Top Navigation
  • Contact
Main Navigation
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • जव हामी कृषिलाई परित्याग गरेर राजनीति गर्छौँ, त्यो राजनीति हुँदैन, त्यो त लाजनीति हुन्छ : पूर्वमन्त्री विष्ट 
जव हामी कृषिलाई परित्याग गरेर राजनीति गर्छौँ, त्यो राजनीति हुँदैन, त्यो त लाजनीति हुन्छ : पूर्वमन्त्री विष्ट 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, फागुन २७, २०७८

पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तिका किसान छन्। आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन्। नेपालमा ‘ड्रागन फल’को व्यासावयिक खेती भित्र्याउनेमध्येका एक हुन् विष्ट। हाल उनी तेस्रो चरणको ड्रागन फलको पर्खाइमा छन्। दुई चरणको ड्रागनको फल भित्र्याएर उनले आम्दानी लिइसकेको छ।

विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिएको छ। मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको उनी बताउँछन्। विष्ट भन्छन्, “म खेतमा काम गरिरहेको अवस्थामा कसैले देखेमा, भेट्न बोलाइ हाल्नुहुन्छ।” मन्त्री हुँदा जसरी मान्छे भेट्न आउँथे, अहिले खेती गर्दा पनि उत्तिकै भेट्न आउने गर्छन्। 

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित घोराही–तुलसीपुर सडक छेऊमा कुनै समय बाँझो रहेको जग्गालाई विष्टले हराभरा बनाएको छ। ड्राग्रन खेतीका लागि त्यो भूमि त्यत्ति उपयुक्त होइन, किनकि त्यसका लागि बलौटे माटो चाहिन्छ। तर पनि मेहेनत गर्दा भने त्यसले राम्रै आम्दानी दिनेरहेछ भन्ने एउटा उदाहरण विष्टले प्रस्तुत गरेको छ।

यसअघि उनले दुईपटक फल बिक्री गरिसकेको छ। अब तेस्रो पटकको पर्खाइमा छन्। “अहिले हामीले जति मेहेनत यो जग्गामा गरेका छौँ, त्यति मेहेनत बलौटे माटोमा गरेको भए झनै धेरै आम्दानी गर्न सकिन्थ्यो”, उनले भने, “तर यसमै पनि निकै मेहेनत हामीले गर्याैँ, त्यसैले आम्दानी राम्रै दिने गरेको छ।”

ड्रागन फल जेठदेखि असोज–कात्तिकसम्म फल्छ। यो प्रायः रातिमा फल्ने भएकाले पनि ‘रातकी रानी’ भनेर पनि नाम दिइएको छ। यो फल मात्रै होइन, बिरुवाबाट पनि विष्टले आम्दानी गर्दै आएको छ। अहिलेसम्म उनले दुईपटकमा गरेर सरदर रु २०–२० लाख आम्दानी गरेको बताउछन्। 

एक सिजनमा २८–३० क्विन्टल उत्पादन हुने गरेको छ। बिरुवाबाट त्यस्तै ५ लाख जति आम्दानी भएको उनी बताउँछन्। अहिले उनले उत्पादन गरेका बिरुवा दाङमात्रै होइन, अन्य जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ। फल्दै गरेको ड्रागन बेच्दै गर्दा भाइरल बनेका विष्टलाई उत्पादन भएको फल बेच्न त्यति कठिनाइ भएन भने बिरुवा बेच्न पनि सहज भयो।

उनपछि सबैले यो खेतीका बारेमा चासो राखे। सबैले यो घरघरमै  खेती गर्न चाहे। स्वास्थ्यका हिसाबले बहुउपयोगी मानिने यो फल सबैले घरमा लगाए। दुईपटक अधिक बिक्री भएको ड्रागन फलले तेस्रो पटकमा कत्तिको बजार पाउँछ, त्यो भने विष्टले पर्खिरहेको छ। उनी भन्छन्, “बजार राम्रो छ, यहाँबाट काठमाडौँलगायत पनि पुग्ने गर्छ, बजारीकरणका लागि समस्या छैन।” करिब १ करोड लगानी गरेर विष्टसहित ३ जनाले व्यावसायिक ड्रागन खेती गरेको छ । उनले ३ जनाको सहकार्यमा उक्त खेती सुरु गरेको बताए। 

यसअघि पनि उनी कालो धानको खेती गरेर चर्चामा आएको थियो। भकुन्डेमा कालो धानखेती गरेर चर्चामा आएका उनी दाङमा ड्रागन खेती गरेर उत्तिकै चर्चामा छन्। दाङमा पनि केही क्षेत्रफलमा धानखेती गरेको उनी बताउछन्। उनले पछिल्ला युवालाई पनि नेपालमै बसेर पसिना बगाए मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएकोसमेत बताए। “अहिले पनि युवा जमात रोजगारीका नाममा विदेश गइरहेको देखिन्छ”, उनले भने, “तर हाम्रै वरपर खेर गइरहेको जग्गामा पनि मेहेनत गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएको छु, धेरै युवाले अहिले यही ड्रागन खेती पनि गरेको छ।” आफूले दाङमा यो खेती सुरु गरेपछि धेरैले यो खेतीमा चासो देखाएको समेत बताए। 

छुटेन ‘लत’

राजनीतिबाट पूर्णरूपमा ‘रिटायर्ड’ भए पनि विष्टले राजनीतिक लत भने छाडेको छैन। उनी राजनीतिलाई नजिकबाट नियालिरहन्छन्। यसको एउटा प्रमाण सामाजिक सञ्जालमा उनले दिने अभिव्यक्तिले पनि प्रष्ट हुन्छ। समसामयिक राजनीतिका विषयमा प्रत्येक दिन केही न केही स्टाटस आइरहेका हुन्छन्। यद्यपी उनी भन्छन्, “अब म राजनीतिमा सक्रिय भएर लाग्दिनँ, अब मेरो पेशा भनेको कृषि नै हो।” कृषिलाई राजनीति अडिने घरका रूपमा वर्णन गर्छन बिष्ट। उनले राजनीति भनेको कृषिको धुरी भएको प्रतिक्रिया दिए। “अर्थतन्त्र भनेको राजनीतिको जग हो, कृषि भनेको हाम्रो जग हो”, उनले भने, “जब हामी कृषिलाई परित्याग गरेर राजनीति गर्छौँ, त्यो राजनीति हुँदैन, त्यो त लाजनीति हुन्छ।”

भाषणमा समाजवादका कुरा गर्ने तर श्रम गरेर खाने वर्गलाई हेप्ने प्रवृत्ति छ, यो सर्वहारा वर्गका प्रतिध्रुवीय वर्गले अँगाल्ने चिन्तन रहेको उनी बताउछन्। राजनीतिबिनाको कृषि र कृषिबिनाको राजनीति सम्भव नहुने उनी बताउँछन्। “म अब सक्रिय राजनीतिमा आउँदिनँ”, उनी भन्छन्, “मेरो पार्टी भनेको यही कृषि पार्टी हो।” सत्ता सञ्चालनको विधि राजनीति भएको भन्दै उनले भने, "अन्य विकसित मुलुकले पनि राजनीति गर्ने तर कृषि पेशालाई नछाडेको अवस्था छ”, तर नेपालमा उल्टो भएको बताउछन्।  

राजनीति सेवा हो

आजीवन राजनीति गर्ने प्रवृत्तिको उनी विरोधी हुन्। राजनीति भनेको आजीवनको पेशा नभई यो आवधिक हुने बताउछन्। भनछन्, “राजनीति भनेको आजीवनको पेशा, व्यवसाय, कसैको ठेक्कापट्टा, रोजगारी होइन, यो त आवधिक समाजसेवा हो।” राजनीति भनेको निःशुल्क, निःशर्त, निःशुल्क हुने बताउछन्। तर अहिले त आफूबिना राजनीति नै नचल्नेजस्तो प्रवृत्ति रहेको भन्दै यसको आफू निकै विरोधी रहेको समेत बताए।  

विष्ट दुईपटक मन्त्री भइसकेका व्यक्ति हुन्। पहिलोपटक स्वास्थ्यमन्त्री भएका उनी दोस्रोपटक पर्यटनमन्त्री भएको थियो। माओवादीको १० वर्षे जनयुद्ध सुरुआत गर्ने १९ केन्द्रीय सदस्यमध्ये एक हुन्। उनी। जतिबेला उनलाई ‘अभ्यास’ उपनामले चिनिन्थ्यो। आफू ५५ वर्ष हुँदासम्म राजनीति गरेको र अब बाँकी जीवन कृषिलाई समर्पित गर्ने उनले बताए। “मैले राजनीतिमा ५५ वर्ष बिताएँ, अब बढी बाँचे २०/२२ वर्ष बाँचुला”, उनले भने, “अब मैले सचेत ढङ्गले राजनीति छाड्नुपर्छ, भनेर नै यो पेशा अँगालेको हुँ, अब राजनीतिमा नयाँ मान्छे आउनुपर्छ, नेतृत्व विकास गर्नुपर्छ भन्ने मेरो बुझाइ हो।”

कम्युनिष्ट सदस्य हुने रहर

राजनीति छाडेको भनेपछि अझै पनि पार्टीको सदस्यता बन्ने रहर भने मेटिएको छैन। अलि बढी क्रान्तिकारी र इमान्दारिता देखिएको कम्युनिष्ट पार्टीको सदस्यता भने लिने अझै पनि इच्छा छ विष्टको। “मर्ने बेलामा साथीले यो हाम्रो सदस्य हो भनेर झण्डा ओडाइदेलान नि !”, उनले भने, “त्यही झण्डाका लागि जिन्दगी राजनीतिमै समर्पण गरियो, अब मर्ने बेला झण्डा किन छाड्ने, त्यसैले तुलनात्मकरूपमा अलि क्रान्तिकारीजस्तो देखिने एउटा कम्युनिष्ट पार्टीको सदस्यता लिएर मर्ने रहर छ।” उनी राजनीतिप्रति भने वितृष्ण पैदा भएको बताउँछन्। उनले राजनीति समाजसेवाभन्दा पनि कमिशनखोरी भएको बताए। 

त्यत्तिमात्रै होइन, राजनीतिमा षड्यन्त्रमय, रहस्यमय हुने गरेको उनको अनुभव छ। विष्ट भन्छन्, “पार्टीका शीर्ष नेतृत्वभित्रका मान्छेले मात्रै बुझ्ने र अरुले नतमस्तक भएर ताली पिट्नुपर्ने अवस्था छ, सर्वहारा वर्गको पार्टीमा यस्तो हुनु एकदम गलत हो।” उनले राजनीति र अपराधबीचमा कुनै भिन्नता नभएको, सर्वहारा, श्रमजीवी वर्गको विरोधीजस्तो देखिएको बताए। 

अहिले पनि आफूलाई राजनीतिमा आउनुपर्छ, भनी धेरैले आग्रह गर्ने गरेको बताए। तर उनलाई सक्रिय राजनीतिमा आउन इच्छा छैन। त्यसरी इच्छा मर्नुमा अहिलेको निर्वाचन प्रणाली पनि रहेको उनी बताउछन्। “निर्वाचन नै लड्दा ४/५ करोड खर्च हुन्छ, अझ त्यत्तिले पनि पुग्दैन”, उनले भने, “हामीले जनयुद्ध सुरु गर्दा मकै, भटमास खाएर त्यतिबेलाको राप्तीसहित जाजरकोट, डोल्पा, कालीकोटमा सङ्गठन निर्माण गरेका थियौँ, तर अब त्यस्तो राजनीति रहेन, अब त्यो कल्पना पनि गर्न सकिने अवस्था छैन।”
 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १०:५३
##LokendraBistaMagar
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर  सोमबार, साउन १८, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ४ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ५ इतिहासमै पहिलो खेलकुद प्रदर्शनी 
विचार
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्