Top Navigation
Main Navigation
आइतबार, कात्तिक १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, कात्तिक १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • दाफा भजनले गुञ्जियो मध्यपुरथिमि
दाफा भजनले गुञ्जियो मध्यपुरथिमि
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, मंसिर ४, २०७८

भक्तपुर । साँझ ढल्किँदै गयो, मध्यपुरथिमि नगरपालिकास्थित नेवार समुदायको बस्तीभित्रको पाटी र मन्दिरमा चहलपहल पनि बढ्दै गयो। 

बत्तीले झिलिमिली बनेका चोकचोक, गल्लीगल्लीमा रहेका विभिन्न मठमन्दिर र पाटी तथा सत्तलमा महिला पुरुषको सहभागिता पनि बढ्दै गयो। 

हार्मोनियम, तबला र विभिन्न परम्परागत बाजा बज्न थाले अनि गाइन थाले दाफा भजन। प्रत्येक मन्दिर र पाटीमा घन्किएका दाफा भजनले मध्यपुरथिमि राति १० बजेसम्म गुञ्जयमान बन्यो। मन्दिर अगाडि मकै, भटमास, पिँडालु, सख्खरखण्डलगायतका विभिन्न अन्न र त्यसका परिकारको थुप्रो लागेको थियो। 

बोडे, नगदेश, चपाचोमा मन्दिर अगाडि गहुँको पिठोबाट पकाइएको परिकार र विभिन्न देवीदेता तथा मन्दिर बनाइएको थियो भने चपाचोको प्रचण्ड भैरव अगाडि पिठोबाट नै भैरवको मूर्ति बनाएर दियो बाली सजाएर राखिएको थियो।

Nepal Oil Corporation

स्थानीय बासिन्दाले आफ्नो टोलको दाफा भजन भएको ठाउँमा सहभागिता मात्रै जनाएका थिएनन्, प्रत्येक घरबाट उसिनेको सख्खरखण्ड, पिँडालु तथा भुटेका मकै, भटमास र गहुँलगायतका गेडागुडीले मूला लगायतको थुप्रो देखिन्थ्यो। दाफा भजन सकिएपछि भने सबैले त्यसलाई प्रसादका रुपमा ग्रहण गर्दै एक महिने दाफा भजन सम्पन्न गरिएको थियो।

यो मनमोहक दृश्य देखिएको थियो शुक्रबार साँझ ६ देखि राति १० बजेसम्म मध्यपुरथिमि नगरपालिकाभित्र। मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सकिनमना पूर्णिमामा यहाँका सांस्कृतिक एवं दाफा भजनबारे जानकारी गराए। 

दसैँको कोजाग्रत पूर्णिमादेखि नेवार समुदायले आआफ्नो टोलमा रहेको गणेश, महादेवलगायत देवीदेवताका मन्दिरमा प्रत्येक साँझ दाफा भजनकीर्तन गाउन सुरु गरेका थिए। सोही एकमहिने भजनकीर्तन भव्यरुपमा अन्नको देवत्व ग्रहण गर्ने पर्वका रुपमा समापन गरिएको थियो।

यो एकमहिने अभियानले यहाँका दाफा भजनलाई संरक्षण गर्न ठूलो मद्दत पुगेको  नगरप्रमुख श्रेष्ठको भनाइ छ। नगरपालिकाले यहाँका मूर्तअमूर्त कला, संस्कृतिको जेगर्ना गर्न आवश्यक पहल र सहयोग गर्दै आएको बताउदै उनले नगरपालिकाले यहाँका सम्पदा मात्रै नभई यहाँका सांस्कृति नाचदेखि भजनसम्मको संरक्षण गर्न बजेट नै छट्याएको जानकारी दिए। 

नगरप्रमुख श्रेष्ठले भने, “नगरपालिकाले दिवा र रात्रिकालीन पर्यटनको विकास गर्ने योजना बनाएको छ, त्यसका लागि मूर्त कला मात्रै भएर पुग्दैन, अमूर्तरुपमा रहेका यहाँका सांस्कृतिक एवं ऐतिहासिक र धार्मिक नाचलाई पुनर्जीवन दिएर नगरपालिकाले नियमित चलाउन बिजेट विनियोजन गरेको छ, यस्ता दाफा भजनदेखि नाच, जात्रा पर्वलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा लागिरहने छौँ।”

मध्यपुरथिमि नगरपालिका–७ नगदेशका वडाध्यक्ष कृष्णकुमार प्रजापतिले एकमहिने कात्तिक भजनको समापन गरिएको बताउँदै यो पर्वलाई हिन्दू र बौध धर्मावलम्बीले मान्दै आएको बताए। 

यसले धार्मिक सहिष्णुतालाई पनि प्रष्ट पारेको बताउँदै उनले यो परम्पराले परम्परागतरुपमा चल्दै आएको ऐतिहासिकतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै जोगाउँदै आएको बताए। 

नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो उत्पादन इष्ट देवलाई चढाएर मात्र खाने प्रचलनअनुसार यसदिन पिँडालु, सख्खरखण्डलगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने प्रचलन रहेको नगर प्रमुख श्रेष्ठको भनाइ छ। यसले शरीरमा तागत उत्पन्न हुने र शरीर स्वस्थ हुने जनविश्वास रहँदै आएको उनले बताए।

सकिमाना पुन्हीमा महादेवको पूजाआराधना र दर्शन गरी व्रत बस्नाले पुण्य प्राप्त हुनुका साथै अविवाहितले राम्रो वर पाउने धार्मिक विश्वास रहँदै आएको स्थानीयवाी बताउँछन्। 

यसका साथै घर परिवारमा सुख, शान्ति हुने जनविश्वास पनि रहँदै आएको छ। शुक्रबार साँझदेखि रातिसम्म भक्तपुर नगरपालिकाभित्रका प्रत्येक मन्दिर अगाडि विभिन्न अन्न तथा गेडागुडीबाट मन्दिर तथा देवीदेवताका आकृति बनाएर दाफा भजन गाइएको थियो।
 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १८:१५
प्रतिक्रिया दिनुहोस्
थप समाज
मुस्ताङमा मच्चायो बाढीले वितण्डा
मुस्ताङमा मच्चायो बाढीले वितण्डा शुक्रबार, कात्तिक १५, २०८२
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह मंगलबार, कात्तिक १२, २०८२
काठमाण्डूको गौरीघाटमा छठको तयारी
काठमाण्डूको गौरीघाटमा छठको तयारी शुक्रबार, कात्तिक ८, २०८२
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः २ दुई मन्त्रीको शपथ ग्रहण
  • नंः ३ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ४ हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
  • नंः ५ मुस्ताङमा मच्चायो बाढीले वितण्डा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्