Top Navigation
Main Navigation
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • छठपर्व विशेष ‘खरना’
छठपर्व विशेष ‘खरना’
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, कात्तिक २३, २०७८
Api Himal

काठमाडौ । महापर्व छठको तेस्रो दिन मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । 

पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेको हो। 

बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई बर्तालुले त्यही खिर खाने गर्दछन्। यो विधिलाई ‘खरना’ भनिएको हो।

श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खिर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन्। 

Nepal Oil Corporation

आज दिनभर उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्दैछन्। पर्वको चौथो दिन भोलि बुधबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका बर्तालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन्। 

यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ। त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने प्रचलन छ। उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ।

छठपर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त तथा नातेदारकहाँ पुर्याउन जाने परम्परा छ। 

पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ। अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा पिसिएको पिठोबाटै तयार गरिन्छ। 

पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक  घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ। केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएकामा अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत धुमधामसँग मनाउन थालेकाले छठपर्व साझा बनेको छ। 

इस्लाम धर्मावलम्बीले छठको भाकल गरेर व्रत बसेका बर्तालुलाई प्रसाद सामग्री सूर्यलाई चढाएको देखाइदिन आग्रह गरेका अब प्रशस्त देखिन थालेको छ। 

सबै धर्म, संस्कृति, वर्ग र तप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य (क्याम्पस प्रमुख) तोपबहादुर ठकुरीले बताए। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ०७:३४
प्रतिक्रिया दिनुहोस्
थप समाज
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न मंगलबार, वैशाख २३, २०८२
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन शनिबार, वैशाख २०, २०८२
ललितपुरमा शुरु भयाे जात्रा
ललितपुरमा शुरु भयाे जात्रा शनिबार, वैशाख २०, २०८२
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर बुधबार, वैशाख १७, २०८२
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति सोमबार, वैशाख १५, २०८२
बस सञ्चालनपछि छायाे खुशीयाली
बस सञ्चालनपछि छायाे खुशीयाली बुधबार, वैशाख १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ४ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ५ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्