Top Navigation
Main Navigation
सोमबार, वैशाख २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, वैशाख २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • छठपर्व विशेष ‘खरना’
छठपर्व विशेष ‘खरना’
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, कात्तिक २३, २०७८

काठमाडौ । महापर्व छठको तेस्रो दिन मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । 

पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेको हो। 

बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई बर्तालुले त्यही खिर खाने गर्दछन्। यो विधिलाई ‘खरना’ भनिएको हो।

श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खिर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन्। 

आज दिनभर उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्दैछन्। पर्वको चौथो दिन भोलि बुधबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका बर्तालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन्। 

यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ। त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने प्रचलन छ। उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ।

छठपर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त तथा नातेदारकहाँ पुर्याउन जाने परम्परा छ। 

पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ। अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा पिसिएको पिठोबाटै तयार गरिन्छ। 

पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक  घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ। केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएकामा अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत धुमधामसँग मनाउन थालेकाले छठपर्व साझा बनेको छ। 

इस्लाम धर्मावलम्बीले छठको भाकल गरेर व्रत बसेका बर्तालुलाई प्रसाद सामग्री सूर्यलाई चढाएको देखाइदिन आग्रह गरेका अब प्रशस्त देखिन थालेको छ। 

सबै धर्म, संस्कृति, वर्ग र तप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य (क्याम्पस प्रमुख) तोपबहादुर ठकुरीले बताए। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ०७:३४
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..?
सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..? शनिबार, वैशाख २६, २०८३
दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन
दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन शनिबार, वैशाख २६, २०८३
मेघौलीको माया
मेघौलीको माया आइतबार, वैशाख २०, २०८३
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती आइतबार, वैशाख २०, २०८३
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय शनिबार, वैशाख १९, २०८३
रोल्पाको जलजलामा जीप दुर्घटना
रोल्पाको जलजलामा जीप दुर्घटना बिहीबार, वैशाख १७, २०८३
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’ मंगलबार, वैशाख १५, २०८३
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य शुक्रबार, वैशाख ११, २०८३
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन आइतबार, वैशाख ६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
  • नंः २ भदौ २४ को घटनामा सरकारको मौनता किन ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
  • नंः ५ सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..?
विचार
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान NamiNews- नामीन्यूज
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्