Top Navigation
Main Navigation
बुधबार, पुस २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, पुस २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • जितिया पर्वको रौनकतामा मैथिल र थारु समुदाय 
जितिया पर्वको रौनकतामा मैथिल र थारु समुदाय 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असोज १२, २०७८

महोत्तरी, जलेश्वर । मैथिल र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको आज मुख्य दिन हो।

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइने गरिन्छ। 

मैथिल र थारु समुदायका महिलाले आज बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी बुधबार साँझ व्रत सम्पन्न गर्नेछन्। 

ब्रतालुले आज बिहान चार बजे ओंगठन (दही चिउरा सक्खर सहितको प्रसाद खाएर) खाएर भोलि साँझ पाँच बजेसम्मका लागि उपवास शुरु गरेको जलेश्वरनाथ महादेव मन्दिरका पूजारी उपेन्द्र पाठकले बताए। 

उपवास बसेका दिन महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ। एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् ।

व्रत बस्नु अघिल्लो दिन अर्थात सोमबार बर्तालुले विभिन्न जलाशयमा स्नान गरी भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ देवतालाई चढाएका थिए। 

देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ। सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ को सो दिनलाई नहा खा (नुहाएर खानु) भनिन्छ। सो दिनको पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ। 

त्यसैगरी विधिअनुसार एका बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरु ओंगठन सम्पन्न गरेको अर्थात केही खानेकुरा ओठमा लगाएका छन्। प्रायः जसो महिलाले ओंगठनमा दही च्युरा खाने गरेको पाइन्छ। त्यसपछि शुरु हुन्छ कठिन उपवासको क्रम। 

आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष कठिन रहेको पुजारी पाठकले बताए। सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ। 

उनले भने, “यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ।” पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन्।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ। उपवास बसेका दिन महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ। 

त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ। फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन्। 

उपवास क्रममा आज दिनभरि, रातभरि र भोलि दिनभरि व्रती महिलाले अन्न जल केही पनि ग्रहण नगरी उपवास बस्ने र भगवान ‘जिमतुवाहन’ को पूजाअर्चना र कथा वाचन र श्रवण गर्ने काममा व्यस्त रहनेछन्। 

नवव्रती (पहिलो पटक व्रत बस्ने महिला) लाई भगवान ‘जिमतुवाहन’ले भोक, तिर्खा लगाउने र शरीरमा विभिन्न कठिनाई उत्पन्न गराई परीक्षा लिने गरेको जलेश्वर नपा-८ का व्रती ५५ वर्षीया राजवती देवीले बताए। 

तर दृढ सङ्कल्प, विश्वास र भगवानप्रतिको ध्यानमा लागि रहनेलाई केही पनि नहुने र सफलतापूर्वक व्रत समापन हुने विश्वास समेत उनले व्यक्त गरे।  

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ। 

मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन रहेको बताइएको छ।

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १६:१८
##jitiya
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्