काठमाडौ । नेपाल अडिटर्स एशोसिएसन (अडान) को सातौं राष्ट्रिय महाधिवेशन पछिको दोश्रो केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ।
उक्त दोश्रो केन्द्रीय कार्यसमितिको बैठक अध्यक्ष बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा संस्थाको कार्यालय नयाँबानेश्वर काठमाडौमा भौतिक एबम् भर्चुअल रुपमा सम्पन्न भएको हो।
बैठकमा संस्थाका निवर्तमान अध्यक्ष केदारनाथ पौडेल, सल्लाहकार समितिका संयोजक एवम् पूर्व अध्यक्ष मोहनराज रेग्मी, संस्थापक अध्यक्ष कमल खरेल, विशेषज्ञ समितिका संयोजक सूर्यप्रसाद अधिकारी, केन्द्रीय कार्यसमितिका बरिष्ठ उपाध्यक्ष डा डोलप्रसाद दाहाल लगायत पदाधिकारी एवम् सदस्यहरु, सल्लाहकार समितिका सहसंयोजक डा मोहनकुमार सुबेदी, अनुशासन समितिका संयोजक लक्ष्मणप्रसाद खनाल, लेखापरीक्षक समितिका संयोजक सुनिल आचार्य, आइक्यानमा प्रतिनिधित्व गर्ने पार्षदहरु भरतकुमार श्रेष्ठ, प्रदीपकुमार यादब, हरिबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो।
बैठकमा महासचिव तिलकबहादुर अधिकारीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष आत्माराम चापागाईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन एवम् १३ बुँदे विशेष प्रस्ताबहरु, बिभिन्न समिति, बिभाग गठन एबं कार्य बिभाजन, सचिबालयका निर्णयहरु अनुमोदन र समसामयिक एजेण्डाहरुमाथि व्यापक छलफल गरी सुझावसहित पारित गरेको छ ।
पारित विशेष प्रस्तावहरु
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२ २१:२३