Top Navigation
Main Navigation
सोमबार, मंसिर ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, मंसिर ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • सरकारद्वारा २०७९/०८० को बजेट प्रस्तुत 
सरकारद्वारा २०७९/०८० को बजेट प्रस्तुत 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ १५, २०७९
Budget 2079-080

काठमाडौँ । सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट चालु आवको भन्दा ठूलो हुने गरी प्रस्तुत गरेको हो ।

अर्थमन्त्री शर्माका अनुसार बजेटमा चालुतर्फ कूल ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशत बराबर रहने गरी प्रबन्ध गरिएको छ। 

त्यस्तै स्थानीय र प्रदेश सरकारलाई वित्तीय अनुदान हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बराबरको बजेट प्रबन्ध गरिएको छ।

सरकारले राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड बराबर जोहो गर्ने छ । यस्तै वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड, वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब बराबरकोे आन्तरिक ऋणबाट जोहो गर्नेछ।

सरकारले चालु आवमा १६ खर्ब ४७ अर्ब ५७ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । त्यसमा सङ्घले गर्ने खर्च ६ खर्ब ७८ अर्ब ६१ करोड बराबर थियो । 

पूँजीगततर्फ ३ खर्ब ७४ अर्ब २६ करोड अर्थात् २२.७ प्रतिशत बराबर थियो भने वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड बराबर थियो। त्यस्तै प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड बराबर उपलब्ध गराइएको थियो।

आव २०७७/७८ मा  कूल १४ खर्ब ४४ अर्ब ६४ करोड बराबरको बजेट प्रस्तुत गरिएको थियो। सो बजेटमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३.४ र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड ११.७ बराबरको व्यवस्था गरिएको थियो ।

त्यसतर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड, आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब बराबरको व्यवस्था गरिएको थियो । 

आव २०७६/७७ मा कूल १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख बराबरको बजेट ल्याइएको थियो। त्यसतर्फ चालु खर्चतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात् ६२.४ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात् २१.६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्थात् ११ प्रतिशत बराबरको व्यवस्था गरिएको थियो।

त्यसमा राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख, वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख र आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब बराबरको जोहो गरिने प्रबन्ध गरिएको थियो।

सरकारले आव २०७५/७६ मा कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो। त्यस आवको बजेटमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत, पूँजीगत खर्चतर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात् ११.८ बराबरको व्यवसथा गरिएको थियो। 

त्यस आवमा राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख, वैदेशिक अनुदानतर्फ ५८ अर्ब ८१ करोड ५५ लाख, वैदेशिक ऋणतर्फ २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख र आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब बराबर जोगाड गरिएको थियो।

आव २०७४/७५ मा सरकारले १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बराबरको बजेट प्रस्तुत गरिएको थियो। त्यसतर्फ ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार अर्थात् ६२.८, पूँजीगततर्फ ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार अर्थात् २६.२ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १ खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ हजार बराबरको विनियोजन गरिएको थियो।

सरकारले राजस्वबाट ७ खर्ब ३० अर्ब ५ करोड ५५ लाख ७० हजार, वैदेशिक अनुदानबाट ७२ अर्ब १६ करोड ७६ लाख २८ हजार, वैदेशिक ऋणबाट २ खर्ब १४ अर्ब ३ करोड ५४ लाख २९ हजार, आन्तरिक ऋणबाट १ खर्ब ४५ अर्ब, त्यस वर्षको मौज्दातबाट १ खर्ब २ अर्ब ७३ करोड ६२ लाख २८ हजार बराबरको जोगाड गरिएको थियो। 
 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १९:३३
##Budget
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी आइतबार, मंसिर २९, २०८२
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै बुधबार, मंसिर २५, २०८२
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न शनिबार, मंसिर २१, २०८२
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान मंगलबार, मंसिर १७, २०८२
सजिलो नेट र एभरेष्ट इञ्जिनियरिङ कलेजबिच सम्झौता
सजिलो नेट र एभरेष्ट इञ्जिनियरिङ कलेजबिच सम्झौता बिहीबार, मंसिर ५, २०८२
हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल
हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल सोमबार, मंसिर २, २०८२
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य मंगलबार, कात्तिक २६, २०८२
नेपाल टेलिकमले ल्यायो जेनजी विद्यार्थी अफर योजना
नेपाल टेलिकमले ल्यायो जेनजी विद्यार्थी अफर योजना आइतबार, कात्तिक २४, २०८२
नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर
नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर सोमबार, कात्तिक १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ बैंकर नारायणदास मानन्धरको निधन
  • नंः ४ विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
  • नंः ५ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्