Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • उपन्यास ‘दुङाल’ले शरणार्थी समस्या उजागर गरेको समीक्षकहरूको भनाई  
उपन्यास ‘दुङाल’ले शरणार्थी समस्या उजागर गरेको समीक्षकहरूको भनाई  
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, कात्तिक १४, २०७८

काठमाडौं । मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन्। 

राजधानीको साङ्ग्रिला बुक्सद्वारा आयोजित उपन्यास ‘दुङाल’ माथि अन्तर्सम्वाद कार्यक्रम समाराेहमा वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिएको हो। 

कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील मुद्दालाई साहित्यमार्फत् उजिल्याएको टिप्पणी गर्दै उनले भने, ‘अरू साहित्यमा अक्सर नभेटिने कथालाई प्रस्तुत गर्दै यस उपन्यासले शरणार्थीको नाममा हुने अन्तर्राष्ट्रिय राजनीतिप्रति पनि व्यङ्ग्य गरेको छ।’ अङ्ग्रेजी र तिब्बती भाषामा अनुवाद भएमा यसको महत्व अझ बढ्ने उनले बताए। 

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व आयुक्त एवं अधिकारकर्मी मोहना अन्सारीले ‘दुङाल’मा शरणार्थीहरूले कसरी जीवन सङ्घर्ष गरिरहेका छन् भन्ने यथार्थ चित्रण आएको बताइन्। उपन्यासले महिला र पुरुषलाई हेर्ने समाजको द्वैध दृष्टिकोणका साथै शरणार्थीका धेरै विषय समेटिएको उनको कथन थियो। 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष, विपुल पोखरेलले ‘दुङाल’ले सडकमा आउन नसकेको शरणार्थीको समस्यालाई साहित्यको माध्यमबाट उद्घाटन गरिएको बताउँदै उनले अगाडि थपे, ‘पाठकले अपनत्व लिएकाले यसको चर्चा परिचर्चा र बिक्री वितरण राम्रो छ। साहित्यिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका दृष्टिले यो सफल उपन्यास हो।’  

अन्तर्सम्वाद कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी एवं समीक्षक राजकुमार बानियाँले ‘दुङाल’ले शरणार्थीको मुद्दालाई वैश्विक दृष्टिकोणबाट उठाएको बताउँदै उनले भने, ‘यो उपन्यासमा अवास्तविक वास्तविकता छ। यसले नेपाली शब्दभण्डारमा ‘दुङाल’ जस्तो नयाँ शब्द दिएको छ। यो करुणाको मसीले लेखिएको सुन्दर उपन्यास हो।’

कार्यक्रममा तिब्बती शरणार्थी टासी छिरिङले ‘दुङाल’ मा आफ्नै जीवनकथा भेटेको सुनाउँदै उनले भने, ‘तिब्बती शरणार्थीले समस्या मात्रै होइन, ज्ञान र सिप पनि ल्याएका थिए। हाम्रो समस्यालाई न्यूनतम मानवअधिकारको दृष्टिले हेरियोस् भनेर उपन्यासले बोलेकोमा खुशी लागेको छ।’

सञ्चारकर्मी प्रकाश थापाले सञ्चालन गरेको अन्तर्सम्वाद कार्यक्रममा उपप्राध्यापक टीएन भट्ट विश्वामित्रले किताब औपन्यासिकताको दृष्टिले सफल रहेको टिप्पणी गरे भने लेखक मालिका केशरीले आफूले बाल्यकालमा नजिकबाट देखेका पात्रहरुलाई आख्यानमा समेटेको बताएका थिए। 

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १५:४२
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्