Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • तीन पर्व, नाम फरक मर्म एउटै 
तीन पर्व, नाम फरक मर्म एउटै 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, पुस ४, २०७८

काठमाडौ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन ॐ कार परिवारभित्रका तीन सम्प्रदायले मनाउने प्रमुख तीन चाड जसको नाम फरक भए पनि भाव भने एउटै छ। खस आर्यले धान्य पूर्णिमाका रूपमा खेतबारीबाट आएका नयाँ धानलगायत अन्नको पूजा आराधना गरेका छन्।

यस दिन नयाँ अन्न कूलदेवतालाई चढाएर कूलपूजा गर्ने परम्परा पनि खसआर्यका धेरै वंशमा हुनेगर्छ। यसअघि नवान्नप्राशन गर्न नपाएकाले आजैका दिन नवान्नप्राशन गर्छन्। धान्य पूर्णिमा पर्व मनाउनुको मुख्य उद्देश्य नयाँ अन्नको पूजा आराधना गर्ने र देवतालाई चढाएर कृतज्ञता ज्ञापन गर्ने शास्त्रीयविधि रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।

खस आर्यका धेरै थर भएका बन्धुबान्धव एकै स्थानमा जम्मा भई कूल पूजा गर्छन्। जसलाई दियाली पनि भनिन्छ। कूलदेवता, इष्टदेवता, ग्रामदेवतालाई नयाँ अन्न चढाएर मात्र आफूले खाने सनातनदेखिको विधिका आधारमा यो पर्व मनाउन थालिएको हो।

यसैगरी नेवार समुदायले आजको दिनलाई योमरी पुन्हि अर्थात् योमरी पूर्णिमाका रूपमा मनाएका छन्। योमरी अर्थात् मनपरेको रोटी पनि नयाँ धानको चामलबाट बनाउने परम्परा रहेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्ग बताउँछन्। 

नेवार समुदायमा पनि धानलगायत यसवर्ष उब्जनी भएको नयाँ अन्नबालीलाई पूजा आराधना गरिन्छ। बिहानैदेखि नेवार समुदायका मानिस स्नान, घरको सरसफाइ गरी योमरी बनाउन थाल्छन्। 

नयाँ धान कुटेर चामलबाट बनाएको पिठोमै योमरी बनाउने गरिन्छ। हिमाल, पहाड, तराई सबैतिरको धान मार्गशीर्ष शुक्ल पूर्णिमासम्म भित्र्याइन्छ। धान भित्र्याएपछि कुनै न कुनै रूपमा भगवान्लाई अर्पण गरेरमात्र खाने परम्पराका आधारमा यी पर्व मनाउन सुरु गरिएको हो। 

नेवार समुदायले आजको दिनलाई ज्यापू दिवसका रूपमा पनि मनाउँछन्। नेवारभित्र पनि विशेषगरी खेतीपातीमा संलग्न हुनेलाई ज्यापू भनिन्छ। उनीहरूले उब्जाएको धानबाट योमरी बनाइने भएकाले आजको दिनलाई ज्यापू दिवसका रूपमासमेत मनाउने गरिएको हो। 

प्रकृतिपूजक किराँतले मनाउने उद्यौलीको भाव पनि नयाँ अन्नको पूजा किराँत समुदायले भने आजको दिनलाई उद्यौली पर्वका रूपमा मनाएका छन्। 

पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उद्यौली पर्व मनाउने गरेका छन्। प्रकृतिपूजक किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उद्यौली सकेला र लिम्बूहरूले चासोक तङनाम पर्वका नाममा उद्यौली धुमधामसँग मनाउने गरेका छन्। 

किराँत संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उद्यौलीका नामले चिनिने बताउँछन्। किराँत समुदायभित्रका फरक–फरक थरले फरक रूपमा मनाउने पर्वको पनि भाव भने एउटै छ।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उद्यौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन्। 

बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ। भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन्। पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ।

ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ। किराँतहरूको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा आज किराँत चाड विशेष रूपमा मनाइएको छ। 

लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँत तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन्। तागेरा निङ्वाफुमाङ्लाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने अनुसन्धाता राई बताउँछन।

पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाच लगायत नाच नाचेर मनोरञ्जन गर्छन्। पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परगत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकूद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ। 

वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उद्यौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन्। जसलाई पर्यावरण अनुकूलता अनुरुपका कामका रुपमासमेत लिइने राईले बताए। जाडोमा तल झर्ने गर्मीमामाथि लेकमा जाने रूपमा पनि उद्यौली र उभौली पर्वलाई लिने गरिन्छ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उद्यौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ। दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन्। 

खसआर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने योमरी पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उद्यौली पर्वको भाव भने एकै छ। 

नयाँ अन्नबाली भित्र्याएपछि आ–आफूले मानेका देवीदेवतालाई चढाएर खाने परम्परागत नियमको पालनामा तीनै पर्व केन्द्रित हुने गरेको छ।

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १९:११
##धान्यपूर्णिमा #योमरीपुन्हि #उधाैलीपर्व
प्रतिक्रिया दिनुहोस्
थप समाज
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द बुधबार, जेठ २७, २०८३
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः २ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः ३ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ४ यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
  • नंः ५ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्