Top Navigation
Main Navigation
शनिबार, असार २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भ्रूणहत्या रोक्न कस्सिए आमाहरू
भ्रूणहत्या रोक्न कस्सिए आमाहरू
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, पुस २, २०७८

देउखुरी । घोराही–१५ की एक महिलाका तीन छोरी छन्। पहिलो छोरी जन्मिँदासम्म घरपरिवार  लक्ष्मीको आगमन भएको भनेर खुशी भए। दुई वर्षका फरकमा अर्की छोरीको जन्म भयो, त्यसपछि उनलाई घरपरिवार र छरछिमेकीले फेरि पनि छोरी पाई भनेर अलि फरक व्यवहार गर्न थाले। अर्को दुई वर्षपछि उनको पुनः गर्भ रह्यो। सन्तान पेटमा आएपछि उनले जन्माउने विचार गरे तर घरपरिवारले गर्भ हेरेर छोरी भए फाल्ने र छोरा भए राख्ने सल्लाह दिए तर उनले छोरा, छोरी जे भए पनि जन्माउने विचार गरे। छोरी नै जन्मिइन्।

तेस्रो सन्तान छोरी जन्मिँदा उनलाई सासूससुराले विभिन्न लाञ्छना लगाएको उनलाई ताजै जस्तो लाग्छ। “श्रीमानले कहिल्यै नराम्रो गर्नुभएन”, उनले भने, “घोराहीमा स्थापना भएको ‘सामाजिक रुपान्तरणका लागि महिला मञ्च’ मा आबद्ध भएपछि घरपरिवारले गर्ने व्यवहार नै फरक पाएँ।” आफ्नो वंश नाश हुने जनाउँदै दोस्रो बिहे गर्न दबाब दिने सासूससुराको धारणामा पनि परिवर्तन आएको उनी बताउँछन्। अहिले उनकी जेठी छोरी अमेरिकामा छिन् भने माहिली छोरी दाङमै नर्सिङ अध्ययन गर्दैछिन्। कान्छी १० मा पढ्दैछिन्। छोरा र छोरीबीच विभेद नगरी समान अवसर दिइएकाले छोरीहरु अगाडि बढ्न सकेको उनी बताउँछन्।

घोराही उपमहानगरपालिका–६ की २५ वर्षीया सुशीला चौधरीले ४ पटक गर्भपतन गराए।  दुई छोरी पाएपछि अर्को पनि छोरी हुने डरले गत मङ्सिरमा उनी मेरी स्टोप्स सेन्टरमा गर्भपतन गराएर फर्किए। दुई छोरी जन्माइसकेका सुशीलाले अर्को सन्तान पनि छोरी हुने डरले यसो गरिएको बताए। 

पहिलो पटक गर्भपतन गर्दा खासै असर नभए पनि दोस्रो पटकमा भने गर्भपतनपछि अत्यधिक रक्तस्राव भएको थियो। “हामीलाई (छावा)छोरा चाहिएको थियो, बजार गएर मेसिनमा हेर्याै, (छाइ) छोरी  रैछ, फालेर आयौँ” उनले भने। श्रीमानसँगै स्वास्थ्य संस्था पुगेका चौधरीले श्रीमानको सहमतिमा गर्भपतन गराइएको बताउँछन्। 

Nepal Oil Corporation

श्रीमान् घरको एक्लो छोरा भएको र उनले जसरी भए पनि छोरा चाहिन्छ भनेर कर गरेकाले पटकपटक गर्भ परीक्षण गर्दै छोरी देखिएपछि गर्भपतन गराइएको उनले स्विकारे। गर्भपतनबाट सुशीलाको शरीर कमजोर भइसकेको छ, जिउमा हाड र छाला मात्र बाँकी छ तर पनि श्रीमानले छोरा जन्माउने आशा अझै मारेका छैनन्।

घोराही-१४ का २६ वर्षीया अर्की महिलाले गत वर्ष भारतको लखनउमा गएर आफ्नो गर्भपतन गराए।  पहिलो सन्तान छोरी थियो। गर्भमा छोरी भएको जानकारी पाएपछि उनीसँंग उनकी आमाले साथमै लगेर  गर्भपतन गराएको थियो। आमाले नातिको चाहना गरेकाले उनको मनको इच्छा पूरा गर्न गर्भमा छोरी छ भन्ने थाहा पाएपछि गर्भपतन गराइएको उनले बताए। “हामी चार दिदीबहिनीका छोरी मात्रै छन्। त्यसैले आमाले गर्भपतन गरेर भए पनि नाति चाहिन्छ भनेकाले उनको इच्छा पूरा गर्न यसो गरिएको हो। छोरो पाउने आशा गरेका थियौँ, डाक्टरले छोरी छ भन्यो, अनि फाल्यौँ” उनले भने।

दाङलगायत नजिकका जिल्लामा छोरो पाउने आशमा अधिकांश महिलाले गर्भमै छोरीको हत्या गर्न थालेका छन्। आफू मरेपछि किरिया गर्ने, आफ्नो वंश धान्ने र अंश खाने बुढेसकालको सहारा छोरो हो भन्ने जनाउँदै मानिसमा भ्रूण हत्या गर्ने चलन निकै बढेको अधिकारकर्मी सुशीला आचार्यले बताए। 

पछिल्लो समय “छोरी पराइ घर जान्छे, छोरो बुढेसकालको सहारा बन्छ” भन्ने जस्ता सोच र  मान्यता राखेर परिवारको दबाबमा वा आफूखुशी आमाहरूले गर्भमै लिङ्ग पहिचान गरी छोरी भए गर्भपतन गराउने गरेको उनको भनाइ छ। प्रायः दुई वा सोभन्दा धेरै छोरी भएका महिलाले गर्भको पहिचान गर्ने र छोरी भए जन्माउन नचाहने गरेका छन्।

अवसर पाए छोरीहरू छोरा जस्तै काम गर्न सक्छन् र उनीहरू पनि समाजका लागि उत्तिकै जिम्मेवार हुन सक्छन् भनेर सचेतना जगाई भ्रूणहत्या रोक्न दाङमा चार वर्षअघि छोरीका आमाहरूको समूह नै गठन भएको छ। छोरी पाएकै कारण समाजमा आउने विभिन्न लाञ्छना र विभेदविरुद्ध आवाज उठाउन ‘सामाजिक रुपान्तरणका लागि महिला मञ्च’ नामको संस्था ३२ आमाको संलग्नतामा खोलिएको हो। छोरीका आमाहरूको आत्मबल बढाउन र छोरीको महत्वका बारेमा छलफल गर्नका लागि समूह खोलिएको संस्थाका संस्थापक अध्यक्ष गोमा महराले जानकारी दिए।

छोरी मात्रै जन्माएका आमा सङ्गठित भएमा परिवार र समाजबाट आउने दबाबविरुद्ध आवाज उठाउन सजिलो हुने हुनाले  समूह गठन गरिएको दुई छोरीका आमा महराले बताए। मञ्चमा प्रत्येक महिना बैठक बसेर आमाहरूका गुनासा र समस्याका बोरमा छलफल हुन्छ। छोरी छोराभन्दा कम छैनन् र सन्तान बराबरी हुन् भन्ने सन्देश दिइने र  लिङ्ग पहिचान गरेर गर्भपतन गर्नुहुँदैन भन्नेबारेमा छलफल हुने गरेको अधिवक्ता महराले बताए। 

“आमाहरू नै सक्रिय भएर छोराछोरीमा  विभेद गर्नुहुँदैन भन्ने ज्ञान बाँड्न थालेका छौँ”, उनले भने।  पढेलेखेकाहरुले पनि छोरा र छोरीमाथि विभेद गर्दा छोरीहरू जन्मिन नपाउँदै गर्भमा मर्ने गरेको अवस्था थियो। गर्भमा भ्रूण राख्ने आमाहरू अब परिवार वा समाजमा आउने विभिन्न खालका आरोप र अपमान सामना गर्न सक्ने भएका छन्।

छोरी मात्रै भएका परिवारलाई समाजले हेर्ने दृष्टिकोण फरक भएकाले सङ्गठित रुपमा आवाज उठाउँदा सुनुवाइ हुने देखेर मञ्च स्थापना गरिएको संस्थाका सचिव सुविता आचार्यले बताए। संस्थाको स्थापनापछि कुनै सदस्यलाई समस्या परेका बेला सबै मिलेर आआफ्ना क्षेत्रबाट सहयोग गर्ने गरेको र लैङ्गिक समानताका विषयमा बेलाबेलामा कक्षा पनि सञ्चालन गर्ने गरिएको दुई छोरीकी आमा उनले बताए। 

वरिष्ठ स्टाफ नर्स राधा पौडेल भन्छन्, “छोराको चाहनामा पटकपटक गर्भपतन गर्ने महिलाको सङ्ख्या दिनदिनै बढेको छ, पटकपटक गर्भपतन गर्दा महिलाको स्वास्थ्यमा गम्भीर असर देखिएको छ। पाठेघरमा घाउ हुने, अत्यधिक रक्तश्राव हुने र पाठेघर पातलो भएर तल झर्ने जस्ता गम्भीर समस्या लिएर महिलाहरू स्वास्थ्य संस्थामा आउने गरेका छन्। धेरै महिलाले आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर परिवारको दबाबमा परी गर्भपतन गराउने गरेका छन्।” छोरालाई प्राथमिकता दिँदा छोरीहरू गर्भमै मारिने गरेकामा पौडेलले चिन्ता व्यक्त गरे। “महिलाहरू आफ्नो स्वास्थ्य जोखिममा राखेर जीवनमरणको अवस्थामा पुग्ने गरेका छन्”, पौडेलले भने।

एक ठाउँमा भिडियो एक्सरे गर्ने र अर्का ठाउँमा गएर गर्भपतन गर्ने गरेको नेपाल परिवार नियोजन सङ्घ दाङका डा अमित लामगादे बताउँछन्। सङ्घमा सेवा लिन आउनेहरुले गर्भपहिचान गरेको कुरा लुकाउने गरेको उनको भनाइ छ। अनिच्छित गर्भ रहेमा आफूखुशी औषधि किनेर खाँदा सन्तान आधा निस्कने र आधा भित्रै रहेर रगतका धारा बगाउँदै अवस्थामा सङ्घमा आउने गरेको उनले बताए। उनका अनुसार पटकपटक गर्भपतन गर्दा पाठेघरमा घाउ हुने, सङ्क्रमण हुने र निरन्तर रक्तश्राव हुने जस्ता जोखिम लिएर परिवार नियोजन कार्यालयमा महिलाहरू आउने गरेका छन्।

घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देलले गर्भमा भएको सन्तानको लिङ्ग पहिचान गरेर गर्भपतन गरेको कुनै पनि घटनाको उजुरी आफूकहाँ नपरेको जानकारी दिए। उनका अनुसार व्यक्तिगत गोपनीयता हो या कुन कारण हो, यस्ता घटना समितिमा आएको छैन।

उपमहानगरपालिकामा रहेका टोल समिति र आमा समूहलाई लैङ्गिक समानतासम्बन्धी तालिम दिने गरिएको उनले बताए। “छोरा र छोरीका बीचमा विभेद गर्नुहुँदैन र छोरीलाई पनि छोरासरह समान अवसर दिनुपर्छ भन्ने सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौंँ”,  न्यायिक समितिका संयोजक सिग्देलले भने। आफू उपप्रमुख भएको चार वर्षमा लिङ्ग पहिचान गरेर गर्भपतन गरेको घटना समितिमा दर्ता नभएका कारण यससम्बन्धी कुनै नीति कार्यक्रम र योजना नबनाइएको उनको भनाइ छ। 

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन, २०७५ ले गर्भवतीलाई गर्भको लिङ्ग पहिचान गर्न त्रास देखाई वा करकाप गरी, धम्की दिई वा ललाइफकाई  प्रलोभन वा  अनुचित प्रभाव र झुक्यानमा पारी, जोरजुलुम गरेर दबाबमा पार्न नहुने व्यवस्था गरेको छ। यदि यस्तो गरेमा मुलुकी अपराधसंहिता २०७४ ले गर्भको अवधिअनुसार एक वर्षदेखि पाँच वर्षसम्मको कैद सजाय र रु  १० हजारदेखि रु ५० हजारसम्मको जरिवाना ताकेकोे छ।

मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट दाङमा आर्थिक वर्ष २०७७/०७८मा २० वर्षमुनिका २९३ जनाले सुरक्षित गर्भपतन गरेका छन्। तीमध्ये १३२ महिलाले औषधिबाट गर्भपतन गरेको तथा  १६१ जनाले औजारको प्रयोग  गरेको जनाइएको छ।  

बीस वर्षमाथिका २ हजार ५३ जनाले सुरक्षित गर्भपतन गरेका छन्। तिनमध्ये १ हजार १७२ ले औषधिबाट गर्भपतन गरेको तथा  ८८१ जनाले औजार प्रयोग गरेका छन्। यसरी १ वर्षमा २ हजार ३४६ जनाले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालय  दाङले जनाएको छ।

चार वर्षका अवधिमा परिवार नियोजन सङ्घका सम्पर्कमा आई गर्भपतन गराउने २ हजार ७८६ छन्।  तिनमध्ये औजारको प्रयोग गर्नेमा १ हजार १९० तथा औषधि प्रयोग गर्ने १  हजार ५९६ छन्। परिवार नियोजन सङ्घ दाङमा चालु आव २०७७/०७८ मा  ४८७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्।

तिनमध्ये २० वर्षमुनिका ३५ र २० वर्षमाथिका ४५२ जनाले सुरक्षित गर्भपतन सेवा लिएको प्रबन्धक वसन्त खनालले जानकारी दिए। राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा ४ वर्षसम्मका बालक १३ लाख १४ हजार ९५७ तथा बालिका १२ लाख ५३ हजार ६ छन्। 

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १५:१८
प्रतिक्रिया दिनुहोस्
थप समाज
साहित्यिक सर्जक प्रकाश कुइँकेललाई संसार राष्ट्रिय साहित्य तारा सम्मान
साहित्यिक सर्जक प्रकाश कुइँकेललाई संसार राष्ट्रिय साहित्य तारा सम्मान शनिबार, असार २१, २०८२
बजार अनुगमनले लियाे तीव्र रूप
बजार अनुगमनले लियाे तीव्र रूप मंगलबार, असार १७, २०८२
सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे
सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे सोमबार, असार १६, २०८२
खाडी मुलुकका उडान रद्द भएपछि विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले
खाडी मुलुकका उडान रद्द भएपछि विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले मंगलबार, असार १०, २०८२
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु शनिबार, जेठ ३२, २०८२
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु शनिबार, जेठ ३२, २०८२
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण बिहीबार, जेठ ३०, २०८२
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए बिहीबार, जेठ ३०, २०८२
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित बिहीबार, जेठ ३०, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः ३ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ बजार अनुगमनले लियाे तीव्र रूप
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्