Top Navigation
Main Navigation
बुधबार, जेठ १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, जेठ १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • संरक्षणको पर्खाईमा कालीगण्डकी सभ्यताको महत्वपूर्ण धरोहर ‘केलादीधाम’
संरक्षणको पर्खाईमा कालीगण्डकी सभ्यताको महत्वपूर्ण धरोहर ‘केलादीधाम’
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, पुस २२, २०७८
Api Himal

गण्डकी । स्याङ्जा पाल्पा, तनहुँ र नवलपरासीको सङ्गमस्थल केलादीधाम कालीगण्डकी सभ्यताको केन्द्रका रुपमा परिचित छ। कालीगण्डकी तटीय क्षेत्रअन्तर्गत स्याङ्जाको चापाकोट नगरपालिका ६ मा पर्ने सो स्थान हुँदै पुस्तौंँदेखि कास्की, स्याङ्जा, तनहुँ लगायत आसपासका जिल्लाबाट सर्वसाधारण नुन लिन जाने प्रचलनका कारण पनि तत्कालीन समयदेखि नै यहाँको चर्चा चुलिएको पाइन्छ।

कालीगण्डकीमा वारपार गर्नका लागि प्राचीन समयदेखि नै यहाँस्थित डुङ्गाघाट आसपासको क्षेत्रको नै केन्द्र बनेको थियो। ठाउँ-ठाउँबाट आवतजावतका लागि सर्वसाधारण आउने तथा भेट हुने भएकाले केलादीघाट तत्कालीन सूचनाको केन्द्र जस्तै बनेको थियो। 

वैशाख सङ्क्रान्ति, माघे सङ्क्रान्ति या अन्य विभिन्न चाडपर्व र तिथिमा सो घाटमा आएर स्नान गरे पुण्य सञ्चय हुने विश्वास रहेको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधाम संरक्षण समितिका सचिव घनश्याम खनालले बताए। 

प्रकृति र संस्कृतिको अनुपम सङ्गम सो स्थलमा मुक्तिनाथदेखि बगेको कालीगण्डकीले शीतलता प्रदान गरेको छ नै, वरपर डाँडाले घेरिएको यस सुन्दर क्षेत्रमा आउने जोकोही लोभिने गरेका छन्। विभिन्न धर्मग्रन्थमा यहाँको महिमा र गरिमा चर्चा गरिनाले पनि यस धार्मिक-पर्यटकीय तीर्थस्थलको विशिष्टता झल्काएको सचिव खनालले बताए। 

Nepal Oil Corporation

शालिग्राम पाइने विश्वको एक मात्र नदी कालीगण्डकीका किनारमा रहेको सो स्थानको आध्यात्मिक रुपमा पनि विशेष महत्व रहेको छ।  उनले सो धामको दर्शन गर्न नसक्नेले नाम उच्चारण गर्दा पनि पुण्य मिल्ने जनविश्वास रहेको बताए। 

प्राचीन धर्मग्रन्थ ‘बराह पुराण’मा ‘स्नात्वा समीपतीर्थे तु कृष्णगङ्गोद्भवे सदा। एवं नित्यप्रसक्तो हि कुरुते द्रव्यगर्वितः’ उल्लेख गरी कालीगण्डकी र त्यसका नजिकका तीर्थमा गरिने स्नानको महत्व सम्बन्धमा प्रकाश पारिएको छ। 

अहिंसालाई सर्वोपरि राख्ने निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठका रुपमा यहाँस्थित राधादामोदर निम्बार्क पीठ रहनाले पनि यहाँको महत्व बढाएको समितिका अध्यक्ष लेखनाथ बस्ताकोटीले बताए। “वैष्णव सम्प्रदायसँगै विभिन्न स्थानबाट धार्मिक पर्यटकहरू केलादीधाम आउने गरेका छन्”, उनले भने, “धार्मिक तथा ऐतिहासिक धरोहर यस धाममा भौतिक पूर्वाधार र विकास भने अपेक्षित हुन सकेको छैन।”

यस क्षेत्रलाई महत्वपूर्ण तीर्थस्थलका रुपमा विकास गर्ने उद्देश्यका साथ एक दशकअघि गरिएको महायज्ञबाट सङ्कलित ६८ लाखबाट पूर्वाधार विकासका कामलाई प्राथमिकताअनुसार बढाउन थालिएको हो। सचिव खनालका अनुसार यहाँस्थित पुरानो मन्दिर पुनःनिर्माण गरिएको छ। 

प्राचीनकालदेखि नै पूजाआजा गर्दै आइएको यहाँस्थित राधादामोदर मन्दिर २०१३ सालमा पुनःनिर्माण गरिएको थियो। झण्डै ६ दशकपछि मन्दिर जीर्ण बनेपछि स्थानीयवासीको सक्रियतामा २०७० मा निर्माण थालेर २०७४ सालमा पुरानै शैलीमा निर्माण गरिएको हो। 

छाने र गुम्बज शैली सम्मिश्रण गरी बनाइएको नयाँ मन्दिरमा २०७५ साल वैशाख पूर्णिमादेखि पूजाआजा गर्ने गरिएको छ। मन्दिर पुरानै स्वरुपमा निर्माण गर्नका लागि काठमाडौदेखि कालिगढ मगाइएको समितिले जनाएको छ। मन्दिर निर्माणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट विसं २०६६ देखि २०७४ सम्म पटकपटक गरी ६५ लाख सहयोग प्राप्त भएको थियो। 

केलादीधामको ऐतिहासिक एवम् धार्मिक महत्वलाई दृष्टिगत गरी शहरी विकास विभागद्वारा पूर्वाधार विकासका लागि १४ करोडको लागत अनुमानसहित गुरुयोजना तयार गरिएको सचिव खनालले जानकारी दिए। मन्दिर परिसरमा हाल महन्त निवास, भान्छाघर, हवनकुण्ड, प्रवेशद्वार आदि पूर्वाधार निर्माण भइसकेको तथा निम्बार्क समुदायको पहिचानस्वरुप निम्बार्क स्तम्भ निर्माण गर्ने काम भइरहेको छ। 

गुरुयोजनाअन्तर्गत केलादीधाममा वाचनालय, विभिन्न कुण्ड, अतिथि निवास, गुरुकुल पाठशाला, ज्येष्ठ नागरिक ग्रामअन्तर्गत २० आवास भवन निर्माण गरिने छ। यहाँ नै नेपाल संस्कृत विश्वविद्यालय, राधादामोदर संस्कृत विद्यापीठ मातहत योग तथा प्राकृतिक चिकित्साको स्नातक तहको अध्यापन गराउने विषय पनि चर्चामा रहेको सचिव खनालले जानकारी दिए। 

पौराणिक महत्वका हिसाबले यस क्षेत्रको अपेक्षित विकास हुन नसकेको चापाकोट नगरपालिकाका नगर प्रमुख शिवकुमार गिरीले बताए। “केलादीधामको विकास हाम्रो प्राथमिकतामा छ, सीमित बजेटका कारण अपेक्षित काम गर्न सकेका छैनौंँ”, उनले भने, “सम्बद्ध सबैको साथ र सहयोगमा यस क्षेत्रलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्नेतर्फ लाग्नु जरुरी छ।”

यहाँ निर्मित राधादामोदरको मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। यहाँ विशेषगरी महत्वपूर्ण तिथिमितिका साथै बिदाका दिन यहाँ अवलोकन गर्ने र तस्बिर खिंचाउन आउनेको लर्को लाग्छ। शीतल हावासँगै मन्दिर दर्शन र अवलोकन गर्न जानेक्रम विस्तारै बढ्दो छ। 

कालीगण्डकी तटमा रहेकाले पनि पुण्यप्राप्ति गर्ने विश्वासका साथ यहाँ वैशाखे सङ्क्रान्ति, माघे सङ्क्रान्ति, एकादशी जस्ता पर्वमा स्नान गर्न आउनेको भीड लाग्छ। दिवङ्गत व्यक्तिलाई केलादीघाटमा अन्तिम संस्कार गरेमा उनीहरूको आत्माले शान्ति मिल्ने र वैकुण्ठबास हुने विश्वासका कारण टाढाटाढाबाट शव ल्याइने गरेको स्थानीयवासी बताउँछन्।

राधादामोदर मन्दिरका नाममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरमा गरी करीब १८५ रोपनी जग्गा छ। यस क्षेत्र स्याङ्जाको चापाकोट नगरपालिकाअन्तर्गत वडा नं ६ मा रहे पनि संरक्षण, रेखदेख, भौतिक संरचना निर्माणलगायत क्षेत्रमा पाल्पा, रामपुर नगरपालिका र तनहुँ घिरिङ गाउँपालिकावासीले सहयोग गरिरहेका छन्। 

केलादीधामको आन्तरिक व्यवस्थापनका लागि नगर र वडास्तरबाट समयसमयमा बजेट उपलब्ध गराउँदै आइएको चापाकोट–६ का वडाध्यक्ष एकदेव भट्टराईले  बताए। उनका अनुसार कालीगण्डकी सभ्यताको महत्वपूर्ण गन्तव्यका रुपमा यहाँको विकास हुने सम्भावना छ।

आवश्यक पूर्वाधार विकाससँगै राम्रो प्रवद्र्धन भएमा यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने उनको भनाइ छ। केलादीधामको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न स्थानीय तहका तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता उनले व्यक्त गरे।

यहाँस्थित पुरानो राधादामोदर मन्दिर जीर्ण बनेपछि सोही शैलीमा नयाँ मन्दिर निर्माण गरिए पनि परिसरमा रहेको प्राचीन सत्तल यतिखेर जीर्णोद्धारको पर्खाइमा छ। विसं २००८ मा प्राचीन शैलीमा निर्मित ९ कोठासहितको चार तले सत्तल २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त बनेको छ। दर्शनार्थी तथा बटुवा बस्ने सत्तलको पुरानै स्वरुपमा निर्माण गर्न गण्डकी प्रदेश सरकारसँग ३ वर्षअघि नै निवेदन प्रस्तुत गरिए पनि कार्यान्वयन बढ्न नसकेको सचिव खनालले जानकारी दिए।

ज्येष्ठ नागरिकका लागि मन्दिर आसपासमा विगतमा १२० सङ्ख्यामा कुटी रहेकामा हाल २० मात्रै छन्। विगतमा यहाँका कुटीमा झण्डै १५० ज्येष्ठ नागरिक बस्थे। पछिल्ला वर्ष कुटी भत्कने, ज्येष्ठ नागरिक क्रमशः दिवङ्गत हुँदै जाने र पूर्वाधार विकास पनि अपेक्षित रुपमा नभएका कारण  तिनको सङ्ख्या घट्दै गएको स्थानीयवासीले बताए। शहरी विकास विभागको गुरुयोजनाअन्तर्गत भान्छाघर, शौचालय तथा आवास कोठासहितका अर्को २० कुटी निर्माण गर्ने योजना अघि सारिएको  छ।

केलादीधाममा २०३७ साल वैशाख १ गतेदेखि २०७६ चैतसम्म चौबिसै घण्टा अखण्ड कीर्तन गरिन्थ्यो। कीर्तन सञ्चालनका लागि प्रत्येक दुईदुई घण्टाका लागि ४/४ व्यक्ति खटाइन्थ्यो। अखण्ड कीर्तन सुरु गरिएको पहिलो वर्ष स्थानीयवासीले सहयोग गरेकामा २०३८ देखि २०४५ सालसम्म त्यहाँ सहभागी बन्नेलाई मासिक जनही १५  प्रोत्साहनस्वरुप प्रदान गरिन्थ्यो। त्यसपछि भने २५० बनाइएको थियो। जनशक्ति अभावका कारण हाल कीर्तन दैनिक १२ घण्टा मात्र हुन्छ। 

राधादामोदर मन्दिरकै नामबाट २०३८ सालमा स्थापित राधादामोदर संस्कृत माविले यस क्षेत्रको शैक्षिक विकासमा ठूलो योगदान पुर्याएको छ। मन्दिरकै नामबाट उच्च शिक्षा समेतलाई लक्ष्य गरी विसं २०५१ मा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत स्थापित राधादामोदर संस्कृत विद्यापीठमा शास्त्री तहसम्मको पठनपाठन भइरहेको छ। 

नेपाल संस्कृत विश्वविद्यालयको ६५औंँ र ७०औंँ विश्वविद्यालयसभाले विद्यापीठलाई आङ्गिक बनाउने निर्णय गरे पनि कार्यान्वयन नहुँदा सञ्चालनमा हम्मेहम्मे परेको छ। विश्वविद्यालयबाट एक शिक्षक काजमा दिनेबाहेक अन्य कुनै व्यवस्था नगरिएका कारण स्थानीय स्रोतबाटै सञ्चालन गर्न समस्या परेको र विश्वविद्यालयले दिने गरेको छात्रवृत्ति पनि उपलब्ध गराउन नसकिएको जनाइएको छ। विद्यापीठमा हाल ७१ विद्यार्थी अध्ययनरत छन्।

केलादीधाममा गाई संरक्षणका लागि २०१३ सालदेखि नै गौशाला थियो। विगतमा सयौंँ गाई रहे पनि चरन अभाव आदिका कारण हाल ३० मात्र छन्। मन्दिरले गाईको हेरचाहका लागि स्थानीयवासी दुई कर्मचारी व्यवस्था गरेको छ।

कालीगण्डकी सभ्यताको महत्वपूर्ण गन्तव्य केलादीघाटलाई धार्मिक– पर्यटकीय तीर्थस्थलका रुपमा विकास गर्ने प्रचुर सम्भावना रहेको पर्यटन व्यवसायी एवम् नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स९नाट्टा० गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल बताउँछन्।

“पौराणिक रुपमा उल्लिखित कालीगण्डकीको महिमाका साथै जोडिएका तीर्थस्थल सम्बन्धमा रहेका कथा सुनाएर यी स्थलको महत्व प्रचार गर्नु जरुरी छ”, उनले भने, “आउने धार्मिक पर्यटकलाई लक्ष्य गरी  बस्ने, खाने जस्ता पूर्वाधार विकास गर्नु आवश्यक छ।” नदी किनारमा बालुवाले भरिएका स्थानमा समयसमयमा बीच भलिबल जस्ता प्रतियोगिता तथा अन्य साहसिक पर्यटनका अन्य गतिविधि पनि विस्तार गर्न सकेमा यसको प्रवद्र्धनमा सहयोग पुग्ने उनले बताए। 

पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरका सचिव घनश्याम खनाल नेपालका निम्बार्क सम्प्रदायका व्यक्तिको प्रमुख तीर्थ केलादीधामको प्रचारप्रसारसँगै आसपासका पहुँचमार्गलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिन्छन्। “केलादीधामको महिमा सुनेर आउने धार्मिक पर्यटकलाई लक्ष्य गरी धाम परिसरमा भौतिक पूर्वाधार विकासलाई जोड दिनुपर्छ, यसलाई कालीगण्डकी सभ्यताको एउटा महत्वपूर्ण धरोहरका रुपमा प्रवद्र्धन गर्न सकिन्छ ”, उजले भने।

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १८:१०
##Keladidham
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
विवाह गर्न गएका दुई युवती बिचल्लीमा
विवाह गर्न गएका दुई युवती बिचल्लीमा मंगलबार, वैशाख ३०, २०८२
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन सोमबार, वैशाख २९, २०८२
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला सोमबार, वैशाख २९, २०८२
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान सोमबार, वैशाख २९, २०८२
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु सोमबार, वैशाख २९, २०८२
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र सोमबार, वैशाख २९, २०८२
कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन सोमबार, वैशाख २९, २०८२
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
  • नंः २ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ३ कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
  • नंः ४ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ५ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्