Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • दाफा भजनले गुञ्जियो मध्यपुरथिमि
दाफा भजनले गुञ्जियो मध्यपुरथिमि
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, मंसिर ४, २०७८

भक्तपुर । साँझ ढल्किँदै गयो, मध्यपुरथिमि नगरपालिकास्थित नेवार समुदायको बस्तीभित्रको पाटी र मन्दिरमा चहलपहल पनि बढ्दै गयो। 

बत्तीले झिलिमिली बनेका चोकचोक, गल्लीगल्लीमा रहेका विभिन्न मठमन्दिर र पाटी तथा सत्तलमा महिला पुरुषको सहभागिता पनि बढ्दै गयो। 

हार्मोनियम, तबला र विभिन्न परम्परागत बाजा बज्न थाले अनि गाइन थाले दाफा भजन। प्रत्येक मन्दिर र पाटीमा घन्किएका दाफा भजनले मध्यपुरथिमि राति १० बजेसम्म गुञ्जयमान बन्यो। मन्दिर अगाडि मकै, भटमास, पिँडालु, सख्खरखण्डलगायतका विभिन्न अन्न र त्यसका परिकारको थुप्रो लागेको थियो। 

बोडे, नगदेश, चपाचोमा मन्दिर अगाडि गहुँको पिठोबाट पकाइएको परिकार र विभिन्न देवीदेता तथा मन्दिर बनाइएको थियो भने चपाचोको प्रचण्ड भैरव अगाडि पिठोबाट नै भैरवको मूर्ति बनाएर दियो बाली सजाएर राखिएको थियो।

स्थानीय बासिन्दाले आफ्नो टोलको दाफा भजन भएको ठाउँमा सहभागिता मात्रै जनाएका थिएनन्, प्रत्येक घरबाट उसिनेको सख्खरखण्ड, पिँडालु तथा भुटेका मकै, भटमास र गहुँलगायतका गेडागुडीले मूला लगायतको थुप्रो देखिन्थ्यो। दाफा भजन सकिएपछि भने सबैले त्यसलाई प्रसादका रुपमा ग्रहण गर्दै एक महिने दाफा भजन सम्पन्न गरिएको थियो।

यो मनमोहक दृश्य देखिएको थियो शुक्रबार साँझ ६ देखि राति १० बजेसम्म मध्यपुरथिमि नगरपालिकाभित्र। मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सकिनमना पूर्णिमामा यहाँका सांस्कृतिक एवं दाफा भजनबारे जानकारी गराए। 

दसैँको कोजाग्रत पूर्णिमादेखि नेवार समुदायले आआफ्नो टोलमा रहेको गणेश, महादेवलगायत देवीदेवताका मन्दिरमा प्रत्येक साँझ दाफा भजनकीर्तन गाउन सुरु गरेका थिए। सोही एकमहिने भजनकीर्तन भव्यरुपमा अन्नको देवत्व ग्रहण गर्ने पर्वका रुपमा समापन गरिएको थियो।

यो एकमहिने अभियानले यहाँका दाफा भजनलाई संरक्षण गर्न ठूलो मद्दत पुगेको  नगरप्रमुख श्रेष्ठको भनाइ छ। नगरपालिकाले यहाँका मूर्तअमूर्त कला, संस्कृतिको जेगर्ना गर्न आवश्यक पहल र सहयोग गर्दै आएको बताउदै उनले नगरपालिकाले यहाँका सम्पदा मात्रै नभई यहाँका सांस्कृति नाचदेखि भजनसम्मको संरक्षण गर्न बजेट नै छट्याएको जानकारी दिए। 

नगरप्रमुख श्रेष्ठले भने, “नगरपालिकाले दिवा र रात्रिकालीन पर्यटनको विकास गर्ने योजना बनाएको छ, त्यसका लागि मूर्त कला मात्रै भएर पुग्दैन, अमूर्तरुपमा रहेका यहाँका सांस्कृतिक एवं ऐतिहासिक र धार्मिक नाचलाई पुनर्जीवन दिएर नगरपालिकाले नियमित चलाउन बिजेट विनियोजन गरेको छ, यस्ता दाफा भजनदेखि नाच, जात्रा पर्वलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा लागिरहने छौँ।”

मध्यपुरथिमि नगरपालिका–७ नगदेशका वडाध्यक्ष कृष्णकुमार प्रजापतिले एकमहिने कात्तिक भजनको समापन गरिएको बताउँदै यो पर्वलाई हिन्दू र बौध धर्मावलम्बीले मान्दै आएको बताए। 

यसले धार्मिक सहिष्णुतालाई पनि प्रष्ट पारेको बताउँदै उनले यो परम्पराले परम्परागतरुपमा चल्दै आएको ऐतिहासिकतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै जोगाउँदै आएको बताए। 

नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो उत्पादन इष्ट देवलाई चढाएर मात्र खाने प्रचलनअनुसार यसदिन पिँडालु, सख्खरखण्डलगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने प्रचलन रहेको नगर प्रमुख श्रेष्ठको भनाइ छ। यसले शरीरमा तागत उत्पन्न हुने र शरीर स्वस्थ हुने जनविश्वास रहँदै आएको उनले बताए।

सकिमाना पुन्हीमा महादेवको पूजाआराधना र दर्शन गरी व्रत बस्नाले पुण्य प्राप्त हुनुका साथै अविवाहितले राम्रो वर पाउने धार्मिक विश्वास रहँदै आएको स्थानीयवाी बताउँछन्। 

यसका साथै घर परिवारमा सुख, शान्ति हुने जनविश्वास पनि रहँदै आएको छ। शुक्रबार साँझदेखि रातिसम्म भक्तपुर नगरपालिकाभित्रका प्रत्येक मन्दिर अगाडि विभिन्न अन्न तथा गेडागुडीबाट मन्दिर तथा देवीदेवताका आकृति बनाएर दाफा भजन गाइएको थियो।
 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १८:१५
प्रतिक्रिया दिनुहोस्
थप समाज
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द बुधबार, जेठ २७, २०८३
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः २ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः ३ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ४ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
  • नंः ५ उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्