Top Navigation
Main Navigation
सोमबार, वैशाख २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, वैशाख २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • किराँत धर्म महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्ती 
किराँत धर्म महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्ती 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, कात्तिक २५, २०७८

काठमाडौ। किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमकासाथ मनाइँदैछ। 

महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनको जन्मभूमि इलाम, साधना तथा देहावसानस्थल पाँचथरसहित किराँती समुदायको बसोबास रहेका स्थानमा धुमधामका साथ जन्मजयन्ती मनाइँदैछ। 

जन्मजयन्तीका अवसरमा धार्मिक प्रवचन, माङहिम (मन्दिर)मा पूजा अर्चना, फाल्गुनन्दका शालिक तथा प्रतिमामा माल्र्यापण, महागुरु फाल्गुनन्दले दिएका उपदेश तथा सत्यधर्म मुचुल्काको परिचर्चा, लिम्बू समुदायको सांस्कृतिक, धार्मिक, भाषिक पहिचानको जगेर्ना र सम्वद्र्धनलगायतका विषयमा छलफल तथा विमर्श हुने गरेका छन्। प्रत्येक वर्ष पूर्वी नेपालको एक स्थानमा जन्मजयन्तीको मूल कार्यक्रम आयोजना हुने गरेको छ। 

किराँत धर्म तथा साहित्य उत्थान सङ्घसहित विभिन्न सङ्घ संस्थाको आयोजनामा मूल कार्यक्रम आयोजना गर्ने गरिएको छ। यस वर्ष मोरङको केराबारीमा मुहिगुम अङसिमाङ महागुरु फाल्गुनन्द लिङदेन मिङ्सो माङहिमको उद्घाटन एवं महागुरु फाल्गुनन्दको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको किराँत धर्म तथा साहित्य उत्थान सङ्घले जनाएको छ। 

उक्त कार्यक्रममा महागुरु फाल्गुनन्दका उत्तराधिकारी धर्मगुरु आत्मानन्द लिङदेन सेइङ तथा गुरुआमा साँवा पवित्रहाङमा लिङदेनबाट धार्मिक प्रवचनको कार्यक्रमसमेत राखिएको छ। 

जन्मजयन्तीको समारोह हुने स्थानमा प्रत्येक वर्ष कात्तिक २३ गते गालीश्राम बगाउने र २४ गते सेवा पूजा गर्ने प्रचलन रहेको फाल्गुनन्दको तपोभूमि लब्रेकुटी क्षेत्र र किराँत धर्मका क्षेत्रका क्रियाशील युवा सुवास तुम्बापोको भनाइ छ। 

विसं १९४२ कात्तिक २५ गते हाल इलामको माङसेबुङ गाउँपालिका वडा नं २ पर्ने इभाङको चुक्चिनाम्वामा आमा हंशमति र बुबा जगनबाज लिम्बूको कोखबाट साहिला सन्तान उनको जन्म भएको थियो। 

जन्मको नरध्वज लिङ्देन रहनुभएका उनी कर्मले फाल्गुनन्द भएर उदाउनुभएको पाइन्छ। १६ वर्षमा वर्मामा सैनिकको रुपमा काम गर्न थालेका फाल्गुनन्द १९१४ को पहिलो विश्वयुद्धमा समेत सामेल भएको थियो। 

तर मानव–मानव बीचको लडाइँ र मारामारबाट शान्ति नहुने बुझेर सैनिक जागीर त्यागी नेपाल फर्केर हाल पाँचथरको फिदिम नगरपालिका–३ चोकमागूमा पर्ने लब्रेकुटीमा आई साधना र तपस्यामा तल्लीन भएको थियो। 

तत्कालीन अवस्थामा धर्म, संस्कार र संस्कृतिमा देखिएका विकृति, विसङ्गति र कुरीतिलाई हटाई मौलिक धर्मसंस्कृतिको सम्वद्र्धनका लागि विसं १९८८ वैशाख २५ गते तत्कालीन १० लिम्बुवान १७ थुमका जिम्मेवार अगुवाको भेला गराई १० बुँदे सत्य धर्म मुचुल्का लागू गराई आजीवन किराँत धर्मको प्रचारमा लाग्नु भएपछि फाल्गुनन्द महागुरुका रुपमा चर्चित भएको थियो। 

लिम्बू समुदायले फक्ताङलुङ भन्ने गरेको ताप्लेजुङमा रहेको कुम्भकर्ण हिमशृङ्खला किराँतीको मोक्षस्थल रहेको परिभाषित एवं प्रचारित गरेर उनले मोक्षप्राप्तिको मार्गसमेत देखाएको थियो। 

किराँतीको मौलिक धर्म र संस्कृतिको प्रचार गर्दै नेपालका विभिन्न जिल्लासहित भारत, तत्कालीन सिक्किम र भुटानमा समेत पुगेपछि राणा शासकले उनलाई देशद्रोहीको मुद्दा समेत लगाएका थिए। 

फाल्गुनन्दको विसं २००५ मा हाल पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पर्ने इम्वुङको हाङयक भन्ने स्थानमा देहवसान भएको थियो। उनको समाधिस्थल फाल्गुनन्द र फिदिमको सिमानामा पर्ने सिलौटीमा रहेको छ। 

फाल्गुनन्दलाई सरकारले २०६६ साल मङ्सिर १६ गते १६ औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो। उनको स्मृतिमा २०५० सालमा सरकारबाट रु १५ को हुलाक टिकट समेत प्रकाशित छ।

उनको जन्मजयन्तीमा प्रदेश नं १ मा सार्वजनिक बिदा हुन थालेको छ। आफ्नो मौलिकता बिर्सन नहुने, धर्म, संस्कार र संस्कृतिका नाममा तडकभडक गर्न नहुने, आफ्नो गच्छे (क्षमता)अनुसार धर्म, संस्कार र संस्कृति मनाउनु पर्ने, मदिरा सेवन गरी आर्थिक र सामाजिक रुपले भ्रष्ट हुन नहुने, पशु बलि गर्न नहुने, नैवेद्य तथा फलफूल चढाए तागेरानिङ्वाभुमाङ (परमेश्वर भगवान) खुशी हुने, छोरी चेलीको विवाह गर्दा रित लिन नहुने, सिरिजङ्गा लिपिको प्रयोग, मातृभाषाको प्रयोग र संरक्षण गर्नुपर्ने, स्वदेशी कपडाको प्रयोग गर्नुपर्ने जस्ता मौलिक सामाजिक परम्पराका लागि महागुरु फाल्गुनन्दले अभियान चलाएको किराँत धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष डकेन्द्रसिं थेगिमको भनाइ छ। उनलाई किराँत धर्मका पथ प्रदर्शक, अहिंसाका पूजारी, मानव कल्याण र विश्व शान्तिका पक्षधर साधक तथा दार्शनिक भन्ने गरिन्छ। 

महागुरु फाल्गुनन्द किराँत धर्मका महान गुरु तथा समाज सुधारक थिए। फाल्गुनन्दलाई किराँत भाषामा ‘मुहिगुम आङसिमाङ’ भनिन्छ। उनले नारी जातिलाई पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर लैङ्गिक समानताको वकालत गरेको थियो। 

इलामको माङसेबुङमा धर्मगुरु आत्मानन्दले स्थापना गरेको माङहिम अहिले किरात धार्मिकस्थलको रुपमा प्रसिद्ध छ भने पाँचथरका लबे्रकुटी, सिलौटीलगायत स्थानमा पनि फाल्गुनन्दकै नामबाट धार्मिक पर्यटन बढेको लब्रेकुटी क्षेत्र तथा किराँत धर्मको संरक्षणमा सक्रिय ध्रुवकुमार तुम्बापोको भनाइ छ।  
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १४:०३
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..?
सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..? शनिबार, वैशाख २६, २०८३
दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन
दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन शनिबार, वैशाख २६, २०८३
मेघौलीको माया
मेघौलीको माया आइतबार, वैशाख २०, २०८३
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती आइतबार, वैशाख २०, २०८३
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय शनिबार, वैशाख १९, २०८३
रोल्पाको जलजलामा जीप दुर्घटना
रोल्पाको जलजलामा जीप दुर्घटना बिहीबार, वैशाख १७, २०८३
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’ मंगलबार, वैशाख १५, २०८३
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य शुक्रबार, वैशाख ११, २०८३
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन आइतबार, वैशाख ६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
  • नंः २ भदौ २४ को घटनामा सरकारको मौनता किन ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
  • नंः ५ सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..?
विचार
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान NamiNews- नामीन्यूज
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्