Top Navigation
Main Navigation
आइतबार, माघ २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, माघ २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सेनाले हुम्लाको सिमकोटमा सडक पुर्याउने
सेनाले हुम्लाको सिमकोटमा सडक पुर्याउने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, कात्तिक ११, २०७८

काठमाडौँ । जिल्ला सदरमुकामसम्म सडक पुग्न बाँकी रहेको हुम्लाको सिमकोटमा चालू आर्थिक वर्ष २०७८/७९ भित्र सडक पुर्याउने गरी निर्माण अघि बढाइने भएको छ। 

हुम्लाको सिमकोटमा ट्र्याक खोल्न बाँकी रहेको असजिलो सडकखण्डमा सेनाले तिहारलगत्तै काम सुरु गर्ने भएको छ। 

राष्ट्रिय गौरवको सो राजमार्गमा १० किमी ट्र्याक खोल्न बाँकी रहेकामा सात किलोमिटर कठिन भूगोलमा सरकारले सेनालाई जिम्मेवारी दिएको थियो। 

सतहत्तर जिल्लामध्ये हुम्ला सदरमुकाम मात्रै अहिलेसम्म सडक सञ्जालसँग जोडिएको छैन। सडक विभागले लामो समयदेखि सिमकोटलाई सडक सञ्जालसँग जोड्ने लक्ष्य लिए पनि चट्टानै चट्टान भएको कठिन भूगोल भएकाले अझैसम्म खुल्न नसकेको हो। 

ट्र्याक खोल्न बाँकी खण्डमध्ये सात किमीमा सेना र तीन किमी सडक विभागले निर्माण अघि बढाइरहेको छ। विभागले निर्माण गर्न सडकखण्डमा ठेक्का भइसकेको हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ। 

सेनाले ट्र्याक खोल्न लागेको खण्डमा दुई बेलिब्रिज चालू आवमा निर्माण गरिने योजनाका प्रमुख बिसुनदास लामाले जानकारी दिए। 

सेना र विभाग मिलेर चालू आवभित्रै ट्र्याक खुलाउन लागेको र स्तरोन्नतिको काम विस्तारै हुने लामाले बताए। सेनाको प्राविधिक टोलीले यसअघि नै निर्माणस्थलमा पुगेर अवलोकन गरेको थियो।

सेनाले तिहार लगत्तै काम सुरु गर्ने भएको छ। “सेनाले सिमकोटबाट काम गर्नेछ भने हामीले सलिसल्लाबाट काम गर्नेछौँ”, प्रमुख लामाले भने। केही दिन पहिले बसेको प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि र सांसद्हरुले चालू आवमासमेत सिमकोट सडक सञ्जालसँग जोडिन नसक्ने ठोकुवा गरेका थिए।  

केही वर्ष पहिलेसम्म सो ट्र्याक खोल्न १० वर्ष लाग्ने बताएको प्रमुख लामाले बताए। अहिले अरु कुनै समस्या नभएर सामान्य अवस्था भएमा चालू आवमा सडक निर्माण सम्पन्न हुने उनको भनाइ छ। उनले भने, “कोभिड वा वर्षा र हिमपातका कारण ढिलाइ हुन सक्छ, अन्यथा जसरी पनि असारसम्म सडक बन्छ।” 

यस वर्ष वर्षाका कारण सडक निर्माणमा अवरोध पुगेको थियो। बाजुरा र कालीकोटको सडक अवरुद्ध हुँदा इन्धन ल्याउन ढिलाइ भएकाले समस्या भएको उनले बताए। सबै राष्ट्रिय राजमार्ग दुई लेन निर्माण गर्ने सरकारको योजनाअनुसार सो राजमार्ग सोही योजना अनुसार निर्माण भइरहेको छ। 

अहिलेसम्म ट्र्याक खुलिसकेको सडक आठ मिटर चौडाइको छ। यसअघि सेनाले १२३ किमी सडक निर्माण गरिसकेको छ। सेनाले ट्र्याक खोलिसकेकाले आगामी कात्तिक मसान्तसम्ममा हस्तान्तरण गरिने लामाले बताए। 

सेनाले खुलाएको ट्र्याक पनि विस्तार गरेर आठ मिटर नै चौडा बनाइनेछ। सेनाले काम गरेको सडकखण्ड विस्तारका लागि ठेक्का सम्झौता गरिने र अवरुद्ध पहिरो खुलाइने उनले बताए। 

चालू आवमा माथिल्लो खण्डमा १५ किमीमा ग्राभेल हुनेछ। सो राजमार्गमा अहिलेसम्म सडक स्तरोन्नतिका लागि वैदेशिक सहयोग छैन। उनले भने, “नेपाल सरकारको बजेटबाट नै स्तरोन्नति गर्न लागिएको हो।” सरकारले निर्माण गरेको सडकमा मुआब्जा नदिइने हुँदा समस्या आउने गरेको प्रमुख लामाले बताए।  

स्थानीयवासीलाई मनाएर ट्र्याक खुलाइने गरिएको छ। हिमाली क्षेत्रमा सडकको केन्द्रबाट १५/१५ मिटर चौडाइ हुनुपर्नेमा अहिले आठ मिटर खोलिएको छ। 

अधिकांश ट्र्याकमा ठूलाठूला चट्टान भएकाले निर्माण कार्यमा ढिलाइ भएको योजनाले जनाएको छ। विष्फोटक पदार्थ ल्याउन बढी समय लागेको प्रमुख लामाले बताए। । उत्तरी नाका हिल्सा कोभिड–१९ का कारण बन्द रहेकाले निर्माण सामग्री ल्याउन कठिनाई भएको थियो। 

उत्तरतर्फ मङ्सिरदेखि चैतसम्म हिउँ पर्ने भएकाले निर्माण कार्य बन्द रहने हुँदा पनि वर्षमा थोरै महिना मात्रै सडक बनाउन सकिने उनले बताए।  उनले भने, “सिमकोट बजार क्षेत्रमा पाँच किमी रेखाङ्कन विवाद र क्षतिपूर्ति मुअब्जा माग भई निर्माण कार्य अवरुद्ध भएको थियो।” 

सिमकोट सरिसल्ला खण्डको ५० किमि सडकको ट्र्याकमध्ये ४० किमी योजना कार्यालयले खुलाइसकेको छ। लालीखोला भीरदेखि स्यालटारसम्म १० किमिमा अफ्ठ्यारो चट्टाने भाग छ। सो खण्डको ट्र्याक खुलाउनुपर्नेमध्ये पनि अफ्ठ्यारो भाग सेनाको कर्णाली करिडोर विकास निर्माण दलले खुलाउनेछ।

सेनाले खुलाउने बाहेकको बाँकी रहेको सडक र अस्थायी बेलिब्रज योजना कार्यालयले निर्माण व्यवसायीमार्फत निर्माण गर्नेछ। कर्णाली करिडोरमा हिल्सादेखि सिमकोट ९५ किमी र सिमिकोट–सरिसल्ला खण्ड ५० किमिमा सडक निर्माण भइरहेको छ। 

हिल्सा सिमकोट सडक खण्ड ९५ किमीको ट्र्याक खोलिसकेको छ। सोही सडकखण्डको च्याछारा भीरको ग्रेड मिलाइसकेपछि सिमकोटबाट सोझै चीनको सिमाना हिल्सा पुग्न सकिनेछ।  

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
थप समाज
छुट्टाछुट्टै स्थानमा दुईजना मृत फेला
छुट्टाछुट्टै स्थानमा दुईजना मृत फेला बुधबार, माघ २२, २०८२
ठेकेदारको लापरबाहीले बाँकेका स्थानीय तहका प्रशासनिक भवन अलपत्र
ठेकेदारको लापरबाहीले बाँकेका स्थानीय तहका प्रशासनिक भवन अलपत्र सोमबार, माघ २०, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल जापान प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल जापान प्रस्थान सोमबार, माघ २०, २०८२
चुरे क्षेत्रलाई आरक्षीत क्षेत्र बनाइनुपर्छ : उपेन्द्र यादव
चुरे क्षेत्रलाई आरक्षीत क्षेत्र बनाइनुपर्छ : उपेन्द्र यादव आइतबार, माघ १९, २०८२
यस वर्षको लायन्स शुभतारा कला-सम्पदा सम्मान इन्द्रमान र डेविडलाई
यस वर्षको लायन्स शुभतारा कला-सम्पदा सम्मान इन्द्रमान र डेविडलाई आइतबार, माघ १९, २०८२
शालीनदी मेलामा घुइँचो
शालीनदी मेलामा घुइँचो आइतबार, माघ १९, २०८२
रामेछापका किसानलाई आलु खेतीमा आकर्षित
रामेछापका किसानलाई आलु खेतीमा आकर्षित शनिबार, माघ १८, २०८२
विकासवादी नेतृत्वकाे पर्खाइमा बागलुङ
विकासवादी नेतृत्वकाे पर्खाइमा बागलुङ शनिबार, माघ १८, २०८२
नौ जिल्ला डढेलोको उच्च जोखिममा
नौ जिल्ला डढेलोको उच्च जोखिममा मंगलबार, माघ १४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
  • नंः २ आचारसंहिता उल्लंघन नियन्त्रणमा आयोग सक्रिय बन्दै
  • नंः ३ हिउँदे फलफुलबाटै उदयपुरमा वर्षमै ३१ करोड भित्रियाे
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ यस वर्षको लायन्स शुभतारा कला-सम्पदा सम्मान इन्द्रमान र डेविडलाई
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्