरभारानीको पूर्वाधार विकास, प्रचार र तीर्थालुको सेवामा सर्मपित हुँदै आएको छ। 

बाइस वर्ष सेवा गरेपछि बेलायती गोर्खा सैनिकबाट सेवा निवृत्त भएका ७० वर्षीय लेफ्टीनेन्ट उनी विसं २०६८ देखि भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्ने ओझेलमा परेको खयर भारानी क्षेत्रको विकासमा सर्मपित भएको छ। 

राजुको नेतृत्वमा ‘खयर भारानी थान तथा क्षेत्र संरक्षण कोष’मार्फत दाताबाट करोडौं सहयोग जुटाएर पदमार्ग निर्माण÷सुधार, थान (मन्दिर) र धर्मशाला निर्माण गरिएको छ। म्याग्दीकै पर्यटकीयस्थल पुनहिलमा मेजर टेकबहादुर पुनको स्मृतिमा ‘भ्यु टावर’ बनाउने कामको नेतृत्व गरेका राजुको अगुवाइमा खयर क्षेत्रमा निर्माण गरिएका पूर्वाधारले पर्यटक र तीर्थयात्रीलाई सहज भएको छ। 

स्थानीयवासीले आफन्तको नाममा पाउद्वारदेखि खोपारा हुँदै ४ हजार ७०० मिटर उचाइमा रहेको खयर भारानी ताल जाने दश किलोमिटर भन्दा बढी दुरीको पदमार्ग र चौतारी बनाएका छन्। कोषले स्वदेश तथा विदेशमा सहयोग जुटाएर खोपारा र खयर क्षेत्रको पूर्वाधार विकासमा १ करोड ५० लाखको हाराहारीमा लगानी गरेको छ। 

युवा पलायनले रित्तिएका गाउँको नेतृत्व जीवनको उर्वरकाल विदेशी भूमिमा रगत र पसिना बगाएर फर्केका भारतीय ताथ बेलायती गोर्खा सैनिकका भूपुहरूले सम्हालेका छन्। राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक क्षेत्रमा भूपु सैनिकको नेतृत्व छ। बुढ्यौली लाग्दासम्म सामाजिक सेवामा क्रियाशील भुपु सैनिकहरुले गाउँको आर्थिक–सामाजिक व्यवस्थालाई चलायमान बनाएका छन्। 

गाउँमा भूपुहरूको सक्रियता आशालाग्दो भएको सो गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन बताउँछन्। “मगर बाहुल्य बसोबास रहेको म्याग्दीमा भारतीय, बेलायती सैनिक र सिङ्गापुर प्रहरीका धेरै परिवार रहेका छन्”, भारतीय सेनाका सेवानिवृत्त क्याप्टेन समेत रहेका उनले भने, “बसाइँ सराइ, विदेश पलायन, सुख–ऐश्वर्यको खोजी जस्ता कारणले सुनसान बन्दै गएको गाउँलाई भूपुहरूले प्राण भरेका छन्।” 

पहिलो जस्तो गाउँमै आएर गल्लाले खोजी खोजी भर्ना नगरे पनि म्याग्दीका सबैजसो गाउँका युवा भारतीय तथा बेलायती सेनामा कार्यरत छन्। प्रत्येक जसो बस्तीमा सेवा निवृत्त भएका भूपु सैनिक छन्। 

हबल्दार, सुवेदार, क्याप्टेनसम्मको पद हासिल गरेर फर्केका भूपु सैनिकले अहिले गाउँका सामाजिक सङ्घ संस्था हाँकेका, राजनीतिक दलको नेतृत्व गरेका र उपभोक्ता समितिमा रहेर काम गरेका छन्। समाजसेवामा रुची राख्ने, इमान्दार, सहयोगी, साक्षर, अनुशाशित र नीति नियमबारे जानकार भएकाले गाउँमा रहेका छन्। 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १४:५३
प्रतिक्रिया दिनुहोस्
थप समाज
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न मंगलबार, वैशाख २३, २०८२
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन शनिबार, वैशाख २०, २०८२
ललितपुरमा शुरु भयाे जात्रा
ललितपुरमा शुरु भयाे जात्रा शनिबार, वैशाख २०, २०८२
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर बुधबार, वैशाख १७, २०८२
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति सोमबार, वैशाख १५, २०८२
बस सञ्चालनपछि छायाे खुशीयाली
बस सञ्चालनपछि छायाे खुशीयाली बुधबार, वैशाख १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
  • नंः ५ प्रतिनिधि सभा बैठक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्