Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सफलता, सिकाइ र अनुभवबाट उठेर विपद्मुक्त मुलुक बनाउन राष्ट्रपतिकाे आह्वान
सफलता, सिकाइ र अनुभवबाट उठेर विपद्मुक्त मुलुक बनाउन राष्ट्रपतिकाे आह्वान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, मंसिर २२, २०७८

काठमाठौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डारका रुपमा काम गर्ने बताएको छ । 

भूकम्पपछिको पुनःनिर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आयोजित अन्तर्राराष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सफलता, सिकाइ र अनुभवबाट उठेर विपद्मुक्त मुलुक बनाउन आह्वान गरेको हो। 

विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प एवं पटक–पटकका परकम्पले नेपालीलाई विपद्मा पार्नाका साथै पाठसमेत सिकाएको राष्ट्रपति भण्डारीले बताए।

भूकम्पले नभई निर्माण भएका कमजोर संरचनाले क्षति गर्ने भएकाले बलियो पूर्वाधार निर्माण गर्ने अवसरका रुपमा पुनःनिर्माण अवधि उपयोग भएको विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गरे।

“भूकम्पपछि विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा र निजी आवास कहिल्यै नढल्ने गरी बनाउने सङ्कल्प गरेअनुसार काम भएको छ, बाँकी कामलाई पनि अब सम्बन्धित निकायले तोकिएको समयमै सिध्याउनुपर्छ, भूकम्पपछि दुई महिनामै क्षतिको आङ्कलन गर्न सफल भएजस्तै अहिले पुनःनिर्माण पनि सफल भएको छ,” उनले भने।

साढे ६ वर्षअघिको भूकम्पले क्षतिग्रस्त संरचनाको पुनःनिर्माण महाअभियान २०७२ माघ २ गते सुरु भएको थियो । कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले समुदायले स्वामित्व लिने गरी पुनःनिर्माणका काम भएकाले दिगो हुने विश्वास व्यक्त गर्दै विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदाजस्ता संरचना पुनःनिर्माणमा प्राथमिकता दिएर काम भएअनुसार परिणाम प्राप्त भएको भनाइ थियो।

अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनःनिर्माण ९० प्रतिशत सम्पन्न भएको उल्लेख गर्दै निर्माण प्रविधि र क्षमतामासमेत वृद्धि भएको बताउँदै भूकम्पले क्षति भएका निजी आवास यसै वर्ष पुनःनिर्माण सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी पनि उनले दिए। 

श्रव्यदृश्य सन्देशमार्फत भारतीय विदेशमन्त्री एस जयशङ्करले साढे ६ वर्षअघिको भूकम्पले क्षति पुगेका २८ वटा सांस्कृतिक सम्पदा पुनःनिर्माणमा भारतले सहयोग गरेको बताए। विद्यालय भवन, स्वास्थ्य संस्था र पुस्तकालय पुनःनिर्माणमा पनि भारतले सहयोग गरेको उनले सुनाएका थिए। 

श्रव्यदृश्य सन्देशमार्फत नै चिनियाँ विदेश मामिलामन्त्री वाङ यिले भूकम्पको लगत्तैपछिदेखि उद्धार, राहतका समयदेखि नै चीन नेपालको साथमा रहेको उल्लेख गर्दै पुनःनिर्माण सहयोग मिलेको बताए। 

कार्यक्रममा जापानका संसदीय एवं विदेश मामिला र उपमन्त्री होण्डा तारो, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, युरोपियन युनियन विपद् व्यवस्थापनका आयुक्त जनेज लेनार्किकलगायत विकास साझेदार संस्थाका प्रतिनिधिले नेपालमा भूकम्पपछिको पुनःनिर्माण सफल रुपमा अघि बढेको बताएको थियो। 

सम्मेलनमा नेपाल पुनः निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले विश्वका विभिन्न देशका ७०० प्रतिनिधि जुम प्रविधिमार्फत् सहभागी भएको जानकारी दिए। दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँस्वरुप ओमिक्रोनका कारण थोरै मात्र विदेशी विज्ञ भौतिक रुपमा सम्मेलनमा उपस्थित भएका छन्। 

नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि एवं पर्यवेक्षक गरी १०० जना विदेशी नागरिक पनि भौतिक रुपमा ह्यात होटलमा जम्मा भएका छन्।

सम्मेलनमा उद्घाटन र समापनसहित २० वटा सत्र रहनेछन् । ‘पुनःनिर्माणबाट उत्थानशीलतातर्फ’ भन्ने नाराकासाथ आयोजना गरिने सम्मेलनमा निजी आवास, सांस्कृतिक सम्पदा, सार्वजनिक पूर्वाधार पुनःनिर्माण, जीविकोपार्जन तथा आर्थिक पुनःस्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीसमेत आयोजना गरिनेछ।

सम्मेलनलाई लक्ष्यित गरी वेबसाइट www.icnr.nra.gov.np निर्माण गरिएको छ। वेबसाइटमा सम्मेलनसम्बन्धी सूचना राखिएको छ । भूकम्पपछि २०७२ साल असार १० गते पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आयोजना गरिएको सम्मेलनकै जस्तो सहभागिता यसपटक पनि जुटाउने तयारी भए पनि ओमिक्रोनका कारण केही प्रभावित हुने भएको छ।

सम्मेलनले नेपाललाई सन् २०३० सम्ममा विपद् जोखिममुक्त देशका रुपमा स्थापित गर्ने लक्ष्यलाई पूरा गर्न सहयोग गर्ने विश्वास गरिएको छ। प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणका अनुभव र सिकाइ भावी पुस्तालाई हस्तान्तरण गर्न अभिलेखीकराणको कामसमेत गरेको छ। सम्मेलन सफल बनाउन प्राधिकरणले ध्यान केन्द्रित गरेको जनाएको छ।

आगामी पुस ९ गते ६ वर्षे कार्यकाल सक्न लागेको प्राधिकरणले पुनःनिर्माणका बाँकी काम विषयगत कार्यालयलाई हस्तान्तरण गरिसकेको छ। प्राधिकरणले नै गरिरहेका केही काम भने त्यस अवधिमै सक्ने गरी तयारी भए पनि त्यो सम्भव नहुने देखिएको छ । प्राधिकरणले अहिले लेखापरीक्षणको कामसमेत गराइरहेको जनाइएको छ।

सम्मेलनमा राजनीतिक दल, सञ्चारकर्मी र दातृ निकायले भूकम्पपछिको पुनःनिर्माणलाई कसरी हेरेका छन् भनी छुट्टाछुट्टै सत्र राख्न लागिएको छ। सम्मेलनमा विषय विज्ञ, स्वदेशी तथा विदेशी पाहुना एवं विभिन्न सङ्घ संस्थालाई आमन्त्रण गरिएको छ। सम्मेलनमा प्राधिकरणले गरेका कामका विषयमा पनि छुट्टै सत्रको आयोजना गरिएको छ।

सम्मेलनले नेपाललाई विश्वमा प्रवद्र्धन गर्नसमेत सहयोग गर्ने आशा गरिएको छ। सम्मेलनलाई लक्ष्यित गरी सार्वजनिक गरिएको वेबसाइटमा कार्यक्रमसम्बन्धी महत्वपूर्ण सूचना एवं गतिविधि समावेश गरिएको छ। विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण भत्केका संरचना पुनःनिर्माणका लागि त्यसै वर्ष पुस १० गते प्राधिकरण स्थापना भएको हो। 

स्थापनाअघि विसं २०७२ असार १० गते सहयोग जुटाउन आयोजना गरिएको सम्मेलनमा ४ खर्ब १० अर्ब वैदेशिक सहयोगको प्रतिबद्धता भएको थियो। राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउदा पुनःनिर्माणका लागि वास्तविक प्रतिबद्धता रकम ३ खर्ब २१ अर्ब रहेको प्राधिकरणले जनाएको छ। यसमध्ये ३ खर्ब १३ अर्बको सम्झौता भइसकेको छ । यो कूल वास्तविक प्रतिबद्धता रकमको ९७।५ प्रतिशत हो।

प्राधिकरणमार्फत् हालसम्म ७ लाख ५९ हजार ७१० घर पुनःनिर्माणको चरणमा रहेको छ भने ८ लाख ६६ हजार २०७ जना भूकम्पपीडित प्राधिकरणको लाभग्राही सूचीमा छन् । ८ लाख २७ हजार ३४० जना पीडितले घर पुनःनिर्माणका लागि सम्झौता गरिसकेका छन् । लाभग्राही सूचीमा परेकाले भूकम्प प्रतिरोधी घर पुनःनिर्माणका लागि अनुदानस्वरुप ३ लाख तीन किस्तामा पाउँछन्।

साढे छ वर्षअघिको भूकम्पले करिब नौ हजारको ज्यान लिएको थियो । २२ हजार जना घाइते भएका थिए । करिब ९ लाख निजी आवासमा क्षति पुगेको थियो। भूकम्पले एक हजारभन्दा बढी सांस्कृतिक सम्पदा भत्काएको थियो। भूकम्पले जनसङ्ख्याको एक तिहाइलाई प्रभावित बनाएको थियो ।     

 
 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १७:५६
प्रतिक्रिया दिनुहोस्
थप समाज
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द बुधबार, जेठ २७, २०८३
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः २ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः ३ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ४ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
  • नंः ५ उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्