Top Navigation
  • ENEnglish
  •   E-paper
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • सम्वाद
  • विश्व परिवेश
  • ENEnglish
  •   E-paper
शनिबार, जेठ १४, २०७९
Nami News
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • सम्वाद
  • विश्व परिवेश
Search Here
सूचना-प्रविधि
  • Home
  • सूचना-प्रविधि
  • नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने
नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने
Nami News
Nami News बुधबार, वैशाख १४, २०७९
Nepal Telecom

काठमाडौ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने भएको छ ।

टेलिकमले निकट भविष्यमा नै ई–सिम उपलब्ध गराउने सम्बन्धमा मोन्टी युके ग्लोबलबीच सम्झौता सम्पन्न गरिसकेको छ ।

टेलिकमका प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र मोन्टीका स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच आइतबार सम्झौता भएको हो । 

सम्झौताअनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउनेछ ।

प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकमले नयाँ–नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिमसमेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै नै प्रारम्भ हुने जानकारी दिए । 

यस्तैगरी, अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले ई–सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

कस्तो हो ई–सिम

ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । 

यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

ई–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिन्छ ।

हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोगसँगै नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले ई–सिम लिन सक्ने टेलिकमले जनाएको छ।

nrbad51651728175.jpg

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  २०:३३
##NepalTelecom
प्रतिक्रिया दिनुहोस्
hopefd hopefd
थप सूचना-प्रविधि
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम मंगलबार, वैशाख २७, २०७९
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार आइतबार, वैशाख २५, २०७९
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’ आइतबार, वैशाख १८, २०७९
ईन्टरनेट सेवा प्रदायक संघ नेपाल : राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०२२ वहिष्कार गर्ने निर्णय
ईन्टरनेट सेवा प्रदायक संघ नेपाल : राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०२२ वहिष्कार गर्ने निर्णय शनिबार, वैशाख १७, २०७९
डिशहोम फाईवरनेट : ५० एमबीपीयस ईन्टरनेट सहित डिटीएच काम्बो प्याकेज अफर
डिशहोम फाईवरनेट : ५० एमबीपीयस ईन्टरनेट सहित डिटीएच काम्बो प्याकेज अफर बुधबार, वैशाख १४, २०७९
डिशहोमले ल्यायो नयाँ प्रविधिकाे वहुउपयाेगी 'क्याम्पस वाईफाई सोलुसन्स'
डिशहोमले ल्यायो नयाँ प्रविधिकाे वहुउपयाेगी 'क्याम्पस वाईफाई सोलुसन्स' शनिबार, वैशाख १०, २०७९
तुलसीपुरमा डिशहोम फाइबरनेट विस्तार  
तुलसीपुरमा डिशहोम फाइबरनेट विस्तार   बिहीबार, वैशाख ८, २०७९
उत्कृष्ट क्यामेरा स्मार्टफोन भिभो भि२३ फाइभजी
उत्कृष्ट क्यामेरा स्मार्टफोन भिभो भि२३ फाइभजी बुधबार, वैशाख ७, २०७९
क्यान ईन्फोटेकको डाइमण्ड प्रायोजकमा डिशहोम फाइबरनेट 
क्यान ईन्फोटेकको डाइमण्ड प्रायोजकमा डिशहोम फाइबरनेट  बुधबार, वैशाख ७, २०७९
लोकप्रिय
  • नंः १ सूर्योदय नगरपालिकामा सूर्यध्वजा ढल्यो, कलम चम्कियो
  • नंः २ भरतपुरमा रेणु दाहालको अग्रतामा अझ तिव्रता
  • नंः ३ ५ हजार ७ सय ३३ मतले रेणु अगाडि 
  • नंः ४ मेयर र उप-मेयर जित्ने शक्तिशाली र साहसिक महिला
  • नंः ५ सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि 
विचार
चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड
चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड Nami News
स्थानीय सरकारका लागि - स्वतन्त्र उम्मेद्वारी अभियान
स्थानीय सरकारका लागि - स्वतन्त्र उम्मेद्वारी अभियान Nami News
वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं 
वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं  Nami News
सूचना-प्रविधि
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम Nami News
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार Nami News
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’ Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Like us on Facebook
Nami News
© Nami News - 2022 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्