Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • चाँगुनारायण नगरपालिका विश्वकै १० उत्कृष्टमा
चाँगुनारायण नगरपालिका विश्वकै १० उत्कृष्टमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असोज ५, २०७८

काठमाडौ । संयुक्त राज्य अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कूल अफ इञ्जिनीयरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्दै उपाधि हासिल गरेको छ। 

अन्तर्राष्ट्रिय जगतमा नेपालको तर्फबाट यस प्रकारको उपाधि जित्ने चाँगुनारायण नगरपालिका पहिलो भएको नपाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिएको हो । 

ओपन सिटी इन्क्युबेटरमा सहभागी भएर यो उपाधि जित्ने चाँगुनारायण नगरपालिका नेपालकै पहिलो नगरपालिका भएको उनको भनाइ छ। नेपालको नगरपालिकाबाट सहभागिता जनाउने न्यौपाने यस कार्यक्रमको लागि पहिलो सहभागीसमेत हुन्।

नगरपालिकाको तथ्याङ्क व्यवस्थापन एवं खुला तथ्याङ्क प्रणालीकोे क्षेत्रमा संसारका उत्कृष्ट १० सहरको छनोटमा चाँगुनारायण नगरपालिका परेको र नगरपालिकाको तर्फबाट सूचना प्रविधि अधिकृत न्यौपाने सहभागिता जनाउने गरी छनोटमा परेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका हुन्। 

चाँगुनारायण नगरपालिकाले विकास गरेको नेपालकै पहिलो ओपन डाटा प्लेटफार्मको कारण यो उपाधि हासिल गरेको पनि उनले जानकारी दिए।  

चाँगुनारायण नगरपालिकासँगै अमेरिकाको सिटी अफ न्यूयोर्क, क्यानडाको सिटी अफ विन्निपेग, इजराइलको वियर सिभा, अमेरिकाको सिटी अफ अल्बिकियु, अमेरिकाको सिटी अफ स्यरक्यूस, रोमानियाको तिमिसोअरा, अर्जेन्टिनाको मिनडोजा सिटी, अमेरिकाको मिसोउरी, इक्वेटरको सिटी अफ ग्युएक्युल उत्कृष्ट १० मा पर्न सफल भएका छन्। 

ओपन सिटी इन्क्युबेटर कार्यक्रममा छनोट हुने सहरले आगामी ६ महिनासम्म संसारका विश्व प्रसिद्ध डाटाविज्ञबाट दिइने तालिममा समेत सहभागी भई आफ्ना डाटासम्बन्धी गतिविधि एवं कार्यक्रमलाई अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार तयार पार्नेछ। 

कार्यक्रममा छनोट भएका सहरको घोषणा सोमबार न्युयोर्कस्थित एक भर्चुअल कार्यक्रममार्फत गरिएको नगरपालिका सूचना प्रविधि अधिकृत न्यौपानेले जानकारी दिए।  

नेपालजस्तो विकासोन्मुख राष्ट्रको एउटा चाँगुनारायण नगरपालिकाले खुला तथ्याङ्क प्रविधिको क्षेत्रमा राखेको सोच एवं गतिविधिले यस क्षेत्रमा कार्य गर्ने सम्पूर्णमा उत्साहित बनाएको ओपन सिटी इन्क्युबेटरका कार्यक्रम सञ्चालक एन्ड्रिइन्नी स्हमोकरले बताएको उनले जानकारी दिए।  

सूचना प्रविधि अधिकृत न्यौपानेले भने, “माइक्रोसफ्ट, मास्टरकार्ड सिटी पोसिबल, लुमिइन्ट, एनवाइयु सियुएसपी, द पब्लिक सेक्टर नेटवर्कजस्ता विश्व विख्यात कम्पनीद्वारा सञ्चालित कार्यक्रम हो, यो।” 

ओपन सिटी इन्क्युबेटर विश्वभरका सहरबाट उत्कृष्ट डाटा आविष्कार सफलता र मापनलाई समर्थन गर्ने महत्वपूर्ण  कार्यक्रम भएको उहाँको भनाइ छ। 

उनका अनुसार यस कार्यक्रममा छनोट हुने सहरका १० अधिकारी एवं सल्लाहकारलाई प्रशिक्षण एवं अन्तर्राष्ट्रियस्तरमा आफ्नो विचारको लागि पहुँचको उपयोग गर्ने, विभिन्न सहरी चुनौतीको सामना गर्न, अत्याधुनिक काममा सक्षम बनाउनेछ र अधिकारीलाई डाटा सहयोगी, डाटा साझेदारी सम्झौता एवं अन्य प्रणाली विकास गर्न सशक्त बनाउने छ।
 

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  २०:४५
##ChangunarayanMunicipalityInNepal
प्रतिक्रिया दिनुहोस्
थप समाज
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
  • नंः २ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः ३ स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
  • नंः ४ बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
  • नंः ५ यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्