Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • आम्ची उपचार विधिलाई मान्यता दिनु पर्ने विज्ञहरुको सुझाव
आम्ची उपचार विधिलाई मान्यता दिनु पर्ने विज्ञहरुको सुझाव
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, फागुन १८, २०७८

काठमाडौँ । आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड) द्वारा आयोजित परम्परागत आम्ची अभ्यास र आदिवासीको प्रथा जनित व्यवस्थाका बारेमा विज्ञहरूले सुझाव दिएको छ।  

हिमाली क्षेत्रमा परम्परागत औषधी उपचारमा संलग्न रहेको आम्चीहरुको पेसालाई मान्यता दिँदै सुरक्षा गर्न सकेमा त्यसले आदिवासीहरूको परम्परागत ज्ञानका साथै जैविक विविधताको संरक्षणमा सहयोग पुग्ने विज्ञहरूले सुझाव दिएको हो।

उत्तरी गोरखा र उपल्लो मुस्ताङको परम्परागत आम्ची उपचार पद्धतिका बारेमा अनुसन्धान गरेका अध्येयता नरेन्द्र लामाले आफ्नो प्रस्तुतिका क्रममा यस उपचार विधिलाई सरकारले मान्यता दिएको खण्डमा यसले आदिवासीहरूको परम्परागत ज्ञानको संरक्षण गर्ने मात्र नभई त्यस क्षेत्रको जैविक विविधताको संरक्षणमा पनि योगदान पुग्ने बताए । 

"आम्ची उपचार विधि हिमाली क्षेत्रको आदिवासीको परम्परागत ज्ञान हो, यसले त्यस भेगका मानिसहरूलाई सरल र सहज ढङ्गले सेवा दिइरहेको छ।" हिमाली क्षेत्रमा आम्ची परम्परागत उपचार विधि र अभ्यास विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले भने, "पछिल्लो समय सरकारको बेवास्ता, जटीबुटिहरुको अभाव तथा उनीहरूको जीविकाको सङ्कटले गर्दा यो उपचार विधि लोप हुने अवस्थामा छ।" उनले आम्ची उपचार विधि पारिवारिक रूपमा हस्तान्तरण हुँदै आए पनि यसको औपचारिक शिक्षा तथा मान्यताको आवश्यकता औँल्याए थिए। 

आम्ची उपचार विधि हिमाली समुदायका लागि सरल र सुलभ रूपमा उपलब्ध हुने गरेको, सांस्कृतिकरआध्यात्मिक विश्वाससँग जोडिएको तथा कुनै प्रकारको साइड इफेक्ट नहुने हुँदा यस प्रति अझै जनमानसमा विश्वास रहेको उनको भनाई थियो। साथै उनले विभिन्न रोगहरूको उपचार प्रभावकारी रूपमा भएको उदाहरणहरू पनि पेस गरेका थिए। 

सिप्रेडले प्रकाशन गरेको लामा, डा पासाङ शेर्पा र डा पासाङ डोल्मा शेर्पाले गरेको अनुसन्धान पुस्तकमा उत्तरी गोरखाको चुम नुब्री गाउँपालिकामा रहेका आम्चीहरुले प्रयोग गर्ने ५४ थरी जटीबुटिको स्थानीय नाम, वैज्ञानिक नाम तथा उपचार विधिको सङ्कलन गरिएको छ। 

लामाको कार्यपत्रमाथि टिप्पणी गर्दै हिमालयन आम्ची एसोसिएसनका अध्यक्ष ग्याल्चो विष्टले विगतमा सदियौँदेखि नेपालका सबै हिमाली क्षेत्रहरूमा आम्चीले सेवा दिने गरे पनि हाल आएर उपल्लो डोल्पा, उपल्लो मुगु, उपल्लो मुस्ताङ र उत्तरी गोरखा गरी जम्मा चार जिल्लामा मात्र यो उपचार विधि प्रयोगमा रहेको बताए। 

"हामीले लामो समयदेखि सरकारी मान्यताको लागि कुरा गरिरहेका छौं । मङ्गोलिया, तिब्बत, भारतको लद्दाखमा समेत यसलाई सरकारी मान्यता दिइएको छ।" उनले भने, "नेपालमा भने अझै मान्यता पाइएको छैन, त्यसैले हामी एसोसिएसनको तर्फबाट हामी आफैले परिषद् गठन गरेर प्रमाणपत्र वितरण गरेका छौँ।"

कार्यक्रममा वन मन्त्रालयका सहसचिव सिन्धुप्रसाद ढुंगानाले जैविक विविधताको संरक्षण तथा त्यसको उपयोगमा आदिवासी जनजातिहरूको ज्ञान र सीप महत्त्वपूर्ण रहे पनि राज्यले आझै त्यसलाई आत्मसात् गर्न नसकेको बताएका थिए।

"हामीले अन्तर्राष्ट्रिय सन्धिहरुमा हस्ताक्षर चाहि गरेका छौँ, तर त्यसलाई आन्तरिक रूपमा कार्यन्वयन गर्न सकेका छैनौ" उनले भने, "न्तरिक रूपमा ती सन्धिहरुले गरेका ब्यवस्थाहरु लागु गराउनका लागि अझ धेरै काम गर्न बाँकी छ।"

त्यसैगरी वनस्पति विभागकी ज्वाला श्रेष्ठले यस प्रकारको अध्ययन अनुसन्धानले राज्यलाई समेत जैविक विविधता र परम्परागत ज्ञान सीपको पहिचान, मान्यता तथा दस्तावेजीकरणमा सघाउ पुग्ने बताएकी थिइन्। 

कार्यक्रममा चुम नुब्री गाउँपालिकाका वडा अध्यक्ष वीर बहादुर लामाले आम्ची उपचार विधिलाई मान्यताका लागि गाउँपालिकाले ऐन बनाउँदै गरेको बताए भने मुस्ताङको ल-घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले आम्चीलगायतका आदिवासीको परम्परागत ज्ञानको संरक्षण र मान्यताको लागि आफूहरूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

कार्यक्रमको उद्देश्य बारे स्पष्ट पार्दै सिप्रेडकी कार्यकारी निर्देशक डा पासाङ डोल्मा शेर्पाले आदिवासी ज्ञानको अनुसन्धान, दस्तावेजीकरण र त्यसैको आधारमा नीतिगत पैरवी गर्दे आएको बताकी थिइन् भने सिप्रेडका अध्यक्ष डा पासाङ शेर्पाले आदिवासीहरूको प्रथा जनित संस्थाहरूलाई मान्यता दिलाउनका लागि अवसरहरू पनि रहेको बताए। 

मुलुक सङ्घीय संरचनामा गएकाले तीनै तहमा नियम, कानुनहरू बनाउने कार्य भइरहेको हुँदा त्यसमा हस्तक्षेप गर्न सकिए आफ्ना सरोकारहरू केही हदसम्म सम्बोधन गराउन सकिने बताएका हुन्। 

"स्थानीय तहमा केही हदसम्म यसमा सफलता मिलेको पनि छ, केही गाउँ पालिकाले आफ्नो वन ऐनमा आदिवासीहरूले परम्परागत रूपमा व्यवस्थापन गर्दै आएको वनलाई मान्यता दिएका छन् भने केहीले आदिवासीको परम्परागत संस्थाहरूलाई मान्यता दिएको छ।" उनले भने । 

अध्यक्ष डा पासाङ शेर्पाले आम्ची परम्परागत उपचार विधिलाई स्थानीय तहमा स्वीकृति लिएर क्लिनिक सञ्चालन गर्न सकिने गरी हालै मात्र सरकारले निर्णय गरेको र राजपत्रमा समेत प्रकाशित भइसकेको जानकारी दिएका थिए। 

कार्यक्रमको दोस्रो सत्रमा सिप्रेडले नै गरेको विभिन्न ६ वटा परम्परागत संस्थाको अध्ययन प्रस्तुत गरिएको थियो। 

आङ्निमा लामा र सुनिता माझीले प्रस्तुत गरेको उक्त अध्ययनले पनि आदिवासीहरूको परम्परागत संस्थाहरूले जैविक विविधताको संरक्षण र उपयोगमा योगदान दिए पनि त्यसले मान्यता नपाउँदा लोप हुँदै गएको उल्लेख गरिएको छ। 

उक्त कार्यपत्रमा पत्रकार तथा अध्येयता कुमार यात्रुले टिप्पणी गरेका थिए । 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १५:०४
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्