Top Navigation
Main Navigation
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सिटामोल र जीवनजल नपाएर छट्पटाउने कर्णाली अहिले अस्पताल र दक्ष चिकित्सक उत्पादनकाे केन्द्र
सिटामोल र जीवनजल नपाएर छट्पटाउने कर्णाली अहिले अस्पताल र दक्ष चिकित्सक उत्पादनकाे केन्द्र
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, मंसिर २२, २०७८
Api Himal

कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो। सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो। तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन्। अझ अर्को खुशीको कुरा त यो छ कि सिटामोल र जीवनजल नपाएर छट्पटाउने कर्णाली अहिले आफैँले अस्पताल र दक्ष चिकित्सक उत्पादन गरिरहेको छ। 

पहिले बिरामीको उपचार गर्न अस्पताल र चिकित्सक नभएर सुर्खेत र नेपालगञ्ज पठाउने गरेको कर्णालीले अहिले आफैँ दक्ष चिकित्सक उत्पादन गरेर देशका विभिन्न ठाउँमा पठाउने तयारीमा देखिन्छ। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस) र एमडी अध्यापन गराएर दक्ष चिकित्सक उत्पादन गरिरहेको छ।

प्रतिष्ठान स्थापना भएसँगै कर्णालीमा चिकित्सक पुगेर जनताले गुणस्तरीय स्वास्थ्य सेवासमेत पाइरहेका छन्। विसं २०६९ मा साविकको अञ्चल अस्पताललाई प्रतिष्ठानकै ३०० शय्याको अस्पतालमा रुपान्तरण गरेपछि कर्णालीका जनताले सुर्खेत र नेपालगञ्ज आउनुपर्ने बाध्यता हटेको हो।

विसं २०६८ मा ऐनमार्फत प्रतिष्ठान स्थापना गरेर सरकारले कर्णालीका जनतालाई स्वास्थ्य सेवा पुर्याइरहेको छ। प्रतिष्ठानले कर्णालीमा यसै वर्षदेखि चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस)को पढाइ सुरु गरेको छ। यही मङ्सिर १९ गतेबाट चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस) पढाइ सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए।

Nepal Oil Corporation

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीको जुम्लामा सञ्चालन भएको एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको उद्घाटन र चिकित्सा शिक्षाको शैक्षिक भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। यही मङ्सिर २६ गते राष्ट्रपति भण्डारीले एमबिबीएसलगायत शैक्षिक कार्यक्रम र शैक्षिक भवनको जुम्ला सदरमुकाम खलङ्गामा शिलान्यास गर्ने उपकुलपति डा रावलले जानकारी दिए। करिब रु ६८ करोडमा बन्न थालेको शैक्षिक भवन दुईवटा ५ तले हुनेछ।

कर्णालीमा यही मङ्सिर १९ गतेदेखि एमबिबीएस २०, स्नातक तहमा नर्सिङ (विएन) २० र ब्याचलर अफ फार्मेसी (विफार्मेसी)मा २० जना विद्यार्थीको पढाइ सुरु भएको छ। विगत केही वर्षदेखि नै प्रवीणता प्रमाणपत्र तह नर्सिङ, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ (बिपीएच) सुरु भइसकेको छ।

यस्तै प्रतिष्ठानमा नै चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहको पढाइ पनि सुरु भएको छ। बालरोग, एनेस्थेसिया र एमडीको जनरल प्याट्रिक्समा (जिपी) गरी तीन विषयमा स्नातकोत्तर तहको पढाइ गत बर्षबाट सञ्चालन भएको प्रतिष्ठानका डिन डा रमेश भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार अब प्रतिष्ठानमा चिकित्सा शिक्षामा विद्यावारिधि, नर्सिङमा स्नातकोत्तर तह र पब्लिक हेल्थमा स्नातकोत्तर तहको पढाइ सञ्चालनको तयारी भइरहेको छ।

प्रतिष्ठानकै अस्पतालबाट बिरामीलाई विशिष्ट र विशिष्टकृत सेवा उपलब्ध गराइरहेको छ। प्रतिष्ठानमा अहिले नाम चलेका राम्रा विशेषज्ञ दक्ष चिकित्सकबाट विशिष्ट र विशिष्टकृत सेवा उपलब्ध गराइरहेको उपकुलपति डा रावलले बताए। 

छातीरोग, हाडजोर्नी, न्यूरो, बालरोग, स्त्री तथा प्रसूति, नाक, कान र घाँटी, आँखा, छालारोग, दन्त, मेडिसिन, जनरल सर्जरी, क्रिटिकल केयर, मानसिक रोग, फिजियोथेरापीजस्ता विशिष्ट र विशिष्टकृत सेवा प्रदान गर्दै आइरहेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालमा काम गरेका विशेषज्ञ चिकित्सक, प्राध्यापक अहिले प्रतिष्ठानमा रहेर काम गरिरहेका छन्।

न्यूरोलोजिष्ट डा सुनन्द पौडेल, छातीरोग विशेषज्ञ डा अनुशस्मृति पाल, सघन उपचार विशेषज्ञ डा प्रवीण गिरी रहेको छ। यस्तै मेसिनबाट पत्थरीको शल्यक्रिया, हाडजोर्नीका ठूलो शल्यक्रियालगायत ठूला शल्यक्रिया कर्णालीको प्रतिष्ठानकै अस्पतालमा हुने गर्दछ। “हामीले कर्णालीका जनतालाई जुम्लामा नै विशेषज्ञसहितको सबै स्वास्थ्य सेवा पुर्याइरहेका छौं”, डा रावलले भने, “अब हामीले कर्णालीका कुनै नागरिकलाई उपचार गर्न अन्यत्र सिफारिस गर्दैनौँ। हामी सबै सेवा यहीँ दिन्छौं।”

अहिले प्रतिष्ठानले दैनिक ४०० भन्दा बढी कर्णालीका जनतालाई सेवा उपलब्ध गराइरहेको छ। प्रतिष्ठानले कर्णालीका जनतालाई दुई किसिमले सेवा प्रदान गरिरहेको छ। एक प्रतिष्ठानकै अस्पतालमा बिरामीले उपचार गराइरहेका छन् भने अर्को प्रतिष्ठानले समय–समयमा घुम्ती शिविर राखेर सेवा प्रदान गरिरहेको छ। “सङ्घीय, प्रदेश र स्थानीय तह सरकारको आग्रहमा हामीले समय–समयमा कर्णालीका जनताका घरमा पुगेर सेवा दिइरहेका छौँ”, उनले भने, “वर्षमा कर्णाली प्रदेशका १३ वटा जिल्लामा घुम्ती शिविर सञ्चालन गर्दछौँ।”

अहिले अस्पतालमा १२ स्थायी चिकित्सक र करारमा ७० चिकित्सक कार्यरत रहेका छन् । यस्तै प्रतिष्ठानमा करिब ४०० स्वास्थ्यकर्मीसहितका कर्मचारी रहेका छन्।  प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले आफूहरुसँग सबै दक्ष विशेषज्ञसहितको चिकित्सक भए पनि उपकरण अभावका कारणले सबै सुविधा दिन नसकेको बताए। उनले एमआरआई र अन्य उपकरणको अभाव हुँदा कर्णालीका जनतालाई अझ सेवा दिन नसकेको बताए। 

पिछडिएको क्षेत्र कर्णालीमा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको काम गर्ने भनेर प्रतिष्ठान स्थापना गरिएको हो र अहिले तिनै क्षेत्रमा प्रतिष्ठानले काम गरिरहेको छ।

कर्णालीमा स्वास्थ्य सेवा पुगेकाले अहिले त्यहाँका मानिसको स्वास्थ्य सूचाङ्कमा पनि प्रगति भएको छ। प्रतिष्ठान स्थापना भएसँगै गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि कर्णालीको स्वास्थ्य सूचाङ्कमा प्रगति भएको हो। प्रतिष्ठानको स्थापना भएसँगै ९६ प्रतिशत महिलाले गर्भवती जाँच गर्ने गरेको पाइएको छ। 

यस्तै ६२।३ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मी प्रसूति सेवा लिने गरेको जनस्वास्थ्यविद् डा माधव चौलागाईँले जानकारी दिए। जुम्लाका मात्र ८१ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएको पाइएको छ। उनले प्रतिष्ठान स्थापना भएसँगै कर्णालीको स्वास्थ्यमा सुधार भएको बताए। 

उनका अनुसार झाडापखाला लागेर उपचार गर्न नपाएका ९८ प्रतिशत बालबालिकाले उपचार पाएका छन्। यस्तै कर्णालीका ९० प्रतिशत क्षयरोगका बिरामीले उपचार गरेर निको भएका छन्। जनस्वास्थ्यविद् डा चौलागाईँले बच्चालाई खोप, बाल मृत्युदर तथा मातृ मृत्युदर घटेको र संस्थागत सुत्केरी गराउने दर बढेको बताए। 

कर्णाली क्षेत्रको स्वास्थ्यको अनुसन्धान गर्नका लागि प्रतिष्ठानको ‘इन्स्च्यिुट रिभ्यू बोर्ड’ गठन गरिएको छ। सो बोर्डले कर्णाली क्षेत्रमा स्वास्थ्यको अध्ययन अनुसन्धान गर्नका लागि अनुमति दिने गर्दछ।

उक्त बोर्डले कर्णाली क्षेत्रको स्वास्थ्यको पनि अध्ययन गर्दछ। यस्तै प्रतिष्ठानले आफैँ पनि जर्नल प्रकाशित गर्ने गरेको छ। कर्णाली क्षेत्रमा विभिन्न व्यक्तिले गरेका खोज, अनुसन्धान र बाहिर गरिएको अनुसन्धानलाई समेटेर ४/४ महिनामा जर्नल प्रकाशित गर्ने गरेको प्रतिष्ठानका डिन डा भट्टराई जानकारी दिए।

कोरोना भाइरसको बेला कर्णालीका चिकित्सकले कर्णालीमा मात्र नभई नेपालगञ्जसम्म नै पुगेर बिरामीको उपचार गरेका थिए। नेपालगञ्ज कोरोना भाइरसको ‘हटस्पट’ बनेको बेला प्रतिष्ठानका चिकित्सक नेपालगञ्ज आई बिरामीको उपचार गरेका थिए। 

सघन उपचार विशेषज्ञ डा गिरीको नेतृत्वमा स्वास्थ्यकर्मी आई नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको उपचार गरेका थिए। यस्तै रुकुममा डा अनुपमङ्गल समाल, मुगुमा डा सिद्धार्थ खातीले कोरोना महामारीमा उपचार गरेको थियो।

प्रतिष्ठानका उपकुलपति डा रावलले कर्णालीमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा प्रतिष्ठानले कर्णालीको जनताको मानव विकास सूचाङ्कमा परिवर्तन गर्न सकिने बताउँछन्।

प्रतिष्ठानमा चिकित्सकका लागि राम्रो बस्ने सुविधा छैन। तैपनि चिकित्सकले डेरामा बसेर कर्णालीका जनतालाई सेवा दिइरहेका छन्। यस्तै इन्टरनेट सेवा र विद्युत् सेवाको समस्या पनि जुम्लामा त्यत्तिकै रहेको छ।

विद्युत् नहुँदा जेनेरेटरको भरमा अस्पताल सञ्चालन गर्नुपरेको प्रतिष्ठानका उपकुलपति डा रावलले बताए। यस्तै इन्टरनेटका लागि फाइवर दैलेखसम्म मात्र बिछ्याइएको छ। जसले गर्दा जुम्लामा राम्रोसँग इन्टरनेट सेवा पुगेको छैन।

यस्तै बजेट अभावले चिकित्सकले उपचार गर्नका लागि आवश्यक उपकरणको पनि अभाव रहेको छ। उपकरण उपलब्ध गराउन प्रतिष्ठानले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा जानकारीसमेत गराइसकेको छ। 

चिकित्सकलाई पर्याप्त सुविधा नहुँदा उनीहरुलाई कर्णालीमै टिकाउन भने समस्या रहेको छ। चिकित्सकका बालबालिकलाई पढाउन राम्रो स्कूल, कलेजलगायत अन्य सुविधा नहँदा चिकित्सकलाई टिकाउन गाह्रो भएको उपकुलपति डा रावलले बताए।  

अन्य प्रतिष्ठानको भवन संरचना तयार भइसकेपछि सञ्चालनमा आउने गर्दछ। तर कर्णाली प्रतिष्ठान भने भवन बन्दै गरेको अवस्थाबाट नै सञ्चालनमा आएको छ। अझै भवन बन्न केही समय लाग्छ। अहिले शैक्षिक भवन नबन्दा स्थानीयवासीको घर भाडामा लिएर कक्षा सञ्चालन, प्रयोगशाला र चिकित्सकको आवासीय कक्ष बनाइएको उहाँ बताउँछन्।

कर्णाली प्रदेशका प्रदेश सांसद नरेश भण्डारीले प्रतिष्ठान स्थापना भएसँगै कर्णालीमा स्वास्थ्य युगको सुरुआत भएको बताए। उनले प्रतिष्ठान कर्णालीका विकास मोडल भएको भन्दै पिछडिएको क्षेत्रको लागि युगान्तकारी परिवर्तन भएको बताए। 

“पहिले नेपालगञ्ज र सुर्खेतमा बिरामी पठाउने कर्णालीले अहिले आएर त्यहाँ चिकित्सक पठाउने भएको छ”, उनले भने, “कर्णालीका जनताले स्वास्थ्य सेवा मात्र पाएका छैनन्। कर्णलीले चिकित्सक पनि उत्पादन गर्न थालेको छ।”

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ०९:२३
प्रतिक्रिया दिनुहोस्
थप समाज
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न मंगलबार, वैशाख २३, २०८२
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन शनिबार, वैशाख २०, २०८२
ललितपुरमा शुरु भयाे जात्रा
ललितपुरमा शुरु भयाे जात्रा शनिबार, वैशाख २०, २०८२
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर बुधबार, वैशाख १७, २०८२
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति सोमबार, वैशाख १५, २०८२
बस सञ्चालनपछि छायाे खुशीयाली
बस सञ्चालनपछि छायाे खुशीयाली बुधबार, वैशाख १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ४ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ५ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्