काठमाडौं। परिवर्तन सानो होस् वा ठूलो । परिवर्तन त परिवर्तन नै हो । परिवर्तन चाहनेले आफू र आफ्नो वरिपरि मात्र भएर चित्त बुझाउँदैनन्। सिङ्गो समाज अनि सिङ्गो राष्ट्र नै परिवर्तन भएको देख्न चाहन्छन् । त्यो परिवर्तन रेसुङ्गाका जुँगे साहुजीको नामले व्यापक चिनिएका तिल कुमार थापा यानी तिलक थापाको जीवनमा भयो। त्यो पनि जुँगा पाल्न थालेपछि जीवनमा नपत्याउदो तरीकाले परिवर्तन भएको उनको अनुपम अनुभव छ।
सोही जुँगाको कारण हिजोआज उनी ७७ जिल्लामा नै चर्चित बनेका छन्। काठमाडौंको नयाँ बानेश्वर तीनकुने स्थित सुविधानगरमा रहेको रेसुङ्गा फेमिली रेष्टुरेन्ट एण्ड भोजनालयका जुँगे साहुजी भनेपछि सवैले चिन्ने गरेको छ। अझ धेरैले रेसुङ्गा फेमिली रेष्टुरेन्टलाई जुँगे साहुजीको अर्गानिक खानाको होटल भनेर चिन्ने गरेका छन्। यो परिचय र यो ख्यातिले उनको अर्गानिक खानाको होटलको नाम रोशन भएको छ।
यो अर्गानिक खाना होटलमा अर्गानिक खानाका मिठा परिकार पाइन्छ । यहाँ एक पटक खाना खानेहरु बारम्बार जान पल्किने गरेको छ। यसो हुनुको एउटै कारण यहाँको सफा अनि स्वच्छ अर्गानिक खानाको परिकार नै हो। पश्चिम नेपालको दाङमा रेसुङ्गा फेमिली रेष्टुरेन्टको लागि नै भनेर अर्गानिक कृषि फार्म नै उनको फेमिली बिजनेश पार्टनर इश्वर पौडेलले खोलेका छन्। जहाँवाट उत्पादन भएका अर्गानिक सागसब्जी देखि नेपाली लोकल कुखुरा, बोका देखि खसीसम्म आउने गरेको छ ।
ती स्वच्छ अर्गानिक परिकारका कारण मात्र नभइकन रेसुङ्गा फेमिली खानाको होटल चर्चामा आउनुको पछाडि तिल कुमार थापा यानी तिलक थापाको जुँगा पनि विशेष हो । सात बर्षअघि मात्र अर्गानिक खानाको होटल व्यापार व्यवसायमा लागेपछि मात्र उनले जुँगा पाल्न थालेका हुन्। त्यसयता उनको चर्चाले व्यापक स्थान पाएको हो।
त्यसअघि, उनी नेपाल प्रहरीको सेवामा रहेका पूर्व नेपाल प्रहरी थिए । नेपाल प्रहरीको असई पदवाट १९ बर्षे जागिरे जीवनवाट निवृत भएपछि उनी अर्गानिक खानाको होटल व्यवसायमा आएका हुन्। नेपाल प्रहरीको जागिरे जीवनमा रहदा नेपालको प्रथम राष्ट्रपति डाक्टर रामबरण यादवको सवारी चालक भएर पनि कार्य गरेको गौरबशाली अनुभव उनमा छ। प्रहरी सेवामा रहदा प्रथम राष्ट्रपतिको अलावा डिआइजी, एआइजी लगायतका सवै भिआइपीहरुको सवारी चलाएका उनको प्रहरी जीवन अनुपम मात्र नभइकन अपूर्व नै मानिन्छ ।
प्रहरी सवारी चालक भएकै कारण सवै पार्टीका नेताहरुदेखि पूर्व प्रधानमन्त्रीहरु देखि बर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसम्म उनको चिनजान छ। नेता मात्र नभइकन अभिनेतासम्ममा पनि उनको चिनजान छ। नेपाली चलचित्र उद्योगका बरिष्ठ निर्देशक तुलसी घिमिरे देखि नायक रमित ढुंगानासम्म उनको नजिकता छ। यसअर्थमा निकट भविष्यमा चलचित्रको अभिनयमा समेत आउने उनको सोच र योजना छ। केही दिनअघि मात्र दशैंको एक गीतको म्युजिक भिडियोमा नायक भएर उनले अभिनय गरेका छन्। जुन अत्यन्त समसामयिक मानिएको छ।
नेपाल प्रहरीमा जागिरे हुदा जुँगा नपालेका उनलाई प्रहरी सेवावाट निवृत भएपछि जुँगा पाल्ने रहर एकाएक आएको उनले भनेका छन्। जुँगालाई बडा राम्रोसंग तरीका मिलाएर पालेपछि उनको जुँगाको ग्ल्यामरले उनी अझ बढी चिनिएका हुन्। आफू यति धेरै चर्चाको शिखरमा पुग्नुको पछाडि आफ्नो ग्ल्यामर जुँगा नै भएको उनको जिकिर छ। रामेछाप मन्थली नगरपालिका-६ भलुवाजोरका तिल कुमार थापाको सफलताको रहस्य पत्नी अनिता खत्री थापा अनि दुई छोरी अनुषा थापा र एरियानाको अलावा रेसुङ्गाको बिजनेश पार्टनर इश्वर पौडेल भएको भन्न चुक्दैनन्। पौडेलका पत्नी संगीता डंगोल र छोरी इसिका पौडेललाई पनि उनले सम्झेका छन्।
सवैको साथ तथा सहयोगले आफू यहाँसम्म पुगेको वताउने जुँगे तिलक थापा देशैभर मात्र नभइकन रेसुङ्गा फेमिली अर्गानिक खानाको होटलको विस्तार विदेशमा समेत गर्ने योजनामा छन्। जुन सफल हुने कुरामा उनी ढुक्क छन्। आँट, साहस र धैर्य भएमा सवै कुरामा सफलता मिल्ने उनलाई उनको अनुभवले बताएको छ।

जुँगेको इतिहास र रेसुङ्गाका जुँगे साहुजीको शान तथा गौरबता
इतिहासमा तानाशाहदेखि क्रान्तिकारी, नेता, अभिनेता, वैज्ञानिक, खेलाडीले आकर्षक जुँगा पालेको देखिन्छ। जर्मन तानाशाह हिटलर, भारत आजादमा जुटेका भगतसिंह, महाराना प्रताप, रनवीर सिंहलगायतको जुँगा पनि कुनै समय निकै चर्चामा थियो । इस्ट इन्डिया कम्पनीमा कार्यरत कर्मचारीहरूले जुँगालाई लामो, बाक्लो र कडा पार्न मैन प्रयोग गर्थे ।
यिनै परिवेशबाट नेपालको तराई–मधेसमा पनि पुरुषहरूले लामा–लामा जुँगा राख्ने गरेको कथन छ। पूर्व नेपाल प्रहरी समेत रहेका रेसुङ्गाका जुँगे साहुजी तिलक थापाका अनुसार, कुनैबेला नेपाल प्रहरीको ट्राफिक प्रहरी लगायतमा जुँगा पाल्नेको शान तथा इज्जत बेग्लै हुने गर्दथ्यो।
जुँगे हवल्दार, जुँगे सइ-असई तथा जुँगे इन्सपेक्टरसम्मको नाम चलेको इतिहास पनि छ। जुँगा पाल्नेको प्रमोसन त नेपाल प्रहरीको संगठनमा नभएको बरु, ग्रेड बृद्धि हुने गरेको मात्र थाहा भएपनि आफूले नेपाल प्रहरीको सेवाकालमा जुँगा नपालेको थापाले भनेका छन्। सेवा निवृत भएपछि मात्र जुँगा पालेको बताउने जुँगे थापाको भनाईमा जुँगा ‘शान’ र ‘प्रतिष्ठा’को विषय मात्र नभइकन यो ग्ल्यामर पनि हो। जसको कारण जुँगे थापाले हिजोआज अत्यन्तै नाम तथा प्रतिष्ठा कमाउन सफल भएको यही जुँगाकै कारण हो ।

गिनिज बुक अफ वल्र्ड रेकर्डले अधिकारिक रुपमा चार दशमलव उन्तीस मिटर (१४ फुट) लामो जुँगाधारी भारतका रामसिंह चौधरीलाई विश्वको सबैभन्दा लामो जुँगा भएका मानिसको खिताब दिएको छ । चौहानको उमेर हाल ५४ वर्ष पुगिसकेको छ । उनले सन् १९७०सालदेखि जुँगा पाल्न थालेका थिए। जुँगालाई अत्यन्त स्याहार गर्ने चौहान जस्तै नेपालका चर्चित रेसुङ्गाका जुँगे साहुजी यानी तिलक थापा पनि जुँगालाई दैनिकजसो पूर्णरुपमा स्याहार गर्नुपर्ने बताउछन्। अलिकति मात्र स्याहारमा कमी भएपनि यसको आकर्षणमा कमी हुने उनको ठहर छ। त्यसकारण जुँगालाई आफ्नो पहिचान मात्र नभइकन ख्याति पनि भएको कारण यसलाई स्याहार्न अल्छी नगर्ने गरेको भनाई पनि उनको रहेको छ।
नामी साप्ताहिक